व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा हेटौँडाका युवक पक्राउ

हेटौँडा । ज्यान मार्ने उद्योग मुद्दाका आरोपित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने ३८ वर्षीय हरी भन्ने बुद्ध मोक्तानलाई प्रहरीले सोमबार राति ११:४० बजे पक्राउ गरेको हो। मोक्तानलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

उनीमाथि गत २९ जेठ २०८२ गते दिउँसो करिब १ बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित दास इम्पोरियम कपडा पसलका सञ्चालक ६१ वर्षीय राजा बाबु दास कथवनीयामाथि फलामे रड, काठको बेलना र नक प्रयोग गरी प्रहार गरी घाइते बनाएको आरोप छ।

घटनापछि मोक्तान फरार रहेका थिए। पक्राउ परेपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडामा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.