हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ का लोकप्रिय एमाले नेता सुदन सिङ प्रजाले नेकपा (एमाले) परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।
आज आयोजित एक कार्यक्रममा प्रजा औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उक्त जानकारी नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो।
प्रजाको पार्टी प्रवेशलाई स्थानिय स्तरमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। उनले एमालेमा रहँदै सक्रिय भूमिका खेलेका थिए।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरले प्रजाको आगमनले पार्टी संगठन अझ सशक्त हुने विश्वास व्यक्त गरेको छ।
प्रतिकृया दिनुहोस्

























