खेलकुद

जिल्ला युवा समिति मकवानपुरले खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

जिल्ला युवा समिति मकवानपुरले खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

खेलकुद, प्रदेश, स्थानीय
हेटौंडा । मकवानपुर जिल्लामा आउँदो जेठ २२ गते "युवा र नवप्रबतनʼʼ शिर्षकमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा युवाहरुमा भएको नवप्रतिभालाई उर्जागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीन ले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा २४ वर्ष सम्मका उमेर समूहका युवाहरुले सहभागिता जनाउन सक्ने छ । प्रतियोगितामा उत्कृष्ट अंक ल्याई प्रथम हुने सहभागीलाई नगद रु.१५ हजार, दोस्रोलाई नगद रु.१० हजार र तेस्रोलाई नगद रु.५ हजार सहित प्रमाणपत्र दिइने अध्यक्ष पाख्रीनले बताउनुभयो । प्रतियोगिता हेटौंडा-४ रोयल पार्टी प्यालेसको सभालमा जेठ २२ गते विहान १० बजे हुने जनाइएको छ ।...
बाग्मती गाउँपालिकाद्वारा खेलकुद सामाग्री हस्तान्तरण !

बाग्मती गाउँपालिकाद्वारा खेलकुद सामाग्री हस्तान्तरण !

खेलकुद, प्रदेश
बाग्मती गाउँपालिकाद्वारा खेलकुद सामाग्री वितरण गरेको छ। स्थानीय स्तरको खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप बाग्मती गाउपालिकाद्वारा सुतुरियो कराते तथा तेक्वान्दो खेल सम्वन्धि सामाग्रीहरु बितरण गरेको बाग्मती गाउँपालिका कार्यलयले जानकारी दिएको छ। खेल सामाग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान , गाउँपालिकाको प्रशासकीय अधिकृत झक्क नारायण घालन लगायतको उपस्थिती रहेको थियो। झन्डै ७४ हजार बराबरको खेलकुद सामाग्री ग्रहण ,एकीकृत डोजो पाथीभराका मुख्य प्रशिक्षक रामलाल थोकरले गरेको हो।खेलाडीहरुले खेलकुद सामाग्रीको अभावले धेरै असहज महसुस गरि रहेको अवस्थामा गाउँपालिका अध्यक्ष ज्युको यो कार्य प्रती आभारी छु थोकरले भन्नू भयो।...
स्व.चन्द्र मान राई स्मृति कप फुटबल प्रतियोगिता समापन: प्रतियाेगिताकाे उपाधि नवप्रतिभा युवा समाजलाई

स्व.चन्द्र मान राई स्मृति कप फुटबल प्रतियोगिता समापन: प्रतियाेगिताकाे उपाधि नवप्रतिभा युवा समाजलाई

खेलकुद, ताजा समाचार, स्थानीय
आषिश वल रामपुर, बागमती । त्रिशक्ति युवा क्लबद्वारा आयाेजित स्व. चन्द्रमान राई स्मृति कप फूटबल प्रतियाेगिताकाे खेल समापन भएकाे छ ।सन्तराम राईकाे सभाध्यक्षमा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी तथा बागमती गाउपालिका अध्यक्ष सर्केश घलानकाे विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम भएकाे हाे । समापन कार्यक्रमसँगै प्रतियाेगिताकाे उपाधि नवप्रतिभा  युवा समाज वाेटगाँउले उठाईएकाे छ । रामपुर खेलमैदानमा मुन स्टार युवा क्लब लम्कना र  नव प्रतिभा युवा समाज वाेटगाँउ बिच भएको फाईनल खेलमा २ - १ काे गाेल अन्तरले नवप्रतिभाले पहिलाे स्थान हाँसिल गरेकाे हाे । बिजेताले नगद रु. २ लाख प्राप्त गर्याे भने उपबिजेता ले १ लाख पाएको थियो । खेलको ३२ औ मिनेटमा नव प्रतिभा युवा समाज का आयुश नेगीले गोल गर्दै अग्रता लिएकाेमा ४० औ मिनेटमा नव प्रतिभाकै जर्सि १६ का अभिशेक भोलनले गोल गर्दै  २-०काे  अग्रताम...
मुनस्टार क्लब र नवप्रतिभा क्लब स्व.चन्द्रमान राई स्मृति कपकाे फाइनलमा ।

मुनस्टार क्लब र नवप्रतिभा क्लब स्व.चन्द्रमान राई स्मृति कपकाे फाइनलमा ।

खेलकुद, स्थानीय
बागमती, रामपुर । त्रिशक्ति युवा क्लबद्वारा आयाेजित स्व. चन्द्रमान राई स्मृति कप फूटबल प्रतियाेगिताकाे फाइनलमा मुनस्टार युवा क्लव र नवप्रतिभा युवा क्लब प्रवेश गरेकाे छ । बागमती-१ रामपुर खेल मैदानमा आज भएकाे पहिलाे खेलमा ग्रामिण विकास युवा क्ललाई  ३-० गाेल अन्तरले पाराजित गर्दै मुनस्टार क्लब, लम्कना फाइनलमा पुगेकाे हाे ।  खेलकाे पहिलाे हाफकाे  ३९ औं  मिनेटमा जर्सी नं. १३ का विमल घिसिङले पहिलाे  गाेल  गरेका थिए ।  दाेस्राे हाफकाे ९  औं मिनेटमा जर्सी नं १४ का आकाश मगर र १४ औं मिनेटमा अमर पाख्रिनले थप १/१ गाेल गरेका थिए ।   खेलकाे म्यान अफ दि म्याच मुनस्टार युवा  क्लव जर्सी नं १३ का विमल घिसिङ  घाेषित भए । उनले नगद रू १ हजार प्राप्त गरे । त्यस्तै दाेस्राे खेलमा नवप्रतिभा युवा क्लबले आयाेजक त्रिशक्ति युवा क्लबलाई ४-२ गाेल अन्तरले पाराजित गरेकाे थियाे । खेलकाे पहिलाे हाफकाे २६ औं मिनेटमा नवप...
मकवानपुर गाेल्ड कपकाे उपाधी मनाङलाई

मकवानपुर गाेल्ड कपकाे उपाधी मनाङलाई

खेलकुद, ताजा समाचार
स्थानिय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गाेल्डकप फुटबल प्रतियाेगिता पाँचाै सँस्करण-२०७९ काे उपाधी मनाङ मर्स्याङदीले उठाएकाे छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा बुधवार भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो ।  मनाङले उपाधिसँगै नगद १५ लाख र शेर्पाले १० लाख रुपैयाँ प्राप्त गरेको छ । मनाङको जीतमा एकमात्र निर्णायक गोल रोशन रानामगरले गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा गोल गरे। उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट मोटरसाइकलसमेत जित्न सफल भए । यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङक...
नव प्रतिभा युवा क्लब स्व. चन्द्रमान राई स्मृति कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

नव प्रतिभा युवा क्लब स्व. चन्द्रमान राई स्मृति कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

Breaking 1, खेलकुद, ताजा समाचार, प्रदेश, स्थानीय
बागमती । नक्कली युवा क्लब सिन्धुलीलाई पारजित गर्दै नव प्रतिभा युवा क्लब मकवानपुर मकवानपुरको बागमती गाउँपालिकामा जारी स्व. चन्द्रमान राई स्मृति कप फूटबल प्रतियाेगिताकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । आज भएकाे खेलमा नव प्रतिभा युवा क्लबले र नक्कली युवा क्लबलाई ३-१ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेकाे हाे । खेलकाे पहिलाे हाफकाे ३८औं मिनेटमा जर्सी नं. १९ का प्रकाश माझीले पहिलाे गाेल गर्दै नक्कली युवा क्लबलाई १-० काे अग्रता दिलाएका थिए ।पहिलाे हाफसम्म १-० ले अग्रता लिएकाे दाेस्राे हाफमा फितलाे प्रदर्शनका कारण प्रगति गर्न सकेन । खेलकाे दाेस्राे हाफकाे १२ औं मिनेटमा नव प्रतिभा युवा क्लबका जर्सि नं १६ का खेलाडी आशिष माेक्तानले गाेल गर्दै आफ्नाे टीमलाई बराबरीकाे अवस्था फर्काएका थिए । त्यस्तै नव प्रतिभा कै तर्फबाट जर्सी नं ९ का सुरेन्द्र राईले ४३ औं मिनेटमा दाेस्राे गाेल गर्दै २-१...
बागमतीमा स्व. चन्द्रमान राई स्मृतिकप फुटबल प्रतियोगिता आजबाट सुरु

बागमतीमा स्व. चन्द्रमान राई स्मृतिकप फुटबल प्रतियोगिता आजबाट सुरु

Breaking 1, खेलकुद, ताजा समाचार, स्थानीय
बागमती  । मकवानपुरको बागमती गाउँपालिकामा आजदेखी स्व. चन्द्रमान राई स्मृति कप फूटबल प्रतियाेगिता सुरु भएको छ । उद्घाटन  खेलमा सहिद स्मृति क्लब झुरझुरे मकवानपुरले विजयी सुरूवात गरेकाे छ। सहिद स्मृतिले त्रिशक्ति युवा युवा क्लब (बी), कराैंजे मकवानपुरलाई टाइब्रेकरमा ४ -१ गाेल अन्तरले पराजित गर्दै आगामी यात्रा तय गरेकाे हाे । खेलकाे पहिलाे हाफकाे नवाैं मिनेटमा जर्सी नं. ११ का अरूण थिङले पहिलाे गाेल गर्दै सहिद स्मृति क्लब झुरझुरेलाई १-० काे अग्रता दिलाएका थिए । खेलकाे २९ औं मिनेटमा त्रिशक्ति युवा क्लबका जर्सि नं ११ का खेलाडी समीर तामाङले गाेल गर्दै आफ्नाे टीमलाई बराबरीकाे अवस्था फर्काएका थिए । निर्धारित समयमा १-१ काे बराबरी भएसंगै खेल टाइब्रेकरबाट सहिद स्मृति क्लबले नतिजा आफ्नाे पक्षमा पारेकाे हाे । जर्सी नं ७ का रियम थिङ र जर्सी नं १२ का संजिव धामीले गाेल गर्न नसक्दा त्रिशक्ति युवा क्ल...
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी जनता माविलाई

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी जनता माविलाई

Breaking 1, खेलकुद, ताजा समाचार, प्रदेश, स्थानीय
बागमती । मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी जनता माविले उचालेको छ । प्रतियोगिता अवधिभर १२ स्वर्ण, ७ रजत र ९ कास्य जितेर जनता मावि पहिलो बनेको हो । १० स्वर्ण, ४ रजत र ६ कास्य जितेर देवकी मावि दोस्रो भएको छ भने ७ स्वर्ण, ११ रजत र ७ कास्य जितेर सूर्य मावि तेस्रो भएको छ । बागमती माविले ३ स्वर्ण, ५ रजत र १ कास्यसहित चौथौं भएको छ । चौराह आविले ३ स्वर्ण , १ रजत, पञ्चकन्या आविले २ स्वर्ण २ रजत र १ कास्य, बनदेवी आविले १ रजत र १ कास्य, ज्ञानमन्दिर आवि १ स्वर्ण, बाघभैरव मावि ३ रजत र महाबुद्ध आवि सबै विधामा शून्यमा रह्यो । प्रथम भएको जनता माविले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने देविकी माविले २० हजार र तेस्रो हुने सूर्य माविले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ । सबैभन्दा धेरै स्वर्ण पदक जितेर देवकी म...
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : आज एथ्लेक्टिस, कराँते, कबड्डी र काता खेलहरु सम्पन्न

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : आज एथ्लेक्टिस, कराँते, कबड्डी र काता खेलहरु सम्पन्न

Breaking 1, खेलकुद, ताजा समाचार, स्थानीय
बागमती । मकवानपुरको बागमतीमा जारी पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा आज एथ्लेक्टिस, कराँते, टिम ईभेन्ट्स अन्तर्गत कबड्डी र काता खेलहरु सम्पन्न भएका छन् । वडा नम्बर ४ झुरझुरेस्थित खेल मैदानमा भएको ३००० हजार मिटर दौडमा छात्रातर्फ देवकी मावि ५ ज्यामिरेकी निमा स्याङ्बो प्रथम, सूर्य मावि १ माझगाउँकी कविता घिसिङ द्धितिय र जनता मावि ८ शान्तिपुरकी रचना राना तृतिय भइनु । यसैगरी पुरुषतर्फ सूर्य मावि १ माझगाउँका पदम बहादुर घिसिङ प्रथम, बाघ भैरब मावि ९ बेतिनीका सुजन भोलन द्धितिय र जनता मावि ८ शान्तिपुरका भिषण राना तृतिय भए । यस्तै, १५०० मिटरको दौडमा छात्रातर्फ बागमती मावि २ राईगाउँकी मनु राई प्रथम, देवकी मावि ५ ज्यामिरेकी निशा स्याङ्बो द्धितिय र सूर्य मावि १ माझगाउँकी मनिता गोले तृतिय भइन् । छात्रतर्फ जनता माविका बिक्रम पाख्रिन प्रथम, सूर्य माविका बिराज सिङ्तान द्धितिय र सूर्य माविक...
मकवानपुरको बागमतीमा आजदेखी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

मकवानपुरको बागमतीमा आजदेखी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

Breaking 1, खेलकुद, ताजा समाचार, शिक्षा, स्थानीय
  आषिश वल (बागमती सन्देश संवाददाता) मकवानपुरकाे बागमती गाँउपालिकामा आज देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु भएकाे छ । बागमती गाँउपालिकाका अध्यक्ष सर्केश घलानकाे प्रमुख आतिथ्यता र वसन्त राईकाे सभाध्यक्षतामा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता बागमती गाँउपालिकाकाे खेल मैदान झुरझुरेमा सुरु भएकाे हाे । उदघाटन समाराेह सम्वाेधनका क्रममा प्रमुख अतिथि एवम् बागमती गाँउपालिका अध्यक्ष सर्केश घलानले बिद्यार्थीहरुकाे प्रतिभालाई प्रस्फुटन गर्ने वतावरणकाे सिर्जना गर्न यस पालिकाले अझ व्यवस्थित ढँगमा अगाडि बढ्ने वताउनुका साथै सम्पुर्ण विद्यालयलाई यस कार्यमा सहभागी हुन अनुराेध गर्दै सहभागी विद्यालय र खेलाडीलाई सेवा सुविधाकाे पनि व्यवस्था गर्ने वताउनु भयाे । मन्तव्यकै क्रममा बागमती गाँउपालिका सामाजिक विकास शाखा संयाेजक एवम् ३ नं. वडाध्यक्ष कमान सिं पाख्रिनले व...