टालटुलमै काम चलाउदै पिच सडक, कहिले सम्म !

हेटौंडा । हेटौंडाको मुख्य पिच सडकहरु टालटुलमै संचालन भैरहेका छन् । हेटौंडाको कान्तिराजपथमा दुई ठाउँमा पिच रोडको खाल्डोमा सिमेन्टले प्लाष्टर गरेको छ त्यतिमात्र होइन हेटौंडा २ नम्बर वडास्थित संगम चोकदेखि काङ्ग्रेस चोकसम्मको बाटोमा खाल्डाखुल्डी परेको छ, केही खाल्डाखुल्डी मसिनो ग्र्याबलले पुरिएको देख्न सकिन्छ भने केहि खाल्डाखुल्डी नै नपुरिकन छोडिएको छ ।

कतै पिपलको बोट उम्रेको छ तर पनि त्यसको चासो कसैले लिएको छैन । यस्तै मानस चोकको पिचसडकमा पनि ग्र्याबल ओछ्याएर खाल्डो भरिएको देखिन्छ भने केही सडकको खाल्डो यसै छोडिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यमन्त्री निवास, आर्थिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लगायत उच्च अदालत पाटन, जिल्ला अदालत, उपमहानगर पालिका, जिल्ला प्रशासन कार्यालय, आयुर्वेद अस्पताल, नापी कार्यालय, मालपोत कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी बोर्ड लगायत थुप्रै ल फर्म, लेखापढी सदनहरु छन् । २ नम्बर वडा कार्यालयपनि त्यसै ठाउँमा छ । बाटोको कन्तबिजोक कसैको नजरमा पर्न सकेको छैन । बाटोको बिजोग छ, कसैले देखे ग्र्याबल हाले । पिचै गरिदिन केले रोक्यो ?, आम मानिसको प्रश्न छ ।

बागमती प्रदेशको राजधानी, मुख्य मन्त्री, मन्त्री लगायत भीओआईपी हिड्ने बाटोको स्तरोन्नतिको कहिले हुन्छ यो आम मानिसको चासोको विषय हो ।खाल्डाखुल्डी नपुर्दा वर्षाको पानीले सडकको खाल्डो भरिन्छ र पानीले गर्दा खाल्डो नदेखेर कयौं सडक दुर्घटना भएको छ रातको समयमा पनि सवारीहरु दुर्घट्नाहरु हुने गर्छन् कारण सडकको खाल्डो वर्षामा पानीले भरिएर खाल्डो नदेखिएकोले सवरी साधन खाल्डोमा पर्न गएर र सवारी स्पिड हुँदा खाल्डाखुल्डी नदेखेर अथवा छलाउन नभ्याएर । दुर्घटनमा परि कति घाइते भएका छन् भने कतिको ज्यानै समेत जाने गरेको छ । बाटो विकासको मुख्य पुर्वाधार भएकोले बाटो निमार्ण , स्तरोन्नति अति आवश्यक हो । सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
हेर्नुस् तस्बिरहरु-

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.