संघीय मामिला मन्त्रालयद्वारा ७२ जना कर्मचारीको सरुवा

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते ७२ जना कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयका अनुसार सरुवामा उपसचिवदेखि शाखा अधिकृत तहसम्मका कर्मचारी परेका छन्। जसमध्ये ४४ जना उपसचिवको सरुवा गरिएको छ। तीमध्ये १ जना उपसचिवलाई कामकाजमा तोकिएको छ भने ४३ जनालाई सरुवा गरिएको हो।

त्यस्तै शाखा अधिकृत तहमा २८ जनाको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। तीमध्ये १६ जना शाखा अधिकृतलाई कामकाजमा तोकिएको छ भने १२ जनाको सरुवा गरिएको हो।

यसरी उपसचिव र शाखा अधिकृत तह मिलाएर मन्त्रालयले ७२ जनाको सरुवा गरेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.