हेटौंडा उपमहानगरद्वारा खेलाडीलाई सम्मान

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले क्योकुशिन करातेका खेलाडी सुदर्शन खतिवडालाई सम्मान गरेको छ ।

क्योकुशिन कराते संघ बालकुमारी (iko union) मकवानपुरका प्रतिभावान खेलाडी खतिवडाले बिदेशी भुमि अजरबैजानको बाकु शहरमा जुलाई २६ देखि २८ सम्म भएको ईन्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियन सीप २०२५ खेलमा स्वर्ण, किकबक्सिङ्गमा सिल्बर पदक हातपार्न सफल भै हेटौंडाको मात्र नभएर देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै उपमहानगरपालिकाले उनलाई सम्मान गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उपमहानगरको आफ्नै कार्यकक्षमा उनलाई कदर पत्रले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँ, मकवानपुर खेलकुद बिकास समितिका पुर्व अध्यक्ष सानू लामा, क्योकुशिनका प्रशिक बिष्णु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.