बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त

हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। नियुक्तिपछि बानियाँले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन्।

यसअघि सोमबार नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदहरूको समर्थन सहित बानियाँले प्रदेश सरकारको नेतृत्व गर्न दाबी पेश गरेका थिए। उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्ने दाबी प्रस्तुत गरेका थिए, जसलाई आधार मान्दै प्रदेश प्रमुखले उनलाई नियुक्त गरेका हुन्।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले केही दिनअघि राजीनामा दिएपछि प्रदेश सरकार नेतृत्वको पद खाली थियो। लामाको राजीनापछि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि सरकार गठनको दाबी गरेका थिए। तर, स्पष्ट बहुमतका साथ समर्थन जुटाएका बानियाँ मुख्यमन्त्री बन्न सफल भएका हुन्।

नयाँ मुख्यमन्त्री बनेका बानियाँले आगामी दिनमा स्थायित्व र विकासमुखी सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.