Breaking 1

अल विदा संविधान सभाध्यक्ष नेम्वाङ ।

अल विदा संविधान सभाध्यक्ष नेम्वाङ ।

Breaking 1, राजनीति, स्वास्थ्य
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ गए राति घरभित्रकै शौचालयमा बेहोस भेटिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्‍याएको उल्लेख छ । नेम्वाङका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेका अनुसार नेम्वाङमा सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । तर गए राति अचानक हृदयघात हुन पुगेको हो । अस्पताल पुर्‍याउने वित्तिक्कै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था जाँच ...
मकवानपुरमा काङ्ग्रेस सभापति सहित २१ जना माआेवादीमा प्रवेश

मकवानपुरमा काङ्ग्रेस सभापति सहित २१ जना माआेवादीमा प्रवेश

Breaking 1, राजनीति, स्थानीय
बागमती सन्देश बागमती, मकवानपुर । मकवानपुरमा कङ्ग्रेस वडा सभापति सहित विभिन्न पार्टी परित्याग गरी २१ जना नेता  कार्यकर्ता नेकपा माआेवादी केन्द्रमा प्रवेश गरेका छन । हिजाे बागमती -३ स्थित जनतासँग माआेवादी विशेष रुपान्तरण अभियानलाई उदघाटन गर्दै अभियानका ३ नं. संयोजक तथा बामगती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिनले उनिहरुलाई प्रवेश गराईएका हुन । यसरी पार्टी प्रवेश हुनेहरुमा नेपाली काँग्रेसका ३ नं. पुर्व सभापती विजय जिम्बा, ने. का. वडा सदस्य उम्मेदवार राम बहादुर माझी, काङ्ग्रेसबाट उमेश बोम्जन, प्रेम लोप्चन, पन्चलाल लोप्चन, विज्ञान माझी र नेकपा एमालेबाट, अकल बहादुर स्याङ्तान, शन्देश गोले, कमल माझी, हिरालाल घलान, मङगल बहादुर जिम्बा, जित बहादुर योन्जन, बुद्धि बहादुर जिम्बा लगायत २१ जना रहेका छन । पार्टी प्रवेश गराउदै यस अभियानका संयाेजक एवम् बागमती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिन...
किरात देवास राई समाजले  १९ औं स्थापना दिवस मनाउदै  

किरात देवास राई समाजले  १९ औं स्थापना दिवस मनाउदै  

Breaking 1, ताजा समाचार
काठमाडौं, किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिले १९ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ l स्थापना दिवस यही भाद्र १६ गते शनिबारका दिन किरात राई यायोक्खाको केन्द्रीय समितिको कार्यालय कोटेश्वर, काठमाडौंको सुम्मिना हलमा हुने समाजका केन्द्रीय अध्यक्ष आशमान राईले जानकारी गराउनु भयो l कार्यक्रम  बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता हुने अध्यक्ष राईले बताउनु भयो l आफ्नो भाषा ,कला, संस्कृतिको  अध्ययन अनुसन्धान एवम् संरक्षण तथा जातीय उत्थान र विकास गर्ने उदेश्यले स्थापित यस संस्थाको स्थापना दिवस विविध कार्यक्रमहरू गर्दै मनाउदै आइरहेको समाजका अध्यक्ष राईले बताउनु भयो ।   पृथ्वीनारायण शाहको एकिकरण पूर्व कालखण्डमा पाल्पाका राजा मुकुन्द सेनले राईहरूको बहादुरीता संग सम्झौता गर्दै राईहरूको सहयोगमा पाल्पा र...
“जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” मा जुटे हेटौंडामा माओवादी

“जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” मा जुटे हेटौंडामा माओवादी

Breaking 1, राजनीति, स्थानीय
  मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटि पार्टी सुदृढिकरणकालागि संघीय कमिटिको निर्देशन अनुसार तीन महिने विशेष अभियानमा जुटेको छ । पार्टी केन्द्रले निर्देशित गरेको “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” मा उनीहरु जुटेका हुन् । शनिबार हेटौंडामा बसेको हेटौंडा उपमहानगर कमिटिको पूर्ण बैठकले यसबारेमा विशेष तयारी अघि बढाइएको उपमहानगर कमिटिका अध्यक्ष तिर्थ थापा मगरले जानकारी दिएका छन् । बैठकमा बोल्दै बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हाल पछिल्लो समयमा कार्यकर्तामा निराशा छाइरहेको पाइएकाले सकृयता र सशक्तता बढाउन अभियान अघि बढाइएको बताएकी छन् । नीजि स्र्वाभन्दा माथि उठेर परिवर्तनलाई बचाउँदै सकृय रुपमा अभियानमा जुट्न उनले हेटौंडा उपमहानगर अन्तर्गतका पार्टी पङ्तीलाई निर्देशन दिएकी छन् । माओवादी पार्टीलाई २०८४ मा २०६४ को अवस्थामा पु...
नगरस्तरिय चित्रकला प्रतियोगितामा बिपिका गौतम प्रथम ।

नगरस्तरिय चित्रकला प्रतियोगितामा बिपिका गौतम प्रथम ।

Breaking 1
हेटौंडा :- बालबालिकाहरुको नगरस्तरिय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नं ७ का बालिका बिपिका गौतम प्रथम हुनुभएको छ । शनिबार आज नगरस्तरिय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको नगरस्तरिय चित्रकला प्रतियोगितामा सहभागी १८ जना प्रतियोगिलाई उछिन्दै गौतम प्रथम हुनुभएको हो । प्रथम भएसङ्गै गौतमले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै प्रतियोगितामा हेटौंडा-२ का बालिका स्वस्ती शाक्य दोश्रो भई नगद १ हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै प्रतियोगितामा हेटौंडा-१३ का बालक समीर गोले तृतीय भई नगद १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै प्रतियोगितामा हेटौंडा-६ का बालक सुरज श्रेष्ठ सान्त्वना भई नगद पाँच सय रुपैयाँ प्राप्त गर्नुभएको छ । बाल अधिकार विषयमा भएको नगरस्तरिय चित्रकला प्रतियोगितामा चित्रकार सुर्य...
त्रिशूलीमा बस खस्दा ८ काे मृत्यु, ८ घाईते ।

त्रिशूलीमा बस खस्दा ८ काे मृत्यु, ८ घाईते ।

Breaking 1, ताजा समाचार
धादिङ, ०६ भदाै । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले बताए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ : डि एस पी जयसवालले बताए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।...
मकवानपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

मकवानपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

Breaking 1, स्थानीय, स्वास्थ्य
हेटौंडा : मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु भएको छ। आइतबार अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाई मृत्यु भएको भनेर स्थानीयवासीले खबर गरेपछि स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा प्रहरी गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।     अन्नपुर्ण पाेष्टबाट...
‘अनिश्चितकालका लागि स्थगित’ बागमती प्रदेश सभा अन्योलमा ।

‘अनिश्चितकालका लागि स्थगित’ बागमती प्रदेश सभा अन्योलमा ।

Breaking 1, ताजा समाचार, प्रदेश
हेटाैंडा, मकवानपुर ।  बागमती प्रदेश सभा बैठक ४५ दिन बितिसक्दा पनि बस्न सकेको छैन । यसअघि २१ असारमा चालू आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न प्रदेश सभा बैठक बसेको थियो । त्यसयता ‘अनिश्चितकालका लागि स्थगित’ भनिएको प्रदेश सभा बैठक बस्न सकेको छैन । सरकारले पर्याप्त बिजनेस दिन नसक्दा सदन प्रभावहीन देखिएको छ । प्रदेश सभाले अहिलेसम्म मिनी संसद्को रूपमा लिइने संसदीय समितिको सभापति चयन गर्न सकेको छैन । महिनौसम्म बैठक नबस्दा प्रदेशलाई आवश्यक पर्ने ऐन–कानुनको निर्माणमा समेत प्रभाव परेको छ । " मुख्यमन्त्री शालिकराम जम्कट्टेल भन्छन्– भदौमा संसदीय समितिलाई पूर्णता दिन्छौँ ,, संसदीय समितिको संख्या थोरै र आकांक्षा धेरै हुँदा समितिको सभापति चयनमा ढिलाइ भएको छ । सत्ता साझेदार दलहरूभित्रै पनि कसलाई समितिको सभापति बनाउने भन्ने समस्या छ । साथीहरू छलफलमै हुनुहुन्छ । भदौभित्र सम्पूर्ण समितिको सभापति चयन प...
पाइप लाइनबाट घरघरमा ग्यास ।

पाइप लाइनबाट घरघरमा ग्यास ।

Breaking 1, अर्थ / बाणिज्य, कृषि समाचार, बिज्ञान प्रबिधि
१ भदाै, कैलाली: कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उहाँको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । ‘नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो’, चौधरीले भने, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।’ टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताए । ‘दाउराको भरमा खाना पकाउन समस्य...
मकवानपुरमा एमसिसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू

मकवानपुरमा एमसिसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू

Breaking 1, अर्थ / बाणिज्य, ताजा समाचार, बिज्ञान प्रबिधि
१ भदौ, मकवानपुर । अमेरिकी सहयोग सम्झौता एमसिसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसिए –नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू गरेको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसन देखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप–महानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जानकारी दिएको छ। सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ । यसअघि नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा जग्ग...