स्वास्थ्य

अल विदा संविधान सभाध्यक्ष नेम्वाङ ।

अल विदा संविधान सभाध्यक्ष नेम्वाङ ।

Breaking 1, राजनीति, स्वास्थ्य
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ गए राति घरभित्रकै शौचालयमा बेहोस भेटिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्‍याएको उल्लेख छ । नेम्वाङका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेका अनुसार नेम्वाङमा सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । तर गए राति अचानक हृदयघात हुन पुगेको हो । अस्पताल पुर्‍याउने वित्तिक्कै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था जाँच ...
बागमती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष ०७९।०८० को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

बागमती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष ०७९।०८० को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

ताजा समाचार, स्थानीय, स्वास्थ्य
मकवानपुरको बागमती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष ०७९।०८० को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बागमती गाउँपालिको सभा हलमा हिजो मंगलबारबाट सुरु भइ आज बुधबार सम्पन्न भएको हो l स्वास्थ्य सेवा आम जनता संग प्रत्यक्ष सम्बन्ध जोडिएको, संवेदनशील र अत्यावश्यक सेवा भएकोले सर्वसाधारण जनताको पहुँचमा सहजै सेवा पुर्याउनु पर्ने कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सर्केश घलानले जोड दिनुभयो l साथै स्वास्थ्य सेवालाई पारदर्शी, जनमैत्री साथै आम सर्वसाधारण सेवाग्राहीको  पहुँचयोग्य बनाउन सरोकारवाला सबैमा अध्यक्ष घलानले आग्रह गर्नु भयो l           स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचमा सहजै सेवा कसरी पुर्याउन सकिन्छ , साथै पालिका र पालिका मातहतका स्वास्थ्य संस्था एवम् अन्य संस्थाहरुले स्वास्थ्य सेवा कसरी प्रवाह गरिरहेक छन्, ...
मकवानपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

मकवानपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

Breaking 1, स्थानीय, स्वास्थ्य
हेटौंडा : मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु भएको छ। आइतबार अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाई मृत्यु भएको भनेर स्थानीयवासीले खबर गरेपछि स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा प्रहरी गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।     अन्नपुर्ण पाेष्टबाट...
डेंगी रोग नियन्त्रण तथा आँखा पाक्ने रोग सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

डेंगी रोग नियन्त्रण तथा आँखा पाक्ने रोग सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

ताजा समाचार, स्थानीय, स्वास्थ्य
मकवानपुरको बागमती गाउँपालिकामा डेंगी रोग नियन्त्रण तथा आँखा पाक्ने रोग सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l बागमती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा  आज गाउँपालिको सभाहलमा सो अभिमुखिकरण कार्यक्रम भएको हो l           बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे र बागमती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश कुमार गुप्ताले सहजीकरण गरेका थिए l कार्यक्रमा डेंगी रोग र आँखा पाक्ने रोगको परिचय, लाग्ने कारण, रोकथाम तथा बच्ने उपाय बारे सहजकर्ता द्वारा सहभागीहरुलाई जानकारी गराए l डेंगी रोग अन्य रोग भन्दा जटिल प्रकृतिको रोग भएकोले यसबाट बच्न जनस...
पहिराेमा परि मृत्यु भएका परिवारलाई ७ लाख, मन्त्री श्रेष्ठ पुगे प्रभावित परिवारकाे घरमा

पहिराेमा परि मृत्यु भएका परिवारलाई ७ लाख, मन्त्री श्रेष्ठ पुगे प्रभावित परिवारकाे घरमा

Breaking 1, अर्थ / बाणिज्य, प्रदेश, स्वास्थ्य
हरिहरपुरगढी गाउँपालिका वडा नं.१ ककरे सिन्धुलीका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रभावित परिवारलाई केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र नेपाल सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरि जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता गर्नुभएको हाे ।   यही साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं. ५ सिक्रे दोभानको पहिरोमा परि दुई जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् । पहिरोमा परि २३ वर्षिय शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीकाे मृत्यु भएको थियो । २६ वर्षिय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् । मन्त्री श्रेष्ठले आज परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली र परिवार...
बागमतिमा डुबेर ८ वर्षीय बालकको मृत्यु

बागमतिमा डुबेर ८ वर्षीय बालकको मृत्यु

ताजा समाचार, स्थानीय, स्वास्थ्य
मकवानपुरको बामगती गाउँपालिका स्थित बागमती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं. ४ पाल्पाली बस्ने ८ बर्षीय निशान बल रहेकाे छ । उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । ४ नं. वडाअध्यक्ष दन्त लाल माझीका अनुसार निशान बुधबार दिउँसो साथीहरुसंग बागमती नदिमा पौडी खेल्ने गएका थिए । घटनास्थलबाट प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पुर्‍याएको  छ । शव पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ ।  ...
बागमती किनारामा एक पुरुष मृत अवस्थामा फेला

बागमती किनारामा एक पुरुष मृत अवस्थामा फेला

Breaking 1, स्थानीय, स्वास्थ्य
बागमती,  मकवानपुर । मकवानपुरको बागमती गाउपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । मृत फेला पर्नेमा गाउँपालिकाको वडा नम्बर -१ बस्ने वर्ष ४८ को लगुदोर्जे दोङ रहेका छन् । तीन दिनदेखि वेपता रहेका दोङको शब आज आइतबार  बिहान बागमती नदिको किनारमा फेला परेको हो । शुक्रबार सिन्धुलीस्थित छोरीको घर जान भनेर हिडेको दोङ, बेलुकी ८ बजे सम्म घर फर्किदै छु भनेर फोनमा कुरा भएको तर ८ बजे पछि एकाएक दोङ सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ । सम्पर्क बिहिन भए लगत्तै तिन दिनसम्म खोजतलास गर्ने क्रममा बागमती-१ माझगाउ स्थित र सिन्धुलीको खोलाबिच बगरमा फेला परेको सोहि वडाका वडा सदस्य हस्त बहादुर थिङले जानकारी दिए । शब पोस्टमार्टमको लागी हेटौडा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय फापरबारीले  जनाएको छ ।...
बागमतीमा ८१ जनालाई अपाङ्गता परिचय-पत्र वितरण

बागमतीमा ८१ जनालाई अपाङ्गता परिचय-पत्र वितरण

Breaking 1, स्थानीय, स्वास्थ्य
२७ बैशाख, बागमती मकवानपुर । मकवानपुरकाे बागमतीमा सञ्चालन भएको अपाङ्गता परिचय-पत्र वितरण शिविरमा ८१ जनाले सेवा लिएका छन् ।  बागमती गााउँपालिका मकवानपुरकाे आयाेजनामा पालिकाकाे विभिन्न स्थानमा २५, २६ र २७ गते गरि ३ दिन शिविर सञ्चालन गरिएकाे थियाे । शिविरमा परिचय-पत्र लिएकाहरुमध्ये ४ जनाको अध्यावधिक र ७७ जनालाई नयाँ प्रमाण-पत्र प्रदान गरिएको छ । अध्यावधिक र नयाँ गरी रातो २२, निलो ३८, पहेँलो १७ र सेतो ४ वटा गरी जम्मा ८१ वटा प्रमाणपत्र प्रदान गरिएको बागमती गाउँ पालिकाका स्वास्थ्य संयाेजक दिनेश कुमार गुप्ताले जानकारी दिएका छन् । पालिकाले आ.व. २०७९/०८० काे स्वीकृत बजेट बमाेजिम "अपाङगता भएका व्यक्तिहरूकाे परिचय-पत्र वितरण कार्यक्रम" मिति २०८० बैशाख ५ गते शिविर सञ्चालन गर्ने निर्णय गरेकाे थियाे । साे अनुसार  २५, २६ र २७ गते तीन दिन शिविर सञ्चालन गरिएकाे थियाे । राईगाउँ केन्द्रमा २५ गते...
हेटौंडा अस्पतालको स्वास्थ्य शिविरमा मानवसेवा आश्रमका १४९ जना विरामीले लिए सेवा

हेटौंडा अस्पतालको स्वास्थ्य शिविरमा मानवसेवा आश्रमका १४९ जना विरामीले लिए सेवा

Breaking 2, ताजा समाचार, प्रदेश, स्थानीय, स्वास्थ्य
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालले आज (शनिबार) हेटौंडा ९ लामसुरे ढापस्थित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको नेतृत्वमा भएको शिविरमा आश्रमका १ सय ४९ जना विरामीहरुको स्वास्थ्य जाँच गरिएको हो । शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग, मृगौला रोग , छाला रोग, हाडजोर्नी लगायत रोगहरुको उपचार सेवाका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा ८० जना महिला र ६९ जना पुरुषले स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका प्रमुख प्रशासकिय अधिकृत अमर अधिकारीले बताए । स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शान्ति कुमारी जोशी, एम.डि.जि.पि. डाक्टर घनश्याम साह, डाक्टर अमर यासिर, जनरल मेडिसिन डाक्टर श्याम कुमार साह र डाक्टर आयुषा...
हेटौंडा अस्पतालमा सिटि स्क्यान सेवा सुरु, पहिलो दिनमै ८ जनाले लिए सेवा

हेटौंडा अस्पतालमा सिटि स्क्यान सेवा सुरु, पहिलो दिनमै ८ जनाले लिए सेवा

Breaking 1, ताजा समाचार, प्रदेश, स्थानीय, स्वास्थ्य
हेटौंडा । हेटौंडा अस्पतालले आफ्नो सेवालाई थप बिस्तार गरेको छ । नागरिकको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन अस्पतालले आईतबारबाट सिटि स्क्यान सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा अस्पतालले ( 128 slices,MDCT )  नामक सिटि स्क्यान मेसिन खरिद गरेको हो । अस्पतालले सिटि स्क्यान सेवालाई २४ सै घण्टा सुचारु गराएको छ । यस मेसिनबाट दैनिक २०–३० जना बिरामीलाई सेवा दिन सकिने अस्पतालले जनाएको छ । सिटि स्क्यान सेवा सुरु भएकै दिन आज ८ जना बिरामीले सेवा लिएको हेटौंडा अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईले जानकारी दिनुभयो । सिटि स्क्यानबाट सामान्य एक्सरेबाट नदेखिएका रोगहरु, हड्डी खिइएको , नसा सम्बन्धि लगायत दुर्घटनामा चोटपटक लागेका घाउहरु सजिलै थाहा पाएर उपचारमा सहज हुने उहाँको भनाई छ । साथै रोगहरुको पहिचान गरी उपचारमा मद्धत पुग्ने उहाँले बताउनुभयो । ...