बिज्ञान प्रबिधि

पाइप लाइनबाट घरघरमा ग्यास ।

पाइप लाइनबाट घरघरमा ग्यास ।

Breaking 1, अर्थ / बाणिज्य, कृषि समाचार, बिज्ञान प्रबिधि
१ भदाै, कैलाली: कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उहाँको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । ‘नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो’, चौधरीले भने, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।’ टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताए । ‘दाउराको भरमा खाना पकाउन समस्य...
मकवानपुरमा एमसिसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू

मकवानपुरमा एमसिसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू

Breaking 1, अर्थ / बाणिज्य, ताजा समाचार, बिज्ञान प्रबिधि
१ भदौ, मकवानपुर । अमेरिकी सहयोग सम्झौता एमसिसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसिए –नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू गरेको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसन देखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप–महानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जानकारी दिएको छ। सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ । यसअघि नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा जग्ग...
गुगलको फोनमा टेलिकमको ई–सिम हाल्दा समस्या

गुगलको फोनमा टेलिकमको ई–सिम हाल्दा समस्या

ताजा समाचार, बिज्ञान प्रबिधि
काठमाडौं । नेपाल टेलिकमले वितरण थालेको ई–सिमले केही मोबाइलहरुमा समस्या देखाएको छ । ३१ भदौदेखि टेलिकमले ई–सिम वितरण थालेको थियो । तर, कतिपय कम्पनीका सेटमा ई–सिम इन्स्टल गर्दा सेटमा नै भौतिक सिम समेत नचल्ने र फोनको अपरेटिङ सिस्टम नै बिग्रने समस्या देखिएको छ । यस्ता समस्या देखिएका मोबाइल सेटमा आईएमईआई नम्बर नै देखिएको छैन । टेलिकमको ई सिमका लागि क्यूआर स्क्यान गरेपछि फोनमै समस्या देखिएपछि धेरै सेवाग्राही मर्कामा परेका छन् । यो कस्तो समस्या हो भन्ने नेपाल टेकिलमले पनि पत्ता लगाउन सकेको छैन । टेलिकमका प्रवक्ता शोभन अधिकारी गुगल पिक्सेल ६ फोनमा यस्तो समस्या देखिएको बताउँछन् । ‘हामीले यो समस्या समाधानका लागि प्रयास थालेका छौं,’ उनले भने, ‘गुगलको एउटा मोडलमा यस्तो समस्या देखिएको छ ।’ कतिपय सेटमा ई–सिम सपोर्ट नगर्ने समस्या पनि देखिएको छ । ई–सिमको सफ्टवेयरले डिभाइस नै ‘करप्ट’ हुने सम...