
कृषकलाई उन्नत जातको धानको बीउ वितरण गर्दै बकैया
मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकाले अनुदानमा कृषकहरुलाई उन्नत जातको धानको बीउ वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत संघीय शसर्त खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्तर्गत बीउ वितरण गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताउनुभयो । जसमा राम धान प्रतीकेजी ६८ रुपैयाँमा गाउँपालिकाले ३४ रुपैयाँ बेहोर्नेछन् भने कृषकले ३४ रुपैयाँ बेहोर्नेछन् । यतै मकवानपुर-१ को ६४ रुपैयाँ, सुख्खा-३ केजी ६२ रुपैयाँ र सावा मन्सुली सव-१ को ६८ रुपैयाँ केजीको ५० प्रतिशत गाउँपालिकाले बेहोर्नेछन् । बकैया-७, हात्तीखोलास्थित बकैया कृषि औद्योगिक ग्रामबाट उपस्थित भएर जेठ १२ गतेसम्म कृषकले बीउ लिन सक्ने…