
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ६३ जना शिक्षकहरू घाइते
मकवानपुर: आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। २६ दिनदेखि काठमाण्डौको माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । शिक्षकहरूले हिजो पनि निषेधित क्षेत्र तोड्न खोजेका थिए । तर प्रहरीले रोकेपछि धेरै जबरजस्ती गरेका थिएनन् । तर आज शिक्षकहरूले जबरजस्ती गरेपछि झडप भएको हो । शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ । प्रहरीमाथि शिक्षकहरूले ढुङ्गामुढासमेत गरेका छन् । यस्तै केही प्रहरीको लाठी चार्जबाट ६३ जना शिक्षकहरू घाइते भएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गएको चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा विधेयक…