लामिटारमा वडास्तरिय फुटबल प्रतियोगिता सुरु, ६ नम्बरको विजयी सुरुवात

बागमती: बागमती गाउँपालिका वडा नम्बर ७ मा बिहीवारबाट वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। ७ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ६ ले आयोजकलाई टाइब्रेकरमा ५-४ गोलले हराएको छ।

बिहीवार लामिटार मैदानमा भएको उद्घाटन खेलमा निर्धारित खेल समय २-२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।प्रतियोगिताका संयोजक माइकल बलको सभाध्यक्षमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्का बहादुर पुलामी, बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती-७ का वडाध्यक्ष उत्तर बहादुर भोलन, ३ का वडाध्यक्ष कमानसिं पाख्रीन, ४ का वडाध्यक्ष दन्तलाल माझी, ५ का वडाध्यक्ष, ६ का टेक बहादुर डिमडुङ, कार्यपालिका सदस्य डम्बरबहादुर विक, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाका सभापति शंकर कुमार पराजुली लगायतको आतिथ्यता रहेको थियो।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.