नारायणी कलेजमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

हेटौंडा ।हेटौंडा–१० स्थित नारायणी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्न विशेष कार्यक्रमको आयोजना गरेको छ। साउन १५ ‘खिर खाने दिन’ लाई अवसर बनाएर कलेजले नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई खिर खुवाएर आत्मीय रूपमा स्वागत गरेको हो।

कार्यक्रममा कलेजका प्राचार्य रघुनाथ खरालले शुभकामना दिँदै “मुख मिठ्याएर पढाइ सुरु गर्ने संस्कार परम्परा र अनुशासनसँग जोडिएको हो” भन्दै यसले विद्यार्थीहरूमा आपसी आत्मीयता र जिम्मेवारीबोध विकास गर्ने विश्वास व्यक्त गरे।

कक्षा ११ को औपचारिक पठन–पाठन साउन १६ गतेदेखि सुरु हुने जनाइएको छ। कार्यक्रममा कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख आकर्षण म्याजिसियन बलराम सरकारको विशेष प्रस्तुति रह्यो भने सम्पूर्ण कार्यक्रम प्राचार्य रघुनाथ खराल र सह–प्राचार्य कमल नेपालको संयोजनमा सम्पन्न भएको हो।

नयाँ शैक्षिक सत्र २०८२ को शुभारम्भसँगै कलेजले “व्यक्तित्व विकास, सिर्जनात्मक क्षमता र नेतृत्वदायी सीप” मा केन्द्रित विभिन्न नवप्रवर्तनशील योजना सार्वजनिक गरेको छ। अनुसन्धान, व्यावसायिक सीप विकास र अनुशासनयुक्त शिक्षण वातावरणलाई कलेजले आफ्नो प्रमुख कार्यसूचीमा समेटेको बताएको छ।

होटल म्यानेजमेन्टतर्फ विद्यार्थी संख्या गत वर्षको ९७ बाट वृद्धि भई यस वर्ष ११८ पुगेको छ भने विज्ञान संकायमा पनि उल्लेख्य वृद्धि देखिएको छ—पछिल्लो तथ्यांकअनुसार विद्यार्थी संख्या ३२ बाट बढेर ६४ पुगेको छ।

खेलकुदप्रति रुचि राख्ने विद्यार्थीका लागि कलेजले व्यावसायिक प्रशिक्षकमार्फत प्रतियोगिता तथा तालिमको व्यवस्था गर्ने जनाएको छ।

कार्यक्रममा प्रतिभा बुढाथोकी, दिपेन्द्र चौधरी, रघुनाथ लाल कर्ण, पुष्पा भट्टराई, दिपेश कलाखेती, अमर वाइवा, प्रदीप उप्रेती, उत्सव श्रेष्ठ, पवन त्रिपाठी, सन्दीप न्यौपाने, जयराम कार्की, शम्भु अधिकारी, मन्जु खराल, सौगात खतिवडा, राजु प्रसाद गौतम, उज्वल घिमिरे, आयुश्मा लम्साल, प्रबिन पहाडी, अनन्त बानिया, शिला सिंह, बिबेक रोक्का, अनिल लामा लगायतका शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.