हेटौंडामा फेसन डिजाइन तालिम सम्पन्न

हेटौंडा । हेटौंडामा महिलाहरुलाइ दिइएको स्पेसल फेसन डिजाइन तालिमको समापन भएको छ ।

जिल्ला लघु उद्धमी समूह संघ मकवानपुरको आयोजना र हेटौंडा गार्मेन्ट उद्धमी समूह , सूर्यमणी प्राविधिक शिक्षालयको सहकार्यमा महिलाहरूलाई नि:शुल्क १० दिने तालिम दिइएको मुख्य प्रशिक्षक मेनका श्रेष्ठले जानकारी दिइन् ।

करिब २० जना महिलाले तालिम सकाएका छन् । तालिम पूरा गरेकाहरुलाइ तालिम समापन कार्यक्रमकि प्रमुख अतिथी (पिसिटीभिइटी प्रमुख) शान्ति लामा, विशिस्ट अतिथी हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, बागमती प्रदेश सामाजिक विकास शाखाकी महिला विकास निरीक्षक ममता सिग्देल लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.