टि-२० विश्व कप: आज नेपालले आज इङ्ल्याण्डको सामाना गर्दै

मकवानपुर: तेस्रो पटक आइसिसी टि ट्वान्टी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोलीका‌ लागि आज अर्को ठूलो दिन हो ।

मुम्बईको वाङखडे स्टेडियममा नेपालले २ पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

सन् २०१४ पहिलो विश्वकप सहभागिता हङकङ र अफगानिस्तानलाई‌ हराएको नेपालले त्यसपछि २०२४ मा दोस्रो पटक विश्वकपमा ३ खेल खेल्दा कुनै खेल जित्न सकेन।

यद्दपी दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर नेपालले १ रनको हार बेहोरेको थियो। त्यसले विश्व क्रिकेटलाई पछ्याउने ध्यान खिचेको थियो।

यसपटक विश्व कपमा ४ खेल खेल्दा बढि भन्दा बढि जितेका लागि नेपाली टोलीले पक्कै प्रयास गर्नेछ। तर सजिलो भने छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.