राजनीति

अल विदा संविधान सभाध्यक्ष नेम्वाङ ।

अल विदा संविधान सभाध्यक्ष नेम्वाङ ।

Breaking 1, राजनीति, स्वास्थ्य
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ गए राति घरभित्रकै शौचालयमा बेहोस भेटिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्‍याएको उल्लेख छ । नेम्वाङका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेका अनुसार नेम्वाङमा सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । तर गए राति अचानक हृदयघात हुन पुगेको हो । अस्पताल पुर्‍याउने वित्तिक्कै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था जाँच ...
एकीकृत अखिल नेपाल शिक्षक संगठन महिला विभागले तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

एकीकृत अखिल नेपाल शिक्षक संगठन महिला विभागले तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

ताजा समाचार, राजनीति, शिक्षा
मकवानपुर l हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन महिला विभाग मकवानपुरले तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ l कार्यक्रम भोली शनिबार हेटौंडा ४ स्थित हेटौंडा पार्टी प्यालेमा हुने संगठनका जिल्ला सचिवालय सदस्य संदेश तुम्सिङले जानकारी दिनु भयो l बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. कुमारी मोक्तानको प्रमुख आतिथ्य रहने सो कार्यक्रम संगठनको  महिला विभागको आयोजना तथा नगर कार्यसमिति हेटौंडाको व्यवस्थापनमा हुन लागेको सचिवालय सदस्य तुम्सिङले बताउनु भयो l संगठनको महिला विभाग प्रमुख  सिर्जना पौडेलको संयोजकत्वमा हुने सो कार्यक्रममा संगठनमा आवद्ध मकवानपुर जिल्लामा कार्यरत महिला शिक्षिकाहरुको उपस्थिति रहने सदस्य तुम्सिङले जानकारी गराउनु भयो l एकीकृत अखिल नेपाल शिक्षक संगठन नेकपा (माओवादी) पार्टी निकट संगठनको रुपमा चिनिन्छ l...
मकवानपुरमा काङ्ग्रेस सभापति सहित २१ जना माआेवादीमा प्रवेश

मकवानपुरमा काङ्ग्रेस सभापति सहित २१ जना माआेवादीमा प्रवेश

Breaking 1, राजनीति, स्थानीय
बागमती सन्देश बागमती, मकवानपुर । मकवानपुरमा कङ्ग्रेस वडा सभापति सहित विभिन्न पार्टी परित्याग गरी २१ जना नेता  कार्यकर्ता नेकपा माआेवादी केन्द्रमा प्रवेश गरेका छन । हिजाे बागमती -३ स्थित जनतासँग माआेवादी विशेष रुपान्तरण अभियानलाई उदघाटन गर्दै अभियानका ३ नं. संयोजक तथा बामगती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिनले उनिहरुलाई प्रवेश गराईएका हुन । यसरी पार्टी प्रवेश हुनेहरुमा नेपाली काँग्रेसका ३ नं. पुर्व सभापती विजय जिम्बा, ने. का. वडा सदस्य उम्मेदवार राम बहादुर माझी, काङ्ग्रेसबाट उमेश बोम्जन, प्रेम लोप्चन, पन्चलाल लोप्चन, विज्ञान माझी र नेकपा एमालेबाट, अकल बहादुर स्याङ्तान, शन्देश गोले, कमल माझी, हिरालाल घलान, मङगल बहादुर जिम्बा, जित बहादुर योन्जन, बुद्धि बहादुर जिम्बा लगायत २१ जना रहेका छन । पार्टी प्रवेश गराउदै यस अभियानका संयाेजक एवम् बागमती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिन...
“जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” मा जुटे हेटौंडामा माओवादी

“जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” मा जुटे हेटौंडामा माओवादी

Breaking 1, राजनीति, स्थानीय
  मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटि पार्टी सुदृढिकरणकालागि संघीय कमिटिको निर्देशन अनुसार तीन महिने विशेष अभियानमा जुटेको छ । पार्टी केन्द्रले निर्देशित गरेको “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” मा उनीहरु जुटेका हुन् । शनिबार हेटौंडामा बसेको हेटौंडा उपमहानगर कमिटिको पूर्ण बैठकले यसबारेमा विशेष तयारी अघि बढाइएको उपमहानगर कमिटिका अध्यक्ष तिर्थ थापा मगरले जानकारी दिएका छन् । बैठकमा बोल्दै बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हाल पछिल्लो समयमा कार्यकर्तामा निराशा छाइरहेको पाइएकाले सकृयता र सशक्तता बढाउन अभियान अघि बढाइएको बताएकी छन् । नीजि स्र्वाभन्दा माथि उठेर परिवर्तनलाई बचाउँदै सकृय रुपमा अभियानमा जुट्न उनले हेटौंडा उपमहानगर अन्तर्गतका पार्टी पङ्तीलाई निर्देशन दिएकी छन् । माओवादी पार्टीलाई २०८४ मा २०६४ को अवस्थामा पु...
वडा अध्यक्ष पहरीलाई मातृ शोक

वडा अध्यक्ष पहरीलाई मातृ शोक

ताजा समाचार, राजनीति, स्थानीय
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जनक बहादुर पहारीलाई मातृ शोक परेको छ l वडा अध्यक्ष पहरीका ममतामयी माता सार्की माया पहरीको ६३ वर्षको उमेरमा वडा नं. २, शाखाटार स्थित आफ्नै निवासमा  आज निधन भएको भएको हो l उनी लामो समय देखि क्यान्सर रोगका कारण बिरामी रहेको र आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जानेको छ l बागमती प्रदेशको सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान, मकवानपुर क्षेत्र नम्बर एक क को सभा सदस्य माननीय प्रेम बहादुर पुलामी,बागमती गाउपालिका अध्यक्ष शर्केश घलान लगायतकाले आज पहरीको निवासमा मै पुगी मृतकको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गरेका थिए l मृतक पहरीका चार छोरा छन् l...
कांग्रेस मकवानपुरकाे आन्तरिक विशेष अभियानको समापन

कांग्रेस मकवानपुरकाे आन्तरिक विशेष अभियानको समापन

Breaking 1, राजनीति, स्थानीय
हेटौंडा, ३० साउन/नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ । जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य/मकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाको प्रमूख आतिथ्यता एवं बागमती प्रदेश सदस्य/मकवानपुर प्रतिनिधि कैलाश कोइरालाको विशेष आतिथ्यतामा समापन कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरको वडा, पालिका, प्रदेश तथा संघीय तहमा यही साउन २० गतेदेखि २९ गतेसम्म खटिएका जिल्ला तथा प्रदेशबाट खटिएका प्रतिनिधिहरुबाट पार्टीको अहिलेको अवस्था र पार्टी सुदृढिकरणको लागि भावी दिनमा गर्नुपर्ने क्रियाकलाप र सुझाव समेटी बनाईएको प्रतिबेदन जिल्ला कमिटि, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई बुझाएका थिए । केन्द्रीय प्रतिनिधि र बागमती प्रदेश प्रतिनिधिले व...
जन साँस्कृतिक महासंघ नेपाल मकवानपुरको अध्यक्षमा रुम्बा सर्वसम्मत चयन

जन साँस्कृतिक महासंघ नेपाल मकवानपुरको अध्यक्षमा रुम्बा सर्वसम्मत चयन

Breaking 1, राजनीति
सुरेश पाख्रिन मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट कलाकारहरुकाे संगठन जन साँस्कृतिक महासंघ नेपाल मकवानपुरको अध्यक्षमा हेमन्त रुम्बा सर्वसम्मत चयन भएकाे छ । शनिबार जिल्ला समन्वय समितिकाे सभा हल हेटाैंडामा भएकाे सम्मेलनले हेमन्त रुम्बा"निश्चल"काे अध्यक्षतामा २० सदस्यीय जिल्ला कार्य समिति चयन गरिएकाे हाे । सम्मेलनले  जन साँस्कृतिक महासंघ मकवानपुर जिल्ला कार्य समितीकाे अध्यक्षमा हेमन्त रुम्बा "निश्चल", उपाध्यक्षमा अमृता तामाङ, सचिवमा रविन्द्र थिङ, काेषाध्यक्ष वसन्ती बल, सह-सचिव साेम जिम्वा, सदस्यहरुमा सुस्मिता जिम्वा, निश्चल डिमडुङ, मनिष लामा, उषा घिमिरे, शुक्रमान गाेले, सुर्य लामा, अजय वाईवा, रमा वराईली, करण कुमार विष्ट, शेर बहादुर गाेले, पवन बल, राजेश दर्नाल, सन्तलाल थाेकर र अभिषेक थापा लगाएतका समिति गठन गरिएका छन । बागमती प्रदेश सभा सदस्य एवम् ने.क.पा. माओवादी केन्...
जनयुद्धमा जस्तै  तपाईंहरुको साथ भए भ्रष्टहरुलाइ कार्यवाही गर्न सजिलो हुन्छ: प्रधानमन्त्री

जनयुद्धमा जस्तै तपाईंहरुको साथ भए भ्रष्टहरुलाइ कार्यवाही गर्न सजिलो हुन्छ: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताउनुभएको छ । काभ्र जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भन्नू भयो ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरुसँग अपील गर्न चाहन्छु ।’ उहाँले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नु भयो, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनिहरुलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यहि हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र...
एमाले सचीव टोप बहादुर र छोरा विरुद्ध पक्राउ पुर्जी जारी ।

एमाले सचीव टोप बहादुर र छोरा विरुद्ध पक्राउ पुर्जी जारी ।

ताजा समाचार, राजनीति
२० बैशाख २०८० ,बुधबार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसरले सांसदसमेत रहेका सचिव रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।   बुधबार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको विषयमा रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जीका लागि अनुमति लिएको हो। साथै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।...
वाइसीएल ( ycl)द्वारा २०८० सालको शुभकामना तथा पिकनिक कार्यक्रमको आयोजना !

वाइसीएल ( ycl)द्वारा २०८० सालको शुभकामना तथा पिकनिक कार्यक्रमको आयोजना !

राजनीति
नेकपा माओवादी केन्द्रको साहयक संगठन वाइसीएल नेपाल बाग्मती गाउँ कमिटीले शुभकामना तथा बनभोज कार्यक्रम गरेको छ।बाग्मती -८ शान्तिपुरमा भएको यस कार्यक्रममा प्रमुख अथितीको रुपमा प्रदेश सभा सदस्य तथा सामाजिक बिकास मन्त्री कुमारी मोक्तान हुनु हुन्थ्यो भने कार्यक्रमको सभाध्यक्षा वाइसीएल बाग्मती गाउँ कमिटी अध्यक्ष आकास लोप्चनले गर्नु भएको थियो। कार्यक्रममा विशेष अथितीमा माननीय प्रेम बहादुर पुलामी , प्रदेश कमिटी सचीवालय सदस्य भिम पाख्रीन , नेकपा माओवादी जिल्ला संयोजक तथा बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, बाग्मती पार्टी कमिटी अध्यक्ष अरुण बल , ycl मकवानपुर जिल्ला सचीव वीर बहादुर थिङ (मुक्ती )वडा अध्यक्ष न.४ का अध्यक्ष दन्तलाल माझी ,वडा न.१ को अध्यक्ष युहन्ना राई, वडा न.३ को अध्यक्ष कमान सिं पाख्रीन,वडा न. ५ को अध्यक्ष बिजय भोलन तथा सम्पुर्ण माओवादी निकट जनबर्गिय संघसंगठनका पदाधिकारीहरुको ...