Breaking 2

बिषालु च्याउ खाएर एकै परिवारको ५ जना घम्भिर बिरामी

बिषालु च्याउ खाएर एकै परिवारको ५ जना घम्भिर बिरामी

Breaking 2, ताजा समाचार, स्थानीय
१८ असार २०८०, सोमबार मकवानपुर , बिषालु च्याउ खाएर एकै परिवारका ५ जना घम्भिर बिरामी भएका छन।बाग्मती गाउँपालिका वडा न.७ धन्साही निवासी बर्ष ४५ को रेशम बि.क.को परिवारनै बिषालु च्याउ खाएर बिरामी परेका हुन। आज बिहान ११ बजे जङ्गलबाट ल्याएको च्याउ खाए पछि बिरामी भएको स्थानीय सम्सेर बि.क. ले जानकारी दिए। बिरामी बि.क. परिवार सबैलाई स्थानीय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि हेटौंडा लगिएको खबर प्राप्त भएको छ। ...
मकवानपुरको बागमतीमा एकैदिन ८ वटा पुल शिलान्यास

मकवानपुरको बागमतीमा एकैदिन ८ वटा पुल शिलान्यास

Breaking 2, ताजा समाचार, प्रदेश, स्थानीय
बागमती । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा एकैदिन ८ वटा पुलको शिलान्यास भएको छ । पालिकाको वडा नं. ३ मा रहेको लखन खहरेमा निर्माण हुन लागेको पुलको शिलान्यास भएको हो । बागमती प्रदेश सरकार र पालिकाको समपुरक बजेटबाट निर्माण हुन लागेको उक्त पुलको वडा नं. ३ का अध्यक्ष कमान सिं पाख्रिनले शिलान्यास गर्नुभयो । प्राविधिक लागत स्टिमेट १ करोड ९७ लाख ८१ हजार १ सय ६७ रुपैयाँ ०९ पैसा रहेकोमा निर्माण व्यवसायी श्रीभैरव निर्माण सेवा काठमाण्डौलाई १ करोड ७ लाख ८२ हजार २ सय ५७ रुपैयाँ ६२ पैसामा ठेक्का परेको पालिकाका सब इन्जिनियर राजेन्द्र बहादुर बोहराले जानकारी दिनु भयो । पालिका र निर्माण व्यवसायी संग यही फागुन १० गते भएको सम्झौता अनुसार ६÷६ मिटरको ६ वटा कल्बर्ट पुल, कज वे एउटा र ह्युमपाइप कल्बर्ट एउटा गरी जम्मा ८ वटा पुल निर्माण हुनेछन् । निर्माण कार्य आगामी असार मसान्त सम्ममा सम्पन्न गरिस...
बागमतीमा प्रथम सहिद लखन थापाको शालिकसहित पार्क निमार्ण गरिने

बागमतीमा प्रथम सहिद लखन थापाको शालिकसहित पार्क निमार्ण गरिने

Breaking 2, ताजा समाचार, स्थानीय
मकवानपुर । मकवानपुरको बागमतीमा नेपालको प्रथम सहिद लखन थापाको शालिक सहित लखन पार्क निमार्ण गरिने भएको छ । आज ४१ औं मगर स्थापना दिवसको अवसरमा पार्क निमार्णका लागि जग्गा अधिग्रहण गरिएको निमार्ण समिति संयोजक खड्कबहादुर पुलामीले जानकारी दिनुभयो । संयोजक पुलामीका अनुसार पालिकाको वडा नम्बर ७ मा रहेको लामिटार र मन्साईबीच भागको करिब २ बिगाह क्षेत्रफलमा पार्क निमार्ण गरिनेछ । उक्त पार्कमा सभाहल, पिकनिक क्षेत्र, गौतम बुद्ध र शिवको मूर्ति समेत स्थापना गरिने बताउनुभयो । पालिकामा पर्यटकिय क्षेत्र विस्तारका लागि पार्क निमार्ण गर्न लागिएको उहाँको भनाई छ । अहिले जग्गा अधिग्रहण गरिएको र चाँडै नै तीनै तहका सरकारसंग बजेटसहितको योजना पेश गरिने पुलामीले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद प्रेम बहादुर पुलामी (छिन्तु) ले आगामी आर्थिक वर्ष २०८०/०८१ म सांसद विकास कोष मार्फत शालिक र प...
राष्ट्रपति एमालेलाई दिन प्रचण्ड तयार तर प्रधानमन्त्रीमा पाँच वर्षका लागि लिखित सम्झाैता गर्नु पर्ने ।

राष्ट्रपति एमालेलाई दिन प्रचण्ड तयार तर प्रधानमन्त्रीमा पाँच वर्षका लागि लिखित सम्झाैता गर्नु पर्ने ।

Breaking 2, राजनीति
राष्ट्रपति चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्किने अवस्थामा पुगेकाे भए पनि सत्ता गठबन्धन जाेगिने सम्भावना अझै रहेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने लिखित सहमति गरे नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादी तयार रहेको बुझिएको छ । माओवादी केन्द्रले सरकार आफूले पाँच वर्ष चलाउन पाउने सुनिश्चित भए १० पुसको सहमतिमा फर्कन सक्ने आशय देखाएकाे छ । माओवादी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा २६ पुसमा गरेको सम्बोधनबाट झस्केको छ । सरकारले विश्वासको मत लिएको दिन अध्यक्ष ओलीले आफूले दुईपटक गरेको संसद विघटन ठीक थियो भनेपछि प्रधानमन्त्री प्रचण्ड झस्केका थिए । साढे दुई वर्षपछि पुन: ओली त्यही विघटनको बाटोमा जान सक्ने भन्दै प्रचण्डले एमालेलाई राष्ट्रपति दिन नचाहेको बताइन्छ । ...
दुधको मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको साथ

दुधको मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको साथ

Breaking 2, कृषि समाचार, ताजा समाचार, प्रदेश, स्थानीय
दुधको मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको सा हेटौंडा । संस्थागत रुपमा दुधको मूल्य बृद्धि गर्नका लागि केन्द्रीय दुग्ध सहकारी संघले सरकार संग गरेको माग प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले एैक्यबद्धता जनाएको छ । शुक्रबार मकवानपुर जिल्ला सहकारी संघले जारी गरेको प्रेस बिज्ञप्तीमा फागुन १ गते देखि लागुहुनेगरी दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त समय सिमाभित्र दूधको मूल्य बृद्धि गर्न आग्रह गरिएको छ । संघका अध्यक्ष हरि प्रसाद कंडेलद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा निर्धारित समयमा दुधको मूल्य बृद्धि नभएमा डेरी उद्योगीहरुको समन्वयमा दूधको मूल्य बृद्धिको घोषणा गरिने उल्लेख गरिएको छ । कडेंलले कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई दूधमा आत्मनिर्भर बनाउन दुधको मूल्य बढाउन पर्ने बताउनुभयो । उहाँले पशुपालन पेशामा युवाहरुलाई आकर्षित गरी बिदेश पलायन हुने अवस्थ...
हेटौंडाको हर्नामाडिमा बाघले बाख्रा मार्‍यो

हेटौंडाको हर्नामाडिमा बाघले बाख्रा मार्‍यो

Breaking 2, कृषि समाचार, ताजा समाचार, प्रदेश, स्थानीय
हेटौंडा । हेटौंडा उपमहनगरपालिका वडा नम्बर १८ स्थित हर्नामाडीको गुम्बाडाँडामा बाघले बाख्रा मारेको छ । आज राती स्थानीय हरिमाया मोेक्तानको घरमा रहेको २ वटा बाख्रा बाघले मारेको हो । ठुलोदमार प्रहरी चौकीका ईन्चार्ज एवं सई अर्जुृन प्रसाद देवकोटाका अनुसार मोक्तानको घरमा रहेको ३ वटा बाख्रामध्ये एउटा ब्याउने अवस्थामा रहेको र अर्को ठाडो पाठीलाई मारेको हो । बाख्रा मरेको प्रकृति हेर्दा बाघले नै मारेको आंशका रहेको सई देवकोटाको भनाई छ । मोक्तानले कृषक समूहबाट एकवर्ष अघि मात्रै बाख्रा खरिद गर्नुभएको हो । आर्थिक अवस्था कम्जोर रहेको उहाँको यस घटनाले झण्डै २५ हजार नोक्सान भएको छ । गाउँमा बाघ पसेको खबरले स्थानीय त्रसित बनेका छन् । स्थानीय रमेश सिलवालले केही समयअघि घर छेउमा बाघ देखिएपनि क्षति भने नपुर्‍याएको बताउनुभयो । पछिल्लो समयमा बनजंगलमा अत्याधिक झाडीहरु बढेकाले बन्यजन्तु गाउँ पस्न थालेको उहाँले...
प्रेस सेन्टर बागमतीले हेटौंडामा गर्यो नवनिर्वाचित मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

प्रेस सेन्टर बागमतीले हेटौंडामा गर्यो नवनिर्वाचित मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

Breaking 2, ताजा समाचार, प्रदेश, राजनीति, स्थानीय
  हेटौंडा १७ माघ। प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले बागमतीका नवनिर्वाचित मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सम्मान गरेको छ । समितिले प्रदेश राजधानी हेटौंडामा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मानसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । समितिले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवाराज दुलाललाई सफल कार्यकालको शुुभकामनासहित सम्मान गरेको हो । सोही अवसरमा समितिले अन्तरक्रिया पनि गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले समाजको सच्चा पहरेदारको रुपमा रहेका पत्रकारहरुको क्षमता विकास र मिडिया प्रवर्द्धनमा प्रदेश सरकार र आफुहरु प्रतिवद्ध रहेको बताए । उनले सञ्चारको विकास र संरक्षणमा प्रदेश सर...
आकाशधारामा स्तरीय सडक निर्माण गर्ने मेयर मीना लामाको प्रतिबद्धता

आकाशधारामा स्तरीय सडक निर्माण गर्ने मेयर मीना लामाको प्रतिबद्धता

Breaking 2, ताजा समाचार, प्रदेश, स्थानीय
हेटौंडा । हेटौंडा उपमहानगरपालिका १६ स्थित आकाशधारामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको कार्यक्रममा स्थानीयहरुले लालपूर्जा, खानेपानी, शिक्षा, स्वास्थ्य, विकास निर्माण र उपमहानगरपालिकाको सेवा प्रवाहका बारेमा जिज्ञासा राखेका थिए । तामाङ बाहुल्य रहेको यस बस्तीका बासिन्दाले लामो समयदेखि पहल गरेपनि आफुले हकभोग गरेको जमिनका लालपूर्जा पाउन सकेका छैन । त्यस्तै खानेपानी, शिक्षा र स्वास्थ्यको पनि समस्या रहेको छ ।स्थानीयहरुको जिज्ञासा सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले लालपूर्जा बितरणको पहल भइरहेको बताइन् । ‘संघीय सरकारले बितरण गर्ने भएकाले केही ढिलाई भएको हो, हामीले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेका छौं’, उनले भनिन्, ‘हामीले निर्वाचनको समयमा गरेको प्रतिबद्धता पुरा गर्न तयार छौं ।’ यस क्षेत्रमा स्तरीय सडक निर्माणको काम अघि बढाउन एक ...
हेटौंडा अस्पतालको स्वास्थ्य शिविरमा मानवसेवा आश्रमका १४९ जना विरामीले लिए सेवा

हेटौंडा अस्पतालको स्वास्थ्य शिविरमा मानवसेवा आश्रमका १४९ जना विरामीले लिए सेवा

Breaking 2, ताजा समाचार, प्रदेश, स्थानीय, स्वास्थ्य
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालले आज (शनिबार) हेटौंडा ९ लामसुरे ढापस्थित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको नेतृत्वमा भएको शिविरमा आश्रमका १ सय ४९ जना विरामीहरुको स्वास्थ्य जाँच गरिएको हो । शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग, मृगौला रोग , छाला रोग, हाडजोर्नी लगायत रोगहरुको उपचार सेवाका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा ८० जना महिला र ६९ जना पुरुषले स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका प्रमुख प्रशासकिय अधिकृत अमर अधिकारीले बताए । स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शान्ति कुमारी जोशी, एम.डि.जि.पि. डाक्टर घनश्याम साह, डाक्टर अमर यासिर, जनरल मेडिसिन डाक्टर श्याम कुमार साह र डाक्टर आयुषा...
हेटौंडामा लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया

हेटौंडामा लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया

Breaking 2, ताजा समाचार, प्रदेश, स्थानीय
हेटौंडा । हेटौंडामा बिहिवार लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर र फ्रि मिडिया नेटवर्कको संयृुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका सल्लाहकार एवं बरिष्ठ पत्रकार निर्मला शर्माले हरेक मानिसले आ आफ्नो दायित्व र कर्तव्य निर्वाह ग¥यौ भने कोहिमाथि पनि अन्याय, हिंसा नहुने जिकिर गर्नुभयो । प्रमुख अतिथी शर्माले महिलामाथि हुने हिंसाका घटनामा पिडितको पहिचान सकेसम्म गोप्य राख्ने जस्ता विषयमा सम्बन्धित निकाय जिम्मेवार रहनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले हिंसा न्यूनिकरणमा सबै निकायको भूमिका महत्वपूर्ण रहने र सबै क्षेत्र जिम्मेवार पनि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रा...