प्रदेश

पोखरामा प्याराग्लाइडिङ गर्दैगर्दा खसेर सेनाका खेलाडीको मृत्यु

पोखरामा प्याराग्लाइडिङ गर्दैगर्दा खसेर सेनाका खेलाडीको मृत्यु

खेलकुद, ताजा समाचार, प्रदेश
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। पोखरा–१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी तिवारीले बताए।...
भीमफेदीमा सत्ता गठबन्धनको प्रचारप्रसार कार्यालयको उद्घाटन

भीमफेदीमा सत्ता गठबन्धनको प्रचारप्रसार कार्यालयको उद्घाटन

Breaking 3, ताजा समाचार, प्रदेश, राजनीति, स्थानीय
भीमफेदी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रचारप्रसारका क्रममा सत्ता गठबन्धनको भीमफेदी गाँउपालिका स्तरीय संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संयुक्त रुपमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं. २ का उम्मेद्वार खतिवडाले संबिधानको रक्षा गर्नकालागि गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनुपर्ने बताए । नेकपा (माओबादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले मकवानपुर जिल्लाको समान...
तोकिएको दर भन्दा बढी भाडा लिने ५ जना नियन्त्रणमा

तोकिएको दर भन्दा बढी भाडा लिने ५ जना नियन्त्रणमा

ताजा समाचार, प्रदेश, स्थानीय
हेटौंडा । मकवानपुर प्रहरीले तोकिएको दरभन्दा बढी भाडा लिने पाँच जनालाई पक्राउ गरेको छ । बिहिबार प्रहरीले हेटौंडा २ पुरानो मकवानपुर रोडस्थित सडकमा काठमाडौं जाने यात्रुहरुसंग तोकिएको दर भन्दाबढी भाडा लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर १ बस्ते २२ वर्षका अनिल साह कलवार, हेटौंडा–२ मानस चोक बस्ने २२ बर्षका रोहित थापा, वडा नम्बर ४ कमलडाँडा बस्ने २० वर्षका निकेश लामा, वडा नम्बर १० बस्ने १८ वर्षका निशान श्रेष्ठ र सोही स्थान बस्ने ३५ वर्षका आकाश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुलाई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।...
प्रदेश योजना आयोगले बुझायो बागमती प्रदेश सरकारलाई कानूनी मस्यौदा समाविष्ट दस्तावेज

प्रदेश योजना आयोगले बुझायो बागमती प्रदेश सरकारलाई कानूनी मस्यौदा समाविष्ट दस्तावेज

Breaking 2, ताजा समाचार, प्रदेश, राजनीति
हेटौंडा । प्रदेश नीति तथा योजना आयोगले बागमती प्रदेश सरकारलाई ४ वटा कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशको मूख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगका उपाध्यक्ष डा. कृष्ण राज पन्तले मस्यौदाहरु हस्तान्तरण गरे । हस्तान्तरण गरिएका मस्यौदा दस्तावेजहरुमा प्रदेश नीति तथा योजना आयोग ऐन–२०७९, प्रदेश तथ्याङ्क व्यवस्थापन ऐन–२०७९, प्रदेश आयोजना बैँक दिग्दर्शन–२०७९, सङ्गठनात्मक संरचना र जनशक्ति प्रस्ताव रहेका छन् । कार्यक्रममा योजनावद्ध विकास मार्फत प्रदेशलाई समृद्ध बनाउनको निम्ति प्रदेश नीति तथा योजना आयोगको भूमिका महत्वपूर्ण हुने पक्षलाई मध्यनजर गर्दै बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगको संस्थागत सबलीकरण र कार्य सम्पादन सहजीकरणका निम्ति आव...
हेटौंडामा २८ जनाले गरे रक्तदान

हेटौंडामा २८ जनाले गरे रक्तदान

ताजा समाचार, प्रदेश, स्थानीय, स्वास्थ्य
हेटौंडा । लाइन्स् क्लब इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ एस नेपाल एरिया २ को आयोजनामा हेटौंडामा संयुक्त रक्तदान कार्यक्रम आयोजना भएको छ । शुक्रबार हेटौंडामा भएको कार्यक्रममा एरिया चिफ विकेश लाल श्रेष्ठको अध्यक्षता तथा डिष्ट्रिक्ट ३२५ एस नेपालका सेकेन्ड भिडिजी एमजेएफ टासी डोल्मा तुम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको थियो । महामारीको रुपमा फैलिरहेको डेङ्गु रोगका कारण हेटौडामा अहिले रगतको अभाव भएको रक्त संचार हेटौडाद्वारा जानकारी प्राप्त भए संगै यस अभावलाई सहज बनाउनको निमित्त लायन्स क्लब डिष्ट्रक्ट ३२५ एस अन्तर्गत रहेको एरिया –२ (मकवानपुर जिल्लामा रहेको सम्पुर्ण लायन्स तथा लियो क्लब) को संयुक्त आयोजनामा गरिएको एरिया चिफ विकेश लाल श्रेष्ठले बताए । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा पुर्व गभर्नर एमजेएफ शम्भु नकर्मी, रिजन तथा जोन चेयरपर्शनहरु लगायत विभिन्न क्लबका अध्यक्ष...
पोखराको बेगनास तालमा डुंगा पल्टिदा एक पुरुष वेपत्ता

पोखराको बेगनास तालमा डुंगा पल्टिदा एक पुरुष वेपत्ता

ताजा समाचार, प्रदेश
पोखरा । पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा –३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् । माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक कायम डुंगा लिएर बेगनास तालमा गएका थिए । गएको ५ मिनेटमा कायक सँगै गएकी महिलाले चिच्चयाएर गुहार मागेपछि खोजी कार्य भइरहेको भए पनि फेला नपरेको वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । दुर्घटना भएको क्षेत्रमा केज बनाएर माछा पालन गरिएको छ । ‘हामीलाई पौडिन आउँछ भनेर कायक डुंगा लिएर गएका रहेछन् । सँगै गएकी महिलाले गुहार मागेपछि बल्ल जानकारी भएको हो,’ कँडेलले भने, ‘खोजी कार्य भइरहेको छ तर फेला पर्न सकेको छैन ।’ माझिकुना पछिल्लो समयमा धेरैको रोजाइमा परेको पर्यटकीय क्षेत्रको हो । बिदाको दिन धेरै मानिस त्यहाँ रमाउनका लागि पुग्ने वड...
बारामा एकै परिवारका तीन जनाको घाँटी रेटेर हत्या

बारामा एकै परिवारका तीन जनाको घाँटी रेटेर हत्या

Breaking 1, ताजा समाचार, प्रदेश
काठमाडौं । बारामा एकै परिवारका तीन जनाको हत्या भएको छ । प्रसौनी गाउँपालिका –५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको छ । प्रहरीका अनुसार उनीहरु सुजाना उनका श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् । श्रीमान् भागेको अवस्थामा दुर्घटना हुँदा केहिपर घाइते अवस्थामा भेटिएका छन् । प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
आज देशभर सामान्य बदली, केहि स्थानमा मेघ गर्जनसहित बर्षा हुने

आज देशभर सामान्य बदली, केहि स्थानमा मेघ गर्जनसहित बर्षा हुने

ताजा समाचार, प्रदेश
असोज २४ गते, काठमाडौं । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुस...
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा गठबन्धन उम्मेदवारको मनोनयन दर्ता

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा गठबन्धन उम्मेदवारको मनोनयन दर्ता

Breaking 2, प्रदेश, राजनीति, स्थानीय
असोज २४ गते, हेटौंडा । आगामी मंंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा सत्तारुढ गठबन्धनतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई वटा प्रतिनिधि र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेपाली काँग्रेसबाट ३, नेकपा समाजबादी (एस) बाट १ र नेकपा माओवादी केन्द्रबाट २ जना उम्मेदवार छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) ले आफ्नो उम्मेदवारी दिएकी छिन् भने प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एसका उम्मेदवार विरोध खतिवडाले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी क्षेत्र १ को प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर पुलामी, र प्रदेशसभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा माओवादी केन्द्रकी कुमारी मोक्तान तथा क्षेत्र नम्बर–२ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका तर्फबाट ईन्द्र बहादुर बानिय...
चितवनमा जीपको ठक्करबाट श्रीमानको  मृत्यु ,श्रीमती घाइते

चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु ,श्रीमती घाइते

ताजा समाचार, प्रदेश, स्थानीय
असोज १९ गते, चितवन । चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पंगेनीको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस...