काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शन अझै तनावग्रस्त बन्दै गएको छ। सिभिल अस्पतालमा थप एकजनाको मृत्यु भएपछि उपत्यकाभित्रै मृत्यु हुनेको संख्या १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको थियो। पछिल्लो घटनासँगै यो संख्या १४ पुगेको हो।
अहिलेसम्म प्राप्त विवरणअनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको ज्यान गएको छ।
घाइतेहरूको यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन।
प्रतिकृया दिनुहोस्

























