ज्योति सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

हेटौंडा । हेटौंडा–१८ स्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहले नवनिर्मित भवनको उद्घाटनको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।

बुधबार सम्पन्न कार्यक्रममा समूहका अध्यक्ष रामबाबु खतिवडाले समी, म्याङ्गो स्टिक, करबीर, कल्की लगायतका विभिन्न प्रजातिका विरुवाहरु नवनिर्मित भवन वरिपरि रोपिएको जानकारी दिए। उनले विरुवा रोप्नु मात्र पर्याप्त नभई यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

विश्व वातावरण दिवसको अवसर पारेर समूहले उपभोक्ताहरुलाई वितरण गर्न विभिन्न प्रजातिका ४ सय विरुवा तयारी अवस्थामा रहेको समेत अध्यक्ष खतिवडाले जानकारी दिए।

कार्यक्रममा समूहका उपाध्यक्ष रेखा खतिवडा, वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव वरुण खतिवडा, सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल, बद्रीनाथ अधिकारी, कालिका दुग्ध डेरीका उपाध्यक्ष मान बहादुर थापा, लेखा समिति सदस्य देवकी कोईरालासहित समूहका पदाधिकारी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

समूहको भवन यही साउन २३ गते शुक्रबारका दिन औपचारिक रूपमा उद्घाटन गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.