मनोरञ्जन

<strong>मंसिर २२ मा हेटौँडामा गुञ्जिँदै नेपथ्य</strong>

मंसिर २२ मा हेटौँडामा गुञ्जिँदै नेपथ्य

ताजा समाचार, प्रदेश, मनोरञ्जन, स्थानीय
हेटौँडा। मकवानपुरको हेटौँडास्थित भुटनदेवी चौरमा आउँदो मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्टमा हेटौडाबासीले संगीतको मजा लिने मात्रै होइन एकसाथ मानवीय सेवा पनि गर्न पाउने सुनौलो अबसर जुरेको छ । जुन ठाउँमा मानवसेवा आश्रमको केन्द्रिय कार्यालय समेत रहेको छ । अघिपछिका कन्सर्टहरुमा टिकटको शुल्क सिधै आयोजकमा जान्थ्यो तर यो पटकको टिकट मानवीय सेवामा पनि लगानी हुने भएकाले दर्शकहरुलाई एक साथ रमाइलो पनि हेर्न पाइने र समाज सेवा पनि गर्न सकिने दोहोरो फाइदा मिल्नेछ ।   हेटौडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ उक्त दिन आयोजना गरिएको ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक/रक गीतहरु प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको तयारी तिब्र भएको र टिकट विक्री थालिएको मानवसेवा आश्रम हेटौँडाले जनाएको छ । ...
हेटौंडामा सिस्नुपानीको हास्यव्यङ्ग्यमय देउसी–भैलो

हेटौंडामा सिस्नुपानीको हास्यव्यङ्ग्यमय देउसी–भैलो

Breaking 1, ताजा समाचार, प्रदेश, मनोरञ्जन, स्थानीय
हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यमय देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । शनिबार हेटौंडामा भएको सो कार्यक्रम २ सय बढी दर्शकहरूमाझ सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न प्यारोडी गीतहरूका साथै हास्यव्यङ्ग्यमय भजन, प्रवचन आदिमार्फत् वेथितिमाथि व्यङ्ग्य प्रहार गरिएको थियो । वरीष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालद्वारा शङ्खनाद गरी शुरु भएको सो कार्यक्रम क्लब हेटौंडामा सञ्चालन भएको हो । संस्थाका अध्यक्ष राजकुमार लामिछानेले विभिन्न व्यक्तीहरूलाई कार्यक्रममा आमन्त्रण गरी उठबस गराइरहन उचित नदेखिएकोले आशन ग्रहणको कार्यक्रम नराखिएको बताउँदा दर्शक दीर्घामा खुशी देखिएको थियो । कार्यक्रम सकिने बेलासम्म आशन गराउने परम्परालाई तोड्दै जुन उद्देश्यका लागि कार्यक्रम तय गरिएको हो, त्यो नै पूरा गर्नुमा जोड दिइएको उहाँले बताउनु भयो । कार्यक्रममा हास्यव्यङ्ग्यमय भजन गायन गरेका ...
चुनावी तयारीको कारण देखाउदै पल शाहको पेशी स्थगित

चुनावी तयारीको कारण देखाउदै पल शाहको पेशी स्थगित

ताजा समाचार, मनोरञ्जन
तनहुँ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधवारका लागि तोकिएको पेसी स्थगित भएको हो । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको तयारीका कारण शाहविरुद्धको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाइ स्थगित भएको हो । जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिएका छन् । चुनावका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष...
‘हिजो आजका कुरा’ टिम हेटौंडामा, चलचित्र २८ गते प्रर्दशन हुदैं

‘हिजो आजका कुरा’ टिम हेटौंडामा, चलचित्र २८ गते प्रर्दशन हुदैं

मनोरञ्जन
असोज १४ गते, हेटौंडा । नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘हिजो आजका कुरा’मार्फत राम्रो परिचय बनाएका अभिनेता तथा निर्देशक सन्तोष पन्त सहित कलाकारहरु हेटौंडामा आएका छन् । टेलिशृंखलामा चर्चित भएको नामाबाट नै ठुलो पर्दामा निमार्ण गरिएको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रचार प्रसारका क्रममा हेटौंडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आएका हुन् । निर्माता निर्देशक साकार पन्त, कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा, विनय कुँइकेल, जेविका कार्की, अनुष्का अधिकारी,दिव्य देव पन्त आएका हुन् । एनएस सिनेमा हलमा आएका कलाकारहरुलाई सिनेमाका सञ्चालक कैलाश ढकालले स्वागत गरेका थिए ।कलाकारहरुलाई एनएस सिनेमा हलमा अचानक भेट्न पाउदा चलचित्र हेर्न आएका दर्शकहरु खुसी व्यक्त गर्दै फोटो खिच्न व्यस्त भएका थिए । दर्शकहरुसंग कुरा गर्दै कलाकारहले यही असोज २८ गते प्रर्दशन हुन लागेको र ...
‘मिसेस नेपाल पिस-२०२२’ को उपाधि हिना शुक्लालाई

‘मिसेस नेपाल पिस-२०२२’ को उपाधि हिना शुक्लालाई

ताजा समाचार, मनोरञ्जन
काठमाडौं । ‘मिसेस नेपाल पिस-२०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फस्ट रनरअप रीमा खड्का, सेकेन्ड रनरअप सुविना शाक्य, थर्ड रनरअप सीमा सर्राफ र फोर्थ रनर अप रेश्मा पुरी घोषित भए । अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाइ सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निणर्ायक थिए । महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्यूनीकरणमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक एमी इन्टरटेनमेन्टका एमी रौनियारले बताए । प्रतियोगितामा उमेर, विवाहित, डिभोर्सी, तौल र उचाइको कुनै पनि मापदण्ड राखिएको थिएन । ...
बोर्डलाई चलचित्र संघको चेतावनी : व्यवसायमा बाधा भयो, संघर्षमा उत्रिन बाध्य नपार

बोर्डलाई चलचित्र संघको चेतावनी : व्यवसायमा बाधा भयो, संघर्षमा उत्रिन बाध्य नपार

Breaking 1, ताजा समाचार, मनोरञ्जन, शिक्षा
पुर्‍याएको भन्दै विरोध जनाएको छ । शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै सिनेमा हल व्यवसायीलाई समाप्त पार्ने नियतमा बोर्ड लागेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र संघको अस्तित्वलाई नस्वीकार्ने, सीमित व्यक्तिहरुको घेराबन्दीमा रही व्यक्तिवादी निर्णय गर्ने, सेन्सर सिफारिसमा आलटाल गर्ने विनाकारण रात्रि शो बन्द गराउने, कर्मचारीहरुद्वारा हाम्रा सदस्यहरुलाई धम्की दिने र अनेक बहानामा दुःख दिने जस्ता कार्यहरु तत्काल रोकी सहमति र सहकार्यमा अगाडि बढ्न आग्रह गर्दछौं ।’संघले आफूहरुको आग्रहलाई नस्वीकारे कडा संघर्षमा उत्रिने समेत चेतावनी दिएको छ । संघले भनेको छ, ‘यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जवाफदेही स्वयं चलचित्र विकास बोर्डको नेतृत्व वर्ग हुनेछ ।’ ...