कृषि समाचार

पाइप लाइनबाट घरघरमा ग्यास ।

पाइप लाइनबाट घरघरमा ग्यास ।

Breaking 1, अर्थ / बाणिज्य, कृषि समाचार, बिज्ञान प्रबिधि
१ भदाै, कैलाली: कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उहाँको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । ‘नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो’, चौधरीले भने, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।’ टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताए । ‘दाउराको भरमा खाना पकाउन समस्य...
पानीकाे अभावले किसानकाे बालीनालीमा क्षती नपुगाेस भनी माेटर पम्प वितरण गरिएकाे हाे : अध्यक्ष पाख्रिन।

पानीकाे अभावले किसानकाे बालीनालीमा क्षती नपुगाेस भनी माेटर पम्प वितरण गरिएकाे हाे : अध्यक्ष पाख्रिन।

Breaking 1, कृषि समाचार, स्थानीय
बागमती गाँउपालिका वडा नं. ३ का अध्यक्ष कमान सिं पाख्रिनले पानीको अभावले किसानको बाली नालीमा क्षती नपुगोस भनी माेटर पम्प वितरण गरिएकाे बताउनु भएकाे छ । यहि असार २४ गते शनिवारका दिन ३ नं. वडा कार्यलय स्थित कृषक समूहलाई माेटर वितरण कार्यक्रमलाई सम्वाेधन गर्दै उक्त भनाई राख्नु भएकाे थियाे ।  गत जेठकाे खडेरीले किसानकाे बालीनालीमा क्षती पुगेकाे र अब  हिँउद महिनामा पनि किसानकाे बाली नाली हरियाली देखियोस, गाउँमा अन्नको अभाव नहोस भन्ने उदेश्यलाई मध्य नजर गर्दै कृषक समूहलाई पानी तान्ने माेटर पम्प वितरण गरिएकाे बताउनुभएकाे छ । यस कार्यबाट किसानलाई खाद्यन्नमा आत्मनिर्भर हुन मद्दत पुग्ने आशय व्यक्त गर्नु भएकाे थियाे । कृषि उत्पादन विना समृद्धि असम्भव भएकाले सकारात्मक सोचका साथ उत्पादनमा जुट्न सम्पुर्ण कृषकहरुलाई अध्यक्ष पाख्रिनले आग्रह समेत गर्नु भएकाे छ । आ.ब. २०७९/०८० को साना सिंचाइ कार्यक्रम शिर्...
बागमती-२ मा कृषकहरुलाई अनुदान रकम वितरण ।

बागमती-२ मा कृषकहरुलाई अनुदान रकम वितरण ।

कृषि समाचार
२२ बैशाख २०८० ,शुक्रबार मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा न. २ मा कृषकहरुलाई अनुदान रकम वितरण गरिएको छ । शुक्रबार राईगाउँ बजार स्थित २ नं. वडा कार्यलयमा भएको कार्यक्रम वडा अध्यक्ष जनक पहरीको सभाध्यक्ष र गाउँपालिका अध्यक्ष सर्केश घलानकाे प्रमुख अातिथ्यतामा वितरण गरिएकाे थियाे । कृषकहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले बाग्मती गाउँपालिका कार्यालय र वडाबाट सांढे १७ लाख बराबरको उन्नत जातको ३४ ओटा गाई वितरण गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष घलानले भन्नू भयो "अब हामी आत्म निर्भर बन्न कृषि उद्पादनमा जोड दिनु पर्छ ।" गाउँपालिका भित्र रहेको कयौं बिगाहा जग्गा सिंचाइको अभावमा उद्पादन बिहिन भएको भन्दै यसलाई प्रयोग गरेर उद्पादन युक्त बनाउनु पर्ने बताउनु भयो। जनताको जीवन स्तर उकास्न आफू सदैब किसानसंग जोडिरहने पनि प्रष्ट पार्नु भयो । ब यस कार्यक्रमले कृषकहरुल...
समयमा मल विपद्कोष बनाउन सांसद सरल सहयात्रीको माग

समयमा मल विपद्कोष बनाउन सांसद सरल सहयात्रीको माग

कृषि समाचार, प्रदेश
हेटौंडा, १२ बैशाख बागमती प्रदेशका सांसद एवम् माओबादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले समयमा मल र विपद्कोष बनाउनको लागि माग गर्नुभएको छ । आज बागमती प्रदेशसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद पौडेलले बाली लगाउने समय सुरु भएको भन्दै अहिले देखी नै मलको ब्यबस्थापनमा ध्यान दिन प्रदेशसभामा बोल्दै सुझाउनुभयो । उहाँले सिन्धुपाल्चोक लगाएत हिमाली जिल्लाहरु बर्षा सुरु भएसंगै जोखिममा रहने बताउदै समयमा नै विपद्कोष खडा गर्न समेत माग गर्नुभयो । जनताको सुरक्षाको लागि समयमा नै ध्यान दिनुपर्ने उहाँको भनाई थियो । यसका साथै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि दिर्गकालिन हिसावले रसायनिक मलहरुको प्रयोग गर्ने नमिल्ने र बिषेश क्षेत्रहरुलाइ अर्गानिक र प्राकृतिक कृषि प्रणाली मा लैजान बिषेश ब्यबस्था गरिनुपर्ने उहाँको भनाई रहेको छ । यसको साथै युवाहरुलाई रोजगारको ब्यबस्था गर...
बाग्मती गाउँपालिकाद्वारा ५०% अनुदान सहित पालिका बासी किसानलाई धानको बिउ वितरण गर्दै !

बाग्मती गाउँपालिकाद्वारा ५०% अनुदान सहित पालिका बासी किसानलाई धानको बिउ वितरण गर्दै !

कृषि समाचार, ताजा समाचार
२८ चैत, २०७९ मंगलबार विवेक सिंतान बाग्मती गाउँपालिकाले ५०% छुट अनुदानमा धानको बीउ वितरण गर्ने भएको छ। आर्थिक बर्ष २०७९/०८० बाट  बिनियोजन हुने गरी  कार्यपालिकाको निर्णय अनुसार बीउ वितरण गर्न लागेको कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ।बाग्मती गाउँपालिकाको कृषि उत्पादन बढाउने उदेश्यले किसानलाई धानको बीउ वितरण गर्न लागेको कृषि बिकास शाखा प्रमुख बिरेन्द्र समालले जानकारी दिनु भयो। सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यलयले  तोकेको रित पूरा गरेर बाग्मती गाउँपालिका कृषि बिकास शाखामा सम्पर्क गर्नु हुन गाउँपालिका बासी तथा यससँग सम्बद्ध सबैलाई  जानकारी गराएको छ।...
राईगाँउमा गाई भैंसी पालन सम्वन्धी १ दिने तालिम ।

राईगाँउमा गाई भैंसी पालन सम्वन्धी १ दिने तालिम ।

कृषि समाचार, स्थानीय
आशिष् वल ।   मकवानपुरकाे बागमती गाउँपालिका - २ राईगाँउमा आज गाई भैसी पालन सम्बन्धी १ दिने तालिम दिईएकाे छ । बागमती गाउपालिका पशुपन्छी शाखाको आयोजना र २ नं. वडा कार्यालय को समन्वयमा १ दिने पशु पालन सम्वन्धी तालिम दिईएकाे हाे । वडा कार्यलयकाे भवनमा भएकाे तालिम वडा अध्यक्ष जनक बहादुर पहरीकाे अध्यतामा भएकाे थियाे । उक्त तालिममा बोल्दै वडा अध्यक्ष जनक बहादुर पहरीले वडा भरीका ३४ जनालाई ७० प्रतिशत अनुदानमा गाईभैसी वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडालाई कृषिमा निर्भर गराउने र जनजिविकालाई आत्मानिर्भर वनाउन कृषिलाई प्राथमिकतामा राख्ने वताउनु भएकाे थियाे । साथै गाईभैसी वितरण पश्चात १०० लिटर दुध विक्री गर्न सक्ने कृषकलाई प्रोत्साहन स्वरुप रु १ लाख नगद द्वारा सम्मानित गर्दै कृषिमा व्यापक परिवर्तनको खाका तयार गर्नेसमेत बताउनु भएकाे थियाे । २ नं. वडा भरिका ५० जना भन्दा बढी कृषकहर...
सुर्य मा.वि.का विद्यार्थीलाई गाेलभेडा खेती तालिम

सुर्य मा.वि.का विद्यार्थीलाई गाेलभेडा खेती तालिम

कृषि समाचार, शिक्षा
बागमती गाउँपालिकाका विद्यार्थीहरुलाई दुईदिने गोलभेडा खेति सम्बन्धी तालिम दिएको छ । बागमती गाउँपालिकाको आर्थिक सहयोग र सहयोग र सरोकार धुलिखेल काभ्रेको प्राविधिक सहयोगमा वडा नं १ सुर्य माविका विद्यार्थीहरुहरुलाई पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत तालिम दिएको हो । विद्यार्थीहरुहरुलाई प्लाष्टीकको घर निमार्ण गरि गोलभेडा खेती गरिने तथा समुहमा आबद्ध रहेर कृषि कार्य गदै पढ्दै कमाउँदै गर्ने उद्धेश्यले यस तालिमको आयोजना गरेको सहयोग र सरोकार मकवानपुरका फिल कोर्अडिनेटर विजय बजगाईले जानकारी दिनु भयो । तालिममा विद्यार्थीहरुलाई गोलभेडाको नर्सरी बनाउने देखि बाँसको टनेल बनाउने सैदान्तिक र  व्यवहारिक ज्ञान प्रदान गरेको सहयोग र सरोकार धुलिखेल काभ्रेका कृषि संयोजक तथा प्रशिक्षक रोशन प्रजापतिले जानकारी दिनु भयो । बागमती गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष यूहन्ना राईले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा ...
दुधको मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको साथ

दुधको मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको साथ

Breaking 2, कृषि समाचार, ताजा समाचार, प्रदेश, स्थानीय
दुधको मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको सा हेटौंडा । संस्थागत रुपमा दुधको मूल्य बृद्धि गर्नका लागि केन्द्रीय दुग्ध सहकारी संघले सरकार संग गरेको माग प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले एैक्यबद्धता जनाएको छ । शुक्रबार मकवानपुर जिल्ला सहकारी संघले जारी गरेको प्रेस बिज्ञप्तीमा फागुन १ गते देखि लागुहुनेगरी दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त समय सिमाभित्र दूधको मूल्य बृद्धि गर्न आग्रह गरिएको छ । संघका अध्यक्ष हरि प्रसाद कंडेलद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा निर्धारित समयमा दुधको मूल्य बृद्धि नभएमा डेरी उद्योगीहरुको समन्वयमा दूधको मूल्य बृद्धिको घोषणा गरिने उल्लेख गरिएको छ । कडेंलले कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई दूधमा आत्मनिर्भर बनाउन दुधको मूल्य बढाउन पर्ने बताउनुभयो । उहाँले पशुपालन पेशामा युवाहरुलाई आकर्षित गरी बिदेश पलायन हुने अवस्थ...
हेटौंडाको हर्नामाडिमा बाघले बाख्रा मार्‍यो

हेटौंडाको हर्नामाडिमा बाघले बाख्रा मार्‍यो

Breaking 2, कृषि समाचार, ताजा समाचार, प्रदेश, स्थानीय
हेटौंडा । हेटौंडा उपमहनगरपालिका वडा नम्बर १८ स्थित हर्नामाडीको गुम्बाडाँडामा बाघले बाख्रा मारेको छ । आज राती स्थानीय हरिमाया मोेक्तानको घरमा रहेको २ वटा बाख्रा बाघले मारेको हो । ठुलोदमार प्रहरी चौकीका ईन्चार्ज एवं सई अर्जुृन प्रसाद देवकोटाका अनुसार मोक्तानको घरमा रहेको ३ वटा बाख्रामध्ये एउटा ब्याउने अवस्थामा रहेको र अर्को ठाडो पाठीलाई मारेको हो । बाख्रा मरेको प्रकृति हेर्दा बाघले नै मारेको आंशका रहेको सई देवकोटाको भनाई छ । मोक्तानले कृषक समूहबाट एकवर्ष अघि मात्रै बाख्रा खरिद गर्नुभएको हो । आर्थिक अवस्था कम्जोर रहेको उहाँको यस घटनाले झण्डै २५ हजार नोक्सान भएको छ । गाउँमा बाघ पसेको खबरले स्थानीय त्रसित बनेका छन् । स्थानीय रमेश सिलवालले केही समयअघि घर छेउमा बाघ देखिएपनि क्षति भने नपुर्‍याएको बताउनुभयो । पछिल्लो समयमा बनजंगलमा अत्याधिक झाडीहरु बढेकाले बन्यजन्तु गाउँ पस्न थालेको उहाँले...
रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित

रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित

Breaking 1, कृषि समाचार, ताजा समाचार, प्रदेश, स्थानीय
  थाहानगर ।पर्याप्त रासायनिक मल नपाउँदा थाहा नगर लगायतका कृषकहरु चिन्तित छन् । बेमौसमी तरकारी खेतीको लागि पहिचान बनाएको थाहा नगरका कृषकहरु जसोतसो खेती गरिएपनि मल अभावले उत्पादन नहुने भएपछि चिन्तित भएका हुन् । ‘खेती त जसोतसो गरिएला तर मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ ।’, थाहा ३ का कृषक सरोज कार्कीले दुखेसो पोखे । उनी जस्तै मकवानपुर जिल्लाका अधिकांश किसानले रासायनिक मल नपाउँदा हैरान भएका छन् । रासायनिक मल नहाली तरकारी उत्पादन नहुने हुनाले किसानहरु खेती लगाउने कि नलगाउने दोधारमा परेका छन् । यतिबेला थाहाका किसानलाई आलु, काउली, बन्दा अन्य बालीका लागि ठूलो परिमाणमा रासायनिक मल आवश्यक छ । ‘दिनभरि लाइनमा बस्यो १० किलो रासायनिक मलका पाईन्छ । हामीलाई कम्तीमा चार बोरा मल चाहिएको छ ।’ कृषक बिजय अधिकारीले बताउनुभयो । बिगत २ बर्षदेखि रासायनिक मलको अभाव भए...