रोचक

माआेवादी निकट जनकलाकार सँघकाे केन्द्रीय अध्यक्षमा कठायत निर्वाचित

माआेवादी निकट जनकलाकार सँघकाे केन्द्रीय अध्यक्षमा कठायत निर्वाचित

Breaking 1, मनोरञ्जन, रोचक
जेष्ठ ५, काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघ नेपालका आंगिक संगठन जनकलाकार संघ नेपालकाे केन्द्रीय अध्यक्षमा शान्ती कठायत सर्वसम्मत निर्वाचित भएका छन । नेकपा माआेवादी केन्द्रकाे केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडा, काठमाण्डाैमा शनिबार सम्पन्न जनकलाकार संघ नेपालकाे तेस्रो सम्मेलनले कठायतको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रिय कमिटि सर्वसम्मत चयन गरिएको हो ।         केन्द्रिय कमिटिको उपाध्यक्षमा गेम थापा, शारदा लिम्बू र अमर राेका महासचिवमा शारदा धर्ती, उप-महासचिवमा बालकृष्ण भलामी, सचिवमा दिपक राई र राम परियार, काेषाध्यक्षमा चन्द्रा बस्नेत लगाएत ६७ सदस्यीय केन्द्रीय कमिटी सम्मेलनबाट चयन भएको हो ।         जनसाँस्कृतिक महासँघले यसै अन्तर्गतका आंगिक संगठन  जनकलाकार, लेखक, ललितकला, चलचित...
रिपोटर्स क्लब नेपाल मकवानपुरको अध्यक्षमा पुडासैनी

रिपोटर्स क्लब नेपाल मकवानपुरको अध्यक्षमा पुडासैनी

Breaking 2, रोचक, स्थानीय
मकवानपुर । रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको अध्यक्षमा क्रियाशील पत्रकार बलराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा आज हेटौंडामा भएको सर्वपक्षीय भेलाले पुडासैनीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा सरोज पौडेल र सहसचिवमा मनिल महतो चुनिएका छन् । त्यस्तै सदस्यहरुमा मन्जु मैनाली, स्मिता अर्याल, अशोक बजगाईँ र बाशुदेव विष्ट चुनिएका छन् । केन्द्रीय अध्यक्ष धमलाले क्लबका अध्यक्ष पुडासैनीसहित सिंगो कार्यसमितिलाई बधाई दिँदै निश्पक्ष पत्रकारितामार्फत् समाज रुपान्तरणका लागि अहोरात्र लागिपर्न आग्रह गरे । त्यस्तै अध्यक्ष पुडासैनीले संस्थागत गरिमालाई अझै उचाइमा पुर्याउँदै सत्यतथ्य एवम् निश्पक्ष पत्रकारिताका लागि क्लबको भूमिका अझै प्रभावकारी बनाउने प्रतिवद्धता व्य...
दशै‌काे ऋण तिर्ण सुनको कण खोज्न त्रिशूली किनारा तर्फ लागे बोटेहरू

दशै‌काे ऋण तिर्ण सुनको कण खोज्न त्रिशूली किनारा तर्फ लागे बोटेहरू

ताजा समाचार, रोचक
तनहुँ – दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस-चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’ पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रह...
कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण

कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण

ताजा समाचार, रोचक
काठमाडौं । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उहाँले सुनाउनुभयो । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ । शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता...