ठाउँका ठाउँ २ लाख

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तामाङ पत्रकार संघलाई २ लाख रुपैयाँ (चेक) सहयोग गरेका छन् । तामाङ भाषा, संस्कृति र तामाङ भाषामा गरिने पत्रकारिता, तामाङ भाषामा प्रकाशित पत्रपत्रिकाको संरक्षण र प्रवर्द्धनको लागि आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग गरेको मुख्यमन्त्री बानियाँले बताए ।

तामाङ पत्रकार संघ बागमती प्रदेश, जिल्ला समितिले हेटौंडामा आयोजना गरेको ३१ औं तामाङ भाषा प्रसारण दिवसको अवसरमा अन्तरक्रिया तथा पुरस्कार बितरण समारोह २०८२ कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका बानियाँले आफ्ना दिवङ्गत पिता हेमबहादुर बानियाँ र दिवङ्गत दाजु राजकुमार बानियाँको नामबाट सो रकम सहयोग गरेका हुन् ।

बानियाँले चेक तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई हस्तान्तरण गरेका थिए । २ लाख रकम उल्लेखित चेक बुझ्दै प्रदेश अध्यक्ष तामाङले सहयोगले आफु हर्ष बिभोर भएको बताए । तामाङले रकम तामाङ भाषी पत्रकार , तामाङ भाषा , संस्कृतिको जगेर्नाको लागि खर्च गर्ने बताए ।

मुख्यमन्त्री बानियाँले भाषा सम्वादको माध्यम भएको बताउँदै भाषा संस्कृतिको संरक्षण गर्नाले राष्ट्रको बिकास हुने बताए । जातजाति, भाषा, धर्म, संस्कृतिको नाममा हुने गलत तरिकाको राजनीति रोक्नुपर्ने मुख्य मन्त्री बानियाँको भनाइ छ । राज्यको धर्म हुँदैन, सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको बानियाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.