
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा बागमतीको फड्को
बागमती: स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) र स्थानीय तह तह संस्थागत क्षमता स्वमुल्याङ्कन (एलआईएसए) मा मकवानपुर जिल्लाभरका स्थानीय तहमध्ये बागमती गाउँपालिकाले फड्को मारेको छ ।
तोकिएको सुचकहरुमा जिल्ला समन्वय समिति समितिले तयार प्रारम्भिक नतिजामा गाउँपालिकाबाट प्रदान गरिएको पृष्ठपोषण जिससबाट समेत पृष्ठपोषण भई अन्तिम नतिजामा बागमती गाउँपालिकाले उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीका अनुसार बागमतीले एफआरएमा ८५.५ अंक र एलआईएसएमा ७७.७५ अंक प्राप्त गरेको छ । यो अंक जिल्लाभरीका स्थानीय तहमध्ये दोस्रो हो । जिल्लाभरका स्थानीय तहमध्ये कैलाश गाउँपालिकाले उच्च अंक प्राप्त गरेको छ ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्...