जिम्बाडाँडा टोल विकास संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न

हेटौँडा । जिम्बाडाँडा टोल विकास संस्थाको १८ औं वार्षिक साधारण सभा साउन ३० गते सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष सिता कुँवरको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–११ का वडा अध्यक्ष जुना दाहाल प्रमुख अतिथि तथा तुलाराम पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा अतिथिहरू देवकुमार श्रेष्ठ, यज्ञ प्रसाद आचार्य, शिव प्रसाद पुडासैनी साथै छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

वार्षिक साधारण सभाको अवसरमा ६ जना वृद्ध बुबाआमालाई एक–एक वटा हर्लिक्स प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ।

साधारण सभाबाट सर्वसम्मत रूपमा पूनः सिता कुँवरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.