मकवानपुर: तेस्रो पटक आइसिसी टि ट्वान्टी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोलीका लागि आज अर्को ठूलो दिन हो ।
मुम्बईको वाङखडे स्टेडियममा नेपालले २ पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
सन् २०१४ पहिलो विश्वकप सहभागिता हङकङ र अफगानिस्तानलाई हराएको नेपालले त्यसपछि २०२४ मा दोस्रो पटक विश्वकपमा ३ खेल खेल्दा कुनै खेल जित्न सकेन।
यद्दपी दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर नेपालले १ रनको हार बेहोरेको थियो। त्यसले विश्व क्रिकेटलाई पछ्याउने ध्यान खिचेको थियो।
यसपटक विश्व कपमा ४ खेल खेल्दा बढि भन्दा बढि जितेका लागि नेपाली टोलीले पक्कै प्रयास गर्नेछ। तर सजिलो भने छैन।
प्रतिकृया दिनुहोस्























