तराईमधेश द्रुतमार्ग अन्तर्गत महादेवटार सुरुङको ‘ब्रेक थ्रु´

मकवानपुर: तराईमधेश द्रुतमार्ग अन्तर्गत मकवानपुर खण्डमा पर्ने महादेवटार सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । राष्ट्रपति पौडेलले निर्माणस्थलमा बिस्फोट गराएर ३.४४५ किलोमिटर लम्बाईको निजगढबाट काठमाडौंतर्फ जाने सुरुङ ब्रेक थ्रु गर्नुभयो ।

सुरुङ मार्ग ब्रेक थ्रु समारोहलाई उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले देशको सुरक्षाको जिम्मेवारी बहन गर्दै देशको विकासमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । सेनाले द्रुतमार्ग निर्माणमा निष्ठा पुर्बक काम गरिरहेको भन्दै समयमै निर्माण सम्पन्न गर्न शुभकामना दिनुभयो ।


कार्यक्रममा नेपाल सरकारका भौतिक पुर्बाधार विकास मन्त्री सुनिल लम्यालले द्रुत मार्ग निर्माणमा अब समय थप गर्न नसकिने भन्दै समयमै काम सम्पन्न नभए ठेक्का तोडिने सरकारी निती अनुसार काम गर्न निर्माण कन्पनिलाई आग्रह गर्नुभयो । यो परियोजना सम्पन्न हुंदा नेपालमा धेरै दक्ष प्राबिधिक तयार हुने बताउनुभयो ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले महादेबटार सुरुङ मार्ग निर्माणको जिम्मा पाएको थियो । यहां समानान्तर रुपमा दुईवटा सुरुङ निर्माण गरिएकोमा निजगढबाट काठमाडौंतर्फ जाने ३.४८६ किमिको सुरुङको ‘ब्रेक भदौ दोस्रो साता भइसकेको थियो । महादबटारको सुरुङमार्ग नेपालको सबैभन्दा लामो सुरुङ मार्ग हुने नेपाली सेनाको दाबी छ ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म द्रुतमार्गको कुल दूरी ७०.९७७ किलोमिटर लम्बाई छ । जसमा समग्र सुरुङको मात्र दूरी ११.२ किमि रहनेछ । धेद्रे र लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएर अहिले फिनिसिङको काम भइरहेको छ । धेद्रे सुरुङको दूरी १ हजार ६ सय ९१ मिटर र लेनडाँडा सुरुङको दूरी १ हजार ६ सय २३ मिटर छ । भित्रिने र बाहिरिने गरी चारवटा सुरुङ निर्माण गरिएको हो ।

यस्तै चन्द्राम भीर सुरुङको दूरी २ हजार २ सय ३७ मिटर छ । यसमा ७ सय ८० मिटर खनिसकिएको छ । ५ सय २० मिटरको सिसौटार सुरुङ ५३ मिटर खनिसकिएको छ । १ हजार ८७ मिटरको देवीचौर सुरुङ १ सय २३ मिटर खनिसकिएको नेपाली सेनाले जनाएको छ । ५ सय ८३ मिटरको मौरीभीर सुरुङ खन्न पोर्टल निर्माणको काम भइरहेको सेनाको दाबी छ । द्रुतमार्गको हालसम्म भौतिक प्रगति५०.५४ र वित्तिय प्रगति ५१ प्रतिशत रहेको छ । नेपाल सरकारले निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको ९ वर्ष पुगेको छ । नेपाली सेनालाई सरकारले २०७४ साउन २७ गते निर्माणको जिम्मा दिएको थियो । २०८१ मंशीरमै निक्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा काम नसकिएपछि दोस्रो पटक चैत २०८३ सम्म समय थपियो । पछिल्लो पटक चैत २०८६ सम्म म्याद थपिएको छ ।

खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या, यसको सुरु विन्दु कहाँ हुने र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय हुन बाँकी रहेको आयोजनाले जनाएको छ । यस क्षेत्रमा डीपीआरबमोजिम मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी, गुठीको जग्गा १४ रोपनी र मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनी छ । स्मार्ट सिटी, बाहिरी चक्रपथ, द्रुतमार्गसहितका आयोजना एकै ठाउँबाट बनाउँदा पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा मासिने भन्दै स्थानीयले ती आयोजना एकै ठाउँमा बनाउन नहुने अडान लिँदै आएका छन् ।द्रुतमार्गमा पर्ने ८९ पुलमध्ये ८५ को ठेक्का भएर काम भइरहेको छ । खोकना खण्डमा पर्ने ४ वटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन । ५ वटा पुलको निर्माण सकिइसकेको छ । आयोजनामा ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन् । समग्र आयोजनाको भ्याटसहित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । गत भदौ मसान्तसम्म ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.