1win Turkiye

मुख्यमन्त्री लामा र नेपालका लागि स्वीस सरकारका राजदुत म्युलीबीच शिष्टाचार भेटवार्ता

मुख्यमन्त्री लामा र नेपालका लागि स्वीस सरकारका राजदुत म्युलीबीच शिष्टाचार भेटवार्ता

1win Brazil, 1win India, 1WIN Official In Russia, 1win Turkiye, Breaking 1, Breaking 2, अन्तर्राष्ट्रिय, ताजा समाचार, प्रदेश
मकवानपुरः बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र नेपालका लागि स्वीस सरकारका महामहिम राजदुत डा.डेनियल म्युलीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटघाटको क्रममा स्वीस सरकारको सहयोगमा हाल बागमती प्रदेशभित्र कार्यन्वयनमा रहेका परियोजना तथा स्थानीय तहमा राजस्व वृद्धि गर्ने नँया परियोजनाको विषयमा छलफल मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा.म्युलीले स्विजरल्याण्ड सरकार, नेपालको आर्थिक विकासमा स्वीज लगानी भित्र्याउने बिषयमा सकारात्मक पहल भईरहेको र त्यसका लागि लगानीमैत्री वाताबरण निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्नुभएको थियो । द्विपक्षीय भेटका क्रममा स्वीज सरकारले बागमती प्रदेशको विकासमा गरेको लगानीको प्रसंसा गर्दै, प्रदेशमा लगानीमैत्री वातावरण निर्माणमा आफू निरन्तर लागि परेको बताउनु भयो । उक्त भेटघाटले स्वीज सरकार र बागमती प्रदेश सरकार बीचको परस्पर सम्बन्धबाट आपसी सहयोगको वा...
रौतहटमा जीप दुर्घनाः ८ जनाको मृत्यु

रौतहटमा जीप दुर्घनाः ८ जनाको मृत्यु

1win Brazil, 1win India, 1WIN Official In Russia, 1win Turkiye, Breaking 1, Breaking 2, ताजा समाचार, प्रदेश
मकवानपुरः रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा परेको हो । दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जीप पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर ४ मा आइपुग्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा रहेका आठ जनाको घटनास्थलमै ज्यान गएको र पाँच जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।...
स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति छैनः मन्त्री थापा

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति छैनः मन्त्री थापा

1win Brazil, 1win India, 1WIN Official In Russia, 1win Turkiye, Breaking 1, Breaking 2, ताजा समाचार, प्रदेश, स्वास्थ्य
हेटौंडाः बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नभएको बताउनुभएको छ । सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालद्वारा आयोजित १ वर्षे एनेस्थेसिया टेक्निसियन तालिमको प्रमाणपत्र वितरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री थापाले दक्ष जनशक्ति बिना उपकरण खरिद गरी थन्काएको भन्दै अख्तियारमा उजुरी पर्ने गरेको बताउनुभयो । यस्तै एक सय १९ पालिकामा आधारभूत अस्पताल बनिरहेको जानकारी दिनुहुँदै कतिपय पालिकामा दक्ष जनशक्ति नहुँदा ती अस्पतालहरु व्यवस्थित रुपमा संचालन हुन नसकेको उहाँले बताउनुभयो । ७ प्रदेशमध्ये बागमती प्रदेशकै प्रादेशिक अस्पताल उत्कृष्ट रहेकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण संस्थान सुरु गर्न प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिनुभयो । जुन प्रदेश सरकारको गौरवको आयोजना भएकाले व्यवस्...
पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका सारुको उम्मेदवारी

पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका सारुको उम्मेदवारी

1win Brazil, 1win India, 1WIN Official In Russia, 1win Turkiye, Breaking 1, Breaking 2, ताजा समाचार, प्रदेश
मकवानपुरः आगामी मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा मकवानपुर पत्रकार कृष्ण सारु मगरले आफ्नो आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आइतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै मगरले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको दोस्रो कार्यकाल महासचिव पदमा रहेका सारुले १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आगामी कार्यकालका लागि प्रदेश अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सार्वजनिक गरिएको प्रतिबद्धताका बुँदामा पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने, पत्रकारहरुको स्वास्थ्य बीमा, स्वास्थ्य परीक्षण, पत्रकारिता अध्ययनमा छात्रबृत्ति, स्वरोजगारमुलक मिडियाको प्रवद्र्धन लगायत समावेश छ । त्यस्तै, महासंघ बागती प्रदेश समितिको भवन निर्माण, प्रदेशका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल, महिला पत्रकार प्रोत्साहन, अग्रज पत्रक...
आज र भोलि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज र भोलि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

1win Brazil, 1win India, 1WIN Official In Russia, 1win Turkiye, Breaking 1, Breaking 2, ताजा समाचार, प्रदेश
मकवानपुरः आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकादेखि मौसम बदली हुने सम्भावना छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बेलुकादेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कणर्ाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । साथै सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम बदली, हल्का वर्षा र हिमपातको असरले तापक्रम थप घट्ने र ...
उच्च अदालत बार हेटौंडाको सभाहल उद्धघाटन

उच्च अदालत बार हेटौंडाको सभाहल उद्धघाटन

1win Brazil, 1win India, 1WIN Official In Russia, 1win Turkiye, ताजा समाचार, प्रदेश, स्थानीय
  हेटौंडा/उच्च अदालत बार एशोसियशन हेटौंडाको नवनिर्मित सभाहल उद्धघाटन गरिएको छ । शनिबार एक समारोहकाबीच नेपाल बार एशोसियशनका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उद्धघाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी घिमिरेले निकै मेहेनतबाट सभाहल निमार्ण गर्न सफल भएकोमा बार हेटौंडालाई धन्यबाद व्यक्त गर्नुभयो । साथै उहाँले सभाहलको थप स्तरोन्नतीका लागि व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग दिने समेत प्रतिवद्धता जनाउनुभयो । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बागमती प्रदेशबाट बिनियोजित २० लाख बजेटबाट सभाहल निमार्ण गरिएको बार हेटौंडाका अध्यक्ष अरुण कुमार खतिवडाले जानकारी दिनुभयो । बारको आफ्नै भवन भएतापनि सभाहल नहुँदा बैठक तथा कार्यक्रम गर्न समस्या भएको र अब उक्त समस्याबाट राहत मिलेको उहाँले बताउनुभयो । सभाहल निर्माण गर्न सहयोग गरेकोमा बागमती प्...