प्रदेश

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ असोज १५ गते  हेटौंडा आउने

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ असोज १५ गते हेटौंडा आउने

प्रदेश
  हेटौंडा / नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ असोज १५ गते हेटौंडा आउनुहुने भएको छ । मकवानपुरको स्थापित सञ्चारगृह रेडियो सन्देश १०६.९ मेगाहर्ज, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको सयुक्त बार्षिक उत्सव लगायतका कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लाग्नुभएको हो । बार्षिक उत्सव कार्यक्रम असोज १५ गते बिहान १० बजे हेटौंडा-२ मा रहेको पल्पसा प्याराडाईज होममा हुने बताईएको छ । बार्षिक उत्सव कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारलाई "रामचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार" प्रदान गरिने छ भने विभिन्न सम्मान र पुरस्कारहरु प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष सुनिल खड्काले बताउनुभयो । निकास साप्ताहिकले बिगत १७ बर्षदेखी निरन्तर विविध सामाजिक कार्य गर्दै बार्षिक उत्सव मनाउदै आईरहेको थियो । पछिल...
भावनाका विद्यार्थीलाई स्कुल पोसाक सहयोग

भावनाका विद्यार्थीलाई स्कुल पोसाक सहयोग

ताजा समाचार, प्रदेश, शिक्षा, स्थानीय
  हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ रामधुनीमा रहेको भावना आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई स्कुल पोसाक सहयोग प्राप्त भएको छ ।५९ औं राष्ट्रिय बाल दिवस एंव विद्यालयको ३४ औं स्थापना दिवसका अवसरमा आज ८२ जना विद्यार्थीहरुका लागि स्कुल पोसाक सहयोग प्राप्त भएको हो । पूर्व बिद्यार्थी एंव सामाजिक अभियन्ता प्रदिप पौडेलले एक लाख एक हजार रुपैयाँ बराबरको स्कुल ट्र्याक सुट विद्यार्थीलाई बितरण गर्नुभएको हो । सहयोग बितरण गर्दै पौडेलले यसअघि बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आज आफैं अध्ययन गरेको बिद्यालयलाई केही न केही सहयोग गरौं भन्ने उद्देश्यले विद्यार्थीहरुलाई ट्र्याक सुट सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा जिल्लामा अवस्थित समस्या भएका बिद्यालयहरुमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।               ...
‘अनिश्चितकालका लागि स्थगित’ बागमती प्रदेश सभा अन्योलमा ।

‘अनिश्चितकालका लागि स्थगित’ बागमती प्रदेश सभा अन्योलमा ।

Breaking 1, ताजा समाचार, प्रदेश
हेटाैंडा, मकवानपुर ।  बागमती प्रदेश सभा बैठक ४५ दिन बितिसक्दा पनि बस्न सकेको छैन । यसअघि २१ असारमा चालू आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न प्रदेश सभा बैठक बसेको थियो । त्यसयता ‘अनिश्चितकालका लागि स्थगित’ भनिएको प्रदेश सभा बैठक बस्न सकेको छैन । सरकारले पर्याप्त बिजनेस दिन नसक्दा सदन प्रभावहीन देखिएको छ । प्रदेश सभाले अहिलेसम्म मिनी संसद्को रूपमा लिइने संसदीय समितिको सभापति चयन गर्न सकेको छैन । महिनौसम्म बैठक नबस्दा प्रदेशलाई आवश्यक पर्ने ऐन–कानुनको निर्माणमा समेत प्रभाव परेको छ । " मुख्यमन्त्री शालिकराम जम्कट्टेल भन्छन्– भदौमा संसदीय समितिलाई पूर्णता दिन्छौँ ,, संसदीय समितिको संख्या थोरै र आकांक्षा धेरै हुँदा समितिको सभापति चयनमा ढिलाइ भएको छ । सत्ता साझेदार दलहरूभित्रै पनि कसलाई समितिको सभापति बनाउने भन्ने समस्या छ । साथीहरू छलफलमै हुनुहुन्छ । भदौभित्र सम्पूर्ण समितिको सभापति चयन प...
पहिराेमा परि मृत्यु भएका परिवारलाई ७ लाख, मन्त्री श्रेष्ठ पुगे प्रभावित परिवारकाे घरमा

पहिराेमा परि मृत्यु भएका परिवारलाई ७ लाख, मन्त्री श्रेष्ठ पुगे प्रभावित परिवारकाे घरमा

Breaking 1, अर्थ / बाणिज्य, प्रदेश, स्वास्थ्य
हरिहरपुरगढी गाउँपालिका वडा नं.१ ककरे सिन्धुलीका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रभावित परिवारलाई केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र नेपाल सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरि जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता गर्नुभएको हाे ।   यही साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं. ५ सिक्रे दोभानको पहिरोमा परि दुई जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् । पहिरोमा परि २३ वर्षिय शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीकाे मृत्यु भएको थियो । २६ वर्षिय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् । मन्त्री श्रेष्ठले आज परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली र परिवार...
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन

करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन

Breaking 1, प्रदेश
मकवानपुर ।   बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका करारका कर्मचारीको भविष्य सुनिश्चितताका लागि सामाजिक सुरक्षा कार्यक्रम यही साउनदेखि नै लागू गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समीक्षा बैठकमा उनले स्थायी कर्मचारीको पेन्सन तथा उपदान हुने तर करार कर्मचारीको जागिर छोड्दा वा अशक्त हुँदा हातमा केही नहुने भएकोले यो कार्यक्रम अनिवार्य लागू गर्न लागिएको बताए । उनले भने, “जागिर छुट्दा, अशक्त हुँदा आर्थिकरूपले सहयोग पाउनका लागि यो कोषको महत्त्व छ । त्यसैले यही साउनदेखि लागू हुने गरी काम गर्नुहोस् ।” उनले बागमती प्रदेश सुशासन केन्द्रलाई तालिम दिने क्रममा उपलब्धिको पनि लेखाजोखा राख्न सुझाव दिए। राज्यकोषबाट खर्चिएको रकम उपलब्धिमा परिणत हुनैपर्ने बताउँदै उहाँले तालिमपछिको उपलब्धि हेर्न पनि विशेष जोड दिए । खर्च...
पहिलो पटक बढुवा गरेको कर्मचारीलाई नियुक्तीपत्र दिंदै मुख्यमन्त्री

पहिलो पटक बढुवा गरेको कर्मचारीलाई नियुक्तीपत्र दिंदै मुख्यमन्त्री

Breaking 1, प्रदेश, शिक्षा
अञ्जली थापा हेटौंडा, २५ असार(रासस) वाग्मती प्रदेश सरकारले प्रदेशमा प्रदेशकै कर्मचारी राख्ने उदेश्यका साथ पहिलो पटक ११ औं तहमा बढुवा कर्मचारीलाई प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्ती पत्र दिंदै पदस्थापन गराउनभएको छ । प्रदेश सरकारले बढुवा गरेको कर्मचारीहरु डा. चन्द्र प्रसाद लुइँटेल र पुर्ण बाहादुर दर्जीलाई मुख्यमन्त्री जम्कट्टेलले नियुक्तिपत्र दिनुभएको हो । प्रदेशको सरकारको बैशाख ११ गतेको निर्णय अनुसार प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले रिक्त पदहरूमा बढुवा समितिको निर्णय अनुसार योग्यताक्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरेर बढुवामा सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।...
६ घण्टापछि खुल्यो हेटौंडा १८ को वडा कार्यालयमा लगाइएको ताला

६ घण्टापछि खुल्यो हेटौंडा १८ को वडा कार्यालयमा लगाइएको ताला

Breaking 1, ताजा समाचार, प्रदेश, स्थानीय
हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयमा लगाइएको ताला छ (६) घण्टापछी खुलाइएको छ । वडाको बार्षिक बजेट बिनियोजन तथा योजना परिचालनका बिषयमा यहाँका राजनैतिक दल, सबै टोल बिकास समिती लगायतसंग समन्वय गरेर छलफल गर्ने सहमति पछि ताला खुलाइएको हो । स्थानीय युवा सुन्दर दाहालले असार २६ गतेभित्र टोल बिकासका प्रतिनिधि, जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरुसंग समन्वय गरेर बजेट परिचालनका बिषयमा छलफल गर्ने सहमतिपछि ताला खुलाइएको बताए । उनका अनुसार वडा अध्यक्ष अनिल कुमार बानियाँले वडाको बार्षिक बजेट एकलौटी ढंगबाट मनलाग्दी रुपले बाँडफाँड गरेको, आवश्यकलाईभन्दा आफ्नालाई अनुदान दिएको, वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सिमित ब्यक्ति र स्थानमा गरिएको भन्दै स्थानीय युवाहरुले कार्यालय खुल्ने बित्तिकै तालाबन्दी गरेका थिए। उनिहरुले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तालाबन्दी गरेका हुन् । (more...
जिल्ला युवा समिति मकवानपुरले खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

जिल्ला युवा समिति मकवानपुरले खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

खेलकुद, प्रदेश, स्थानीय
हेटौंडा । मकवानपुर जिल्लामा आउँदो जेठ २२ गते "युवा र नवप्रबतनʼʼ शिर्षकमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा युवाहरुमा भएको नवप्रतिभालाई उर्जागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीन ले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा २४ वर्ष सम्मका उमेर समूहका युवाहरुले सहभागिता जनाउन सक्ने छ । प्रतियोगितामा उत्कृष्ट अंक ल्याई प्रथम हुने सहभागीलाई नगद रु.१५ हजार, दोस्रोलाई नगद रु.१० हजार र तेस्रोलाई नगद रु.५ हजार सहित प्रमाणपत्र दिइने अध्यक्ष पाख्रीनले बताउनुभयो । प्रतियोगिता हेटौंडा-४ रोयल पार्टी प्यालेसको सभालमा जेठ २२ गते विहान १० बजे हुने जनाइएको छ ।...
२८ बर्ष देखि बन्द हेटाैंडा कपडा उद्योग कहिले संचालन होला ?

२८ बर्ष देखि बन्द हेटाैंडा कपडा उद्योग कहिले संचालन होला ?

प्रदेश
  भुपेन्द्र राना हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेकाे हेटौंडा कपडा उद्योग २८ बर्ष देखि बन्द रहेकाे छ । संसदमा पटक पटक यस बिषयमा पटक पटक कुरा उठे पनि सरकारकाे ध्यान अझै जान सकेकाे छैन । चिनियाँ सरकारको सहयोगमा २० करोड लगानीमा २०३२ सालमा हेटौंडा कपडा उद्योग स्थापना भएको थियो। यसले २०३५ सालबाट उत्पादन शुरू गरेको थियो । २०५७ फागुन १ गते तत्कालीन सरकारले उद्योग बन्द गर्ने निर्णय गर्नुअघि यो उद्योग सञ्चालनमा थियो। हेटौंडाकाे औद्योगिक क्षेत्रभित्र रहेकाे पुरानाे कपडा उद्योगमा अहिले शसस्त्र प्रहरीको क्याम्प खडा गरिएकाे छ । करिब आठ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको उद्योग दुई सय ५६ आफ्नै स्वामित्वको र बाँकी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हो । यस क्षेत्रमा साना–ठूला गरी झन्डै ३० घरटहरा छन्। उद्योग शुरूआती केही समय नाफमा रहे पनि बिस्तारै घाटामा जान थालेको थियो। यसको ...
आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे दलहरुसँग अन्तरक्रिया

आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे दलहरुसँग अन्तरक्रिया

अर्थ / बाणिज्य, प्रदेश, स्थानीय
हेटौंडा/बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव संकलन गरेको छ । प्रदेशसभामा सोमबार भएको अन्तरक्रियामा दलका नेताहरुले नीति कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विषेश कार्यक्रम तथा परिणाममूखी नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धी समिक्षा र सबैको सुझावलाई समेटेर नीति कार्यक्रम ल्याइने बताए । ‘हामी परिणाम देखिने र आम नागरिकलाई छुनेगरी नीति कार्यक्रम ल्याउने तयारीम छौं’, उनले भने, ‘प्राप्त सुझावहरुको आधारमा हामी अघि बढ्नेछौं ।’ कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेल, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री, राप्रपा बागमती प्रदेश संसदीय ...