हेटौंडामा गुरुशिष्य बोर्डिङमा फुटबल प्रशिक्षण सुरु

हेटौंडा । हेटौंडा–१९ स्थित गुरुशिष्य पाठशाला बोर्डिङले शिक्षासँगै खेलकुदलाई पनि समान महत्व दिने उद्देश्यसहित विद्यालयमै नियमित फुटबल प्रशिक्षण सुरु गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौलागाईंका अनुसार करिब एक महिना अघिदेखि कक्षा ८ र ९ मा अध्ययनरत २० जना विद्यार्थीलाई दैनिक दुई घण्टा फुटबल प्रशिक्षण दिइँदै आएको छ। मकवानपुर जिल्ला फुटबल संघका सदस्य समेत रहेका चौलागाईंले विद्यार्थीलाई स्वस्थ राख्ने, खेलप्रतिको रुचि र क्षमता विकास गर्ने र भविष्यका सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताए।

“शिक्षासँगै खेलकुदलाई प्रोत्साहन गरेर विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष चौलागाईंले भने। उहाँकै नेतृत्वमा रियल स्टार युवा क्लबले विगतमा जिल्लास्तरका विभिन्न फुटबल प्रतियोगितामा उपाधि जित्दै प्रतिभाशाली खेलाडी उत्पादनमा योगदान गर्दै आएको छ।

विद्यालयका प्रिन्सिपल आशिक कार्कीले पनि विद्यार्थीलाई शिक्षा मात्र नभई खेल, संस्कृति र विविध कार्यक्रममार्फत नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्ने वातावरण मिलाइरहेको जानकारी दिए।

विद्यालयले सुरु गरेको यो फुटबल प्रशिक्षण अभियानले विद्यार्थीहरूमा उत्साह, लगनशीलता र प्रतिस्पर्धी भावना बढाएको विद्यालयको दाबी छ। प्रशिक्षक चौलागाईंले अबको केही वर्षमा विद्यालयस्तरमै फुटबल प्रशिक्षणलाई सुदृढ बनाउँदै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.