हेटौंडा । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस–२०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुर सामुदायिक प्रहरी शाखाले हेटौंडा–११ मा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
“तीनै तहका सरकार मिली गरौं हातेमालोः मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मूल नारासहितको कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा हेटौंडा–११ को आयोजनामा पर्चा–पम्प्लेट वितरण गरिएको हो।

सहायक प्रहरी हवल्दार निमा भण्डारीका अनुसार मानव बेचबिखन र ओसारपसारविरुद्ध सर्वसाधारणलाई सचेत बनाउन पर्चा वितरण गरिएको हो। उहाँका अनुसार १५ गतेदेखि २० गतेसम्म निरन्तर रुपमा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा सचेतना कार्यक्रम सञ्चालन भईरहेको छ।
प्रतिकृया दिनुहोस्

























