बागमती: मकवानपुरको बागमती गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा बद्रीनाथ पोखरेल आएका छन्।

पोखरेल यसअघि बागलुङको बरेङ गाउँपालिकामा कार्यरत थिए। बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीको गृह मन्त्रालयमा सरुवा भएपछि पोखरेल नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका हुन्।

पोखरेललाई गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतका टिमले स्वागत गर्नुभएको छ।
प्रतिकृया दिनुहोस्























