अन्तर्राष्ट्रिय

आज मे १ तारिख, एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज मे १ तारिख, एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

मकवानपुर: आज मे १ तारिख, एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाउँदै आएका छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरू भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन…
Read More
बकैया र कोरिया बयगुन  पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव‎

बकैया र कोरिया बयगुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव‎

‎‎बकैयाः मकवानपुरको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गरिने भएको छ । ‎कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको हो । ‎बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच बकैया गाउँपालिकालाई कृषि, पर्यटन, शिक्षा र प्रविधि हस्तान्तरणको क्षेत्रमा सहयोग गर्ने गरी भगिनी सम्बन्ध कायम गर्न लागिएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो ।‎सो अवसरमा कोरियन कल्चर सेन्टरका अध्यक्ष मुन यङ सुलाई भगिनी सम्बन्ध कायम गर्नका लागि सहजीकरण गरिदिन अनुरोध गर्ने निर्णयसहित बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेले कोरियन कल्चर सेन्टरका प्रतिनिधि अनुरोधपत्र हस्तान्तरण गर्नुभयो…
Read More
नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

मकवानपुरः दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० ले हरायो । अब नेपालले आजै हुने भारत र दक्षिण अफिकाबीचको विजेतासँग फाइनल खेल्नेछ । यसअघिको खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ ले हराउँदै खो–खो विश्वकपको फाइनलमा पुगिसकेको छ । हिजो भएको खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा पुगेको थियो । नेपाली पुरुष टोलीले समूह चरणको पहिलो खेलमा भारतसँग हारे पनि दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो । नेपाली महिला टोलीले हिजो भएको क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो । यस्तै समूह चरणमा पनि नेपाल…
Read More
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत

गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत

मकवानपुरः गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता भएकोमा स्वागत गरेको हो । मन्त्रालयले मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ । मन्त्रालयले नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेख गर्दै अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ । अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्तामा बिहीवार बिहान युद्धविराम सम्झौतामा सहमति जुटेको हो । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भोलि आइतवारदेखि लागू हुनेछ…
Read More
मुख्यमन्त्री लामा र नेपालका लागि स्वीस सरकारका राजदुत म्युलीबीच शिष्टाचार भेटवार्ता

मुख्यमन्त्री लामा र नेपालका लागि स्वीस सरकारका राजदुत म्युलीबीच शिष्टाचार भेटवार्ता

मकवानपुरः बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र नेपालका लागि स्वीस सरकारका महामहिम राजदुत डा.डेनियल म्युलीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटघाटको क्रममा स्वीस सरकारको सहयोगमा हाल बागमती प्रदेशभित्र कार्यन्वयनमा रहेका परियोजना तथा स्थानीय तहमा राजस्व वृद्धि गर्ने नँया परियोजनाको विषयमा छलफल मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा.म्युलीले स्विजरल्याण्ड सरकार, नेपालको आर्थिक विकासमा स्वीज लगानी भित्र्याउने बिषयमा सकारात्मक पहल भईरहेको र त्यसका लागि लगानीमैत्री वाताबरण निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्नुभएको थियो । द्विपक्षीय भेटका क्रममा स्वीज सरकारले बागमती प्रदेशको विकासमा गरेको लगानीको प्रसंसा गर्दै, प्रदेशमा लगानीमैत्री वातावरण निर्माणमा आफू निरन्तर लागि परेको बताउनु भयो । उक्त भेटघाटले स्वीज…
Read More
बीआरआई फ्रेमवर्कको पूणर्पाठ सार्वजनिक

बीआरआई फ्रेमवर्कको पूणर्पाठ सार्वजनिक

मकवानपुरः नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एन्ड रोड (बीआरआई) फ्रेमवर्कको पूणर्पाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा पूणर्पाठ राखेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला अघिल्लो हप्ता दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा १० वटा परियोजना मुख्यगरी समावेश गरिएका छन् । यसमा टोखा-छहरे सुरुङमार्ग, हिल्सा-सिमिकोट सडक परियोजना, किमाथाङ्का-खाँदबारी सडक र किमाथाङ्का पुल, चीन-नेपाल क्रस बोर्डर रेलवे परियोजनालगायत रहेका छन् । सम्झौतामा चिनियाँ पक्षले बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्ने ढाँचाअन्तर्गत नेपालको विकास प्रयासलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने उल्लेख छ ।
Read More
सुनको भाउ एकैदिन १५ हजार ९ सयले घट्यो

सुनको भाउ एकैदिन १५ हजार ९ सयले घट्यो

काठमाडौं : सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ। आइतबार  प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज ११५ रुपैयाँले घटेर प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर  २० बाट १० प्रतिशत कायम गर्ने निर्णय…
Read More

ज्येष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७औं महाधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाए । “सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धन गर्ने नीति लिएको छ,” प्रचण्डले भने, “सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदैछ ।” नेपालको प्रेस जगत् सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै…
Read More
कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला

कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला

काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ । “कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतिक्षामा छौं ।” परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा रहेको भन्दै सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ । “हामी यो घटनालाई…
Read More
हङकङ सरकाले १८ वर्षपछि खुलायो नेपाली लागि भिसा

हङकङ सरकाले १८ वर्षपछि खुलायो नेपाली लागि भिसा

हङकङ l हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्। जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.