Breaking 3

बाग्मती गाउँपालिकाको दशौ गाउँसभा सम्पन्न , कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकता।

बाग्मती गाउँपालिकाको दशौ गाउँसभा सम्पन्न , कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकता।

Breaking 3, ताजा समाचार, स्थानीय
मकवानपुर,  बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा  कार्यक्रम  सर्वसम्मत पारित भएको छ ।  बागमती  गाउँपालिकाको समृद्धिको आधार कृषि र पुर्वधार भन्ने मुल नाराका साथ आइतबार  बागमती गाउँपालिकाको  दशौ गाउँसभा सम्पन्नभएको छ।  गाउँ सभाका सभा अध्यक्ष तथा पालिका अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति तथाकार्यक्रम  प्रस्तुत गर्नुभएको थियो।   आगामी आर्थिक वर्ष २०८०/०८१  मा पालिकाले गर्ने कार्यक्रमहरुलाई  अध्यक्ष घलानले प्रस्तुत गर्दै, बागमती गाउँपालिकाको ९ ओटैवडाका अध्यक्ष तथा कार्यपालिक सदस्यहरुले अध्यक्ष घलानद्वरा प्रस्तुत गरिएको  नीति तथा कार्यक्रममा छुटेका केही बुदाहरुलाइ नीतितथा कार्यक्रममै समेटेर लैजानु पर्ने सुझाव राखेका थिए। यो पटक बाग्मती गाउँपालिकाले  निति तथा कार्यक्रम  मार्फत नै कृषि तथाउद्पादनमा आधारित रहेर बजेट ल्याउने भएको छ। यस अ...
जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता जरुरी छ : घलान

जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता जरुरी छ : घलान

Breaking 3, ताजा समाचार, प्रदेश, स्थानीय
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता हुनु जरुरी रहेको बताएका छन् । शनिबार हेटौंडामा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । आदिवासी जनजाति पत्रकारहरु पत्रकारितामा लागे पनि अन्ततः विभिन्न समस्याका कारण यस क्षेत्रबाट पलायन हुने गरेको सन्दर्भ देखिएको प्रमुख घलानले उल्लेख गरे । उनले चुनौतीहरुको न्युनिकरण गर्दै पत्रकारितामा जनजाति पत्रकारहरुको निरन्तरतामा जोड दिए । यस्तै आदिवासी जनजाति पत्रकारहरुले पत्रकारिताका समग्र विषयलाई मध्यनजर गर्दै समुदायगत विशिष्ट विषय वस्तुलाई प्राथमिकतामा राख्न जोड दिएका छन् । यसैगरि, कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले समाचारका विषयवस्तु समावेशी ढंगले प्रकाशन प्रसारण हुन ...
बागमतीमा चालू आर्थिक बर्षको ८ महिनामा २७.७६ प्रतिशत बजेट खर्च

बागमतीमा चालू आर्थिक बर्षको ८ महिनामा २७.७६ प्रतिशत बजेट खर्च

Breaking 3, अर्थ / बाणिज्य, ताजा समाचार, प्रदेश, स्थानीय
बागमती । मकवानपुरको बागमती गाउँपालिकाको चालू आर्थिक वर्षको ८ महिनासम्ममा २७.७६ प्रतिशत बजेट खर्च भएको छ । आ.व. ०७९/०८० को फागुन १९ सम्ममा २७.७६ प्रतिशत मात्र खर्च भएको हो । गाउँपालिकाको आज भएको ९ औं गाउँसभामा अध्यक्ष सर्केश घलानद्वारा प्रस्तुत प्रतिबेदन अनुसार चालू आर्थिक बर्षको फागुनसम्म कुल ६६ करोड २२ लाख २४ हजार विनियोजित बजेट मध्ये १८ करोड ३८ लाख ३४ हजार ७ सय ८२ रुपैयाँ ८३ पैसा मात्रै खर्च भएको हो । पालिकाको चालु खर्च ३८.६२प्रतिशत र पूंजीगत खर्च १३.९प्रतिशत भएको प्रतिबेदनमा उल्लेख छ । आर्थिक विकासमा १९.३४ प्रतिशत, सामाजिक विकासमा ३६.९२ प्रतिशत, पूर्वधार विकासमा १०.४३ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २४.५६ प्रतिशतर कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा ३५.८२ प्रतिशत खर्च भएको प्रतिबेदनमा उल्लेख छ । यसआर्थिक बर्षमा जम्मा २६४ वटा योजना तथा कार्यक्रमहरु मध्ये ह...
भौतिक पूर्वाधार मन्त्री दुलालले गरे निमार्णाधिन पुलहरुको अनुगमन

भौतिक पूर्वाधार मन्त्री दुलालले गरे निमार्णाधिन पुलहरुको अनुगमन

Breaking 3, ताजा समाचार, प्रदेश, स्थानीय
बागमती । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा निर्माणधिन पुलहरुको अनुगमन गर्नुभएको छ । बुधबार मन्त्री दुलाले गत आर्थिक वर्षहरुमा ठेक्का प्रक्रिया पुरा गरी निमार्णको क्रममा रहेका पुलहरुको अनुगमनका क्रममा त्यहाँ पुग्नुभएको हो ।   मन्त्री दुललले निर्माणाधिन सिक्रे दोभानको बागमती पुल, बागमती गाउँपालिका वडा नम्बर ५ को बगेरी लितिखोला पुल र वडा नम्बर ६ मा रहेको चौरा खोला पुलको अनुगमन गर्नुभयो । अनुगमनका क्रममा मन्त्री दुलालले समयमै काम सम्पन्न गर्न निमार्ण कम्पनीलाई निर्देशन दिनुभयो ।   सोही क्रममा काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, खानिखाेला गाँउपालिका अध्यक्ष इन्द्र बहादुर थिँ, र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी र बागमती गाउँपालि...
मकवानपुरको बागमती र काभ्रेको खानीखोला गाउँपालिका जोड्ने झोलुङ्गे पुल उद्घाटन

मकवानपुरको बागमती र काभ्रेको खानीखोला गाउँपालिका जोड्ने झोलुङ्गे पुल उद्घाटन

Breaking 3, ताजा समाचार, प्रदेश, स्थानीय
बागमती । मकवानपुरको बागमती गाउँपालिका र काभ्रे जिल्लाको खानिखोला गाउँपालिका जोड्ने झोलुङ्गे पुलको आज उद्धघाटन भएको छ । झुलुङ्गे पुलको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले उद्धघाटन गर्नुभयो । उद्धघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घलानले पुल निमाणर्ले दुई जिल्लाको जनताको दैनकिीलाई सहज बनाउन मद्धत पुगेको बताउँनुभयो । साथै उहाँले दुबै जिल्लाको बासन्दिाहरुको सम्बन्धलाई नजकि बनाउन यस पालकिाले सडकलाई प्राथमकितामा राखएिको पनि बताउनुभयो । पुल निमाणर्पछि बागमती गाउँपालिका वडा नम्बर ९ फार्सादमार र काभ्रेको खानीखोला गाउँपालिका ६ लुँइचेका बासिन्दालाई आवतजावत गर्न सहज हुने भएको छ । पुल नहुँदा एक जिल्लाबाट अर्को जिल्ला पुग्न बागमती खोला तर्नुपर्ने बाध्यता रहेको थियो । केन्द्रको समपुरक बजेट तथा बागमती गाउँपालिकाको २० प्रतिशत गरेर कुल ७६ लाख रुपैयाँ बजेटमा झोलुङ्गे पुल नि...
बकैयाका साढे दुई सय बिद्यार्थीलाई स्वेटर वितरण

बकैयाका साढे दुई सय बिद्यार्थीलाई स्वेटर वितरण

Breaking 3, ताजा समाचार, प्रदेश, शिक्षा, स्थानीय
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ ले साढे दुई सय बिद्यार्थीलाई जाडोको लागि न्यानो कपडा स्वेटर वितरण गरेको छ । वडाको बालबालिका लक्षित कार्यक्रम अन्तरगत वडाले बिद्यार्थीहरुलाई बिद्यालय पोशाक स्वेटर वितरण गरेको हो । बकैया–५ मा रहेको ४ वटा बिद्यालयहरु कर्म प्राप्ती मावि, ,प्रभात मावि, गितावर निमावी र किसान जागरुक सिद्धार्थ प्राविको इसिडि र नर्सरी कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरिएको हो । वडा नं. ५ की वडा अध्यक्ष लक्ष्मी जिम्बा, वडा सचिव देवराज लामिछाने, कार्यपालिका सदस्य लक्ष्मी माझी कृपा, वडा सदस्यहरु छलिमाया घिसिङ, ज्ञानुमाया सुनुवार, अमृत थिङ, सोमवहादुर माझी लगायतकाले संयुक्त रुपमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए । ...
बागमती प्रदेश सांसद छिन्तुले गरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

बागमती प्रदेश सांसद छिन्तुले गरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

Breaking 3, ताजा समाचार, प्रदेश, स्थानीय, स्वास्थ्य
बकैया । बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले बकैया गाउँपालिका वडा नम्बर ९ मा रहेको शिखरपुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । बिहिवार एक कार्यक्रमको अवसरमा प्रदेश सांसद छिन्तुले स्वास्थ्य चौकीका ईन्चार्ज अमर स्याङ्तानलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । पुलामीले आफ्नो सांसद विकास कोष मार्फत आएको बजेटबाट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएपछिको पहिलो औपचारिक कार्यक्रममा बोल्दै पुलामीले एम्बुलेन्स अभावमा आफ्ना क्षेत्रका जनता स्वास्थ्य सेवा पाउनबाट बञ्चित नहोऊन् भन्ने उद्धेश्यले एम्बुलेन्स प्रदान गरिएको बताउनुभयो । उहाँले आफु सदैव स्वास्थ्य क्षेत्रको विकासमा तत्पर रहेको उहाँको भनाई थियो । उहाँले बाँकी रहेका स्वास्थ्य चौकीलाई समेत एम्बुलेन्स प्रदान गर्न पहल गरिने बताउनुभ...
रासायनिक मल सहज आपूर्तिका लागि थाहा नगरको पहल

रासायनिक मल सहज आपूर्तिका लागि थाहा नगरको पहल

Breaking 3, कृषि समाचार, ताजा समाचार, स्थानीय
हेटौंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका आसपासको क्षेत्रमा रासायनिक मलको सहज आपूर्तिकालागि थाहा नगरपालिकाले पहल थालेको छ । सोमबार थाहा नगरपालकाका प्रमुख बिष्णु बहादुर बिष्ट नेतृत्वको एक टोलीले बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, वागमती प्रदेश कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सचिव डा। शरण कुमार पाण्डे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई हेटौंडामा भेटी बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रमा रासायनिक मलको अभावका कारण उत्पन्न समस्या समाधान गर्नको लागि आग्रह सहित छलफल गरेको छ । सोमबार भेटका क्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले थाहा नगरमा एकै सिजनमा तीन पटकसम्म तरकारी उत्पादन हुने भएकोले प्रदेश सरकारले निर्धारण गरेको कोटाले मात्रै नपुग्ने हुँदा मलको बितरण प्रणालीलाई पुनस् बिचार गर्न अनुरोध गर्नुभयो । यसैबिच ...
अनलाइन हिंसा भोग्नेमा ८८ प्रतिशत महिला पत्रकार

अनलाइन हिंसा भोग्नेमा ८८ प्रतिशत महिला पत्रकार

Breaking 3, ताजा समाचार
काठमाडौं । ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८.६ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८.६ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा २८१ जना सहभागीमध्ये ११६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख छ । सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहेको बताएका थिए भने २१।४ प्रतिशतले अनलाइनबाट सुरु भएको हिं...
मकवानपुर १ ( क) मा छिन्तु फराकिलो मतान्तरले बिजयी

मकवानपुर १ ( क) मा छिन्तु फराकिलो मतान्तरले बिजयी

Breaking 3, ताजा समाचार, प्रदेश, राजनीति, स्थानीय
हेटौंडा । नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी (छिन्तु) फराकिलो मत अन्तर सहित प्रदेशसभा मकवानपुर १ (क) बाट निर्वाचित भएका छन् । १९ हजार सातसय १९ मतका साथ उनी विजयी भएका हुन् । बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पुलामीसँग नेकपा एमालेका कमल विष्ट चार हजार दुईसय ८७ मत अन्तरले पारजित भए । विष्टले १५ हजार चार सय ३३ मत प्राप्त गरे । साथै राप्रपाका उम्मेदवार सागर थापाले सात हजार सातसय दुई मत प्राप्त गरे । पुलामी २०७४ मा यसै क्षेत्रबाट जितेका थिए । नेकपा एमालेसँगको गठबन्धबाट विजयी भएका उनले नेपाली कांग्रेस धर्मराज लामिछानेलाई पराजित गरेका थिए । उनी २०६४ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचत भएका थिए । बिगत ३० वर्षदेखि निरन्तर कम्युनिष्ट राजनीतिमा रहेका पुलामी जनयुद्धको समयमा दश वर्ष भूमिगत राजनीति गरेका थिए । उनी जनयुद्...