विज्ञान प्रविधि

‘ह्रस्व दीर्घ’ टिजर रिलिजपछि अन्तर्राष्ट्रिय मागमा बृद्धि, जापानका १४ शहरमा सोल्ड आउट

‘ह्रस्व दीर्घ’ टिजर रिलिजपछि अन्तर्राष्ट्रिय मागमा बृद्धि, जापानका १४ शहरमा सोल्ड आउट

मनोरञ्जन, रोचक, विज्ञान प्रविधि
नेपाल र भारतका चर्चित कलाकारहरूको अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा यसको माग उल्लेखनीय रूपमा बढेको छ। नेपालमा आगामी कार्तिक ३० गते प्रदर्शनका लागि तयार भएको यो चलचित्र जापानका प्रमुख १४ शहरहरूमा सोल्ड आउट भइसकेको छ। यी शहरहरूमा टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, र ओकिनावा प्रमुख छन्। जापानका लागि प्रदर्शन अधिकार बीटीकेएस इन्टरटेन्मेन्टले लिएको छ। चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका छन्, जसको यो पहिलो निर्देशन हो। चन्द्र पन्तले भोजपुरी चलचित्रमा निर्देशन अनुभव सँगालिसकेका छन् भने द्वन्द्व निर्देशनमा पनि विशेष पहिचान बनाएका छन्। ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम र सुनील वर्माको साथै नेपाली कलाकारहरू हरिहर अधिकारी, नीता ढुंगाना, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सर...
बागमती-३ स्थित नवनिर्मित गढन-सागवीर झाेलुङ्गे पुलकाे उदघाटन

बागमती-३ स्थित नवनिर्मित गढन-सागवीर झाेलुङ्गे पुलकाे उदघाटन

Breaking 1, Breaking 2, Breaking 3, विज्ञान प्रविधि, स्थानीय
बागमती, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–३ गढन स्थित चिरुवा खाेलामाथि नवनिर्मित झोलुङ्गे पुलकाे एक कार्यक्रमका साथ उद्घाटन गरिएकाे छ । आज बुधवार बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानद्वारा संयुक्त रुपमा नवनिर्मित गढन-सागवीर जाेडने झाेलुङ्गे पुलकाे उद्घाटन गर्नु भएकाे हाे ।             उदघाटन कार्यक्रमलाई सम्वाेधन गर्दै  प्रमुख अतिथि एवम् बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामीले समयमै पुल सम्पन्न भएकाेमा सराेकारवाला सबैलाई धन्यबाद दिदै स्थानियलाई पुल बाटै आवत-जावत गर्न आग्रह गर्नु भएकाे थियाे । साथै यस्ता पुलहरु धेरै निर्माण गर्नु छ, हामी जस्ता निर्वाचित जनप्रतिनिधिहरु विकास निर्माणका कार्य एवम् नीति नियम तथा कानुन निर्माण गर्नुपर्ने बेलामा सरकार ढाल्ने र ठड्याउने खेलमा लागेकाे र त्यस...
गाउँपालिका र प्रधानाध्यापकहरु बीच कार्यसम्पादन पत्रमा सम्झौता

गाउँपालिका र प्रधानाध्यापकहरु बीच कार्यसम्पादन पत्रमा सम्झौता

Breaking 1, विज्ञान प्रविधि, शिक्षा
बागमती, मकवानपुर : पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा पालिका र प्रधानाध्यापकहरु बीच कार्यसम्पादन-पत्रमा सम्झौता भएको छ । आइतबार पालिकाकाे सभा हलमा भएकाे एक कार्यक्रमका बीच पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र प्रधानाध्यापकहरुबीच उक्त पत्रमा सम्झौता भएको हो । पालिकाभित्रका सामुदायिक विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धी सुधारका लागि उक्त सम्झौता गरेको पालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो । सम्झौता पत्रमा विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक उपलब्धिमा सुधारका लागि विद्यालयको दूरदृष्टिसहितको गुरुयोजना निर्माण गर्ने र सोको आधारमा पाँच वर्षे विद्यालय सुधार योजना चालु शैक्षिक सत्रमा निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।           यस्तै विद्यालय सेवा क्षेत्र भित्रका ५ देखि ९ वर्षसम्मका सबै बालवालिकालाई विद...
कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

Breaking 1, ताजा समाचार, विज्ञान प्रविधि
आश्विन शुक्ल पूर्णिमा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ।यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ।चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद प्रा. डा. रामचन्द्र गौतमले बताए।  ...
पाइप लाइनबाट घरघरमा ग्यास ।

पाइप लाइनबाट घरघरमा ग्यास ।

Breaking 1, अर्थ / वाणिज्य, कृषि समाचार, विज्ञान प्रविधि
१ भदाै, कैलाली: कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उहाँको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । ‘नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो’, चौधरीले भने, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।’ टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताए । ‘दाउराको भरमा खाना पकाउन समस्य...
मकवानपुरमा एमसिसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू

मकवानपुरमा एमसिसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू

Breaking 1, अर्थ / वाणिज्य, ताजा समाचार, विज्ञान प्रविधि
१ भदौ, मकवानपुर । अमेरिकी सहयोग सम्झौता एमसिसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसिए –नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू गरेको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसन देखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप–महानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जानकारी दिएको छ। सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ । यसअघि नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा जग्ग...
गुगलको फोनमा टेलिकमको ई–सिम हाल्दा समस्या

गुगलको फोनमा टेलिकमको ई–सिम हाल्दा समस्या

ताजा समाचार, विज्ञान प्रविधि
काठमाडौं । नेपाल टेलिकमले वितरण थालेको ई–सिमले केही मोबाइलहरुमा समस्या देखाएको छ । ३१ भदौदेखि टेलिकमले ई–सिम वितरण थालेको थियो । तर, कतिपय कम्पनीका सेटमा ई–सिम इन्स्टल गर्दा सेटमा नै भौतिक सिम समेत नचल्ने र फोनको अपरेटिङ सिस्टम नै बिग्रने समस्या देखिएको छ । यस्ता समस्या देखिएका मोबाइल सेटमा आईएमईआई नम्बर नै देखिएको छैन । टेलिकमको ई सिमका लागि क्यूआर स्क्यान गरेपछि फोनमै समस्या देखिएपछि धेरै सेवाग्राही मर्कामा परेका छन् । यो कस्तो समस्या हो भन्ने नेपाल टेकिलमले पनि पत्ता लगाउन सकेको छैन । टेलिकमका प्रवक्ता शोभन अधिकारी गुगल पिक्सेल ६ फोनमा यस्तो समस्या देखिएको बताउँछन् । ‘हामीले यो समस्या समाधानका लागि प्रयास थालेका छौं,’ उनले भने, ‘गुगलको एउटा मोडलमा यस्तो समस्या देखिएको छ ।’ कतिपय सेटमा ई–सिम सपोर्ट नगर्ने समस्या पनि देखिएको छ । ई–सिमको सफ्टवेयरले डिभाइस नै ‘करप्ट’ हुने समस...