बागमती नदी तर्ने क्रममा बगेका भोलन मृत फेला

मकवानपुर: बागमती नदी तर्ने क्रममा बगेर बेपत्ता भएका मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँका ३५/४० वर्षीय इन्द्रबहादुर भोलन मृत फेला परेका छन्।

मंगलबार दिउँसो करिब १२ः४५ बजे आफन्तको मृत्यु भएको स्थान सिन्धुली जाने क्रममा बागमती नदी तर्दै गर्दा भोलनलाई नदीले बगाएको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी राईगाउँबाट टोली खटिएर स्थानीय आफन्त तथा छिमेकीको सहयोगमा खोजी सुरु गरिएको थियो। भोलनको घरबाट करिब २ किलोमिटर पूर्वमा रहेको नदी क्षेत्रमा बगाएको स्थानबाट खोजी सुरु गरिएको थियो।

खोजीका क्रममा दिउँसो करिब ३ बजे बागमती गाउँपालिका–१ हात्तीढुङ्गास्थित बागमती खोलाको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा भोलनको शव फेला परेको बागमती-१ का कार्यवाहक वडाध्यक्ष हस्त बहादुर थिङले बताए। शव बगेको स्थानबाट करिब ३/४ किलोमिटर तल फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.