अर्थ / बाणिज्य

पाइप लाइनबाट घरघरमा ग्यास ।

पाइप लाइनबाट घरघरमा ग्यास ।

Breaking 1, अर्थ / बाणिज्य, कृषि समाचार, बिज्ञान प्रबिधि
१ भदाै, कैलाली: कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उहाँको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । ‘नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो’, चौधरीले भने, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।’ टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताए । ‘दाउराको भरमा खाना पकाउन समस्य...
मकवानपुरमा एमसिसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू

मकवानपुरमा एमसिसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू

Breaking 1, अर्थ / बाणिज्य, ताजा समाचार, बिज्ञान प्रबिधि
१ भदौ, मकवानपुर । अमेरिकी सहयोग सम्झौता एमसिसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसिए –नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू गरेको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसन देखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप–महानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जानकारी दिएको छ। सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ । यसअघि नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा जग्ग...
पहिराेमा परि मृत्यु भएका परिवारलाई ७ लाख, मन्त्री श्रेष्ठ पुगे प्रभावित परिवारकाे घरमा

पहिराेमा परि मृत्यु भएका परिवारलाई ७ लाख, मन्त्री श्रेष्ठ पुगे प्रभावित परिवारकाे घरमा

Breaking 1, अर्थ / बाणिज्य, प्रदेश, स्वास्थ्य
हरिहरपुरगढी गाउँपालिका वडा नं.१ ककरे सिन्धुलीका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रभावित परिवारलाई केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र नेपाल सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरि जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता गर्नुभएको हाे ।   यही साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं. ५ सिक्रे दोभानको पहिरोमा परि दुई जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् । पहिरोमा परि २३ वर्षिय शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीकाे मृत्यु भएको थियो । २६ वर्षिय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् । मन्त्री श्रेष्ठले आज परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली र परिवार...
मकवानपुरकाे बागमती गाउँपालिकाले अतिरिक्त काम नगर्ने कर्मचारीलाई भत्ता नदिने

मकवानपुरकाे बागमती गाउँपालिकाले अतिरिक्त काम नगर्ने कर्मचारीलाई भत्ता नदिने

Breaking 1, अर्थ / बाणिज्य, स्थानीय
बागमती, मकवानपुर - ११ साउन ।   मकवानपुरको बागमती गाउँपालिकाले कर्मचारीहरुलाई अतिरिक्त कार्य नगरेको अबस्थामा अतिरिक्त सेवा सुबिधा बापत दिइने भत्ता रकम नदिने भएको छ । आज पालिकाको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सर्केश घलानले अतिरिक्त सेवासुबिधाको लागि अतिरिक्त कार्य गर्नको लागि निर्देशन दिनुभएको छ । अध्यक्ष घलानले कर्मचारी राष्ट्रसेबक कर्मचारी राष्ट्रको खम्बा भएको बताउदै १० बजेदेखी ५ बजेसम्मको तलब सुबिधा बाहेक भत्ता रकम लिन शुक्रबार र शनिबार पनि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ निर्धारित सेवाको लागि सुबिधा पनि निर्धारित नै छ भने अतिरिक्तको लागि अतिरिक्त खटिन जरुरी छ । ” उहाँले बागमती गाउँपालिकामा कर्मचारीहरुले उत्कृष्ट काम गर्दै आएको बताउदै आगामी दिनमा झन् उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो । राज्यले गरेको खर्चको उपलब्धी निकाल्न पनि उहाँले सझाउनुभय...
बागमतीले ल्याए ६८ कराेड ३० लाख १० हजार रूपैंयाकाे नयाँ बजेट

बागमतीले ल्याए ६८ कराेड ३० लाख १० हजार रूपैंयाकाे नयाँ बजेट

Breaking 1, अर्थ / बाणिज्य, ताजा समाचार, स्थानीय
विवेक सिंतान     बागमती, मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ । गाउँपालिकाको १० औं गाउँसभाको दोस्रो बैठकमा अध्यक्ष सर्केश घलानले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट पारित भएको हो । पालिकालाई संघीय वित्तीय समानीकरण अनुदान १० करोड ४३ लाख, संघीय सशर्त अनुदान २० करोड ८० लाख, समपुरक ८० लाख ,सशर्त अनुदान पुजिगत २ करोड २६ लाख, र प्रदेश सरकारको अनुदान सामनिकरण अनुदान १० करोड ३० लाख ९ हजार , सशर्त अनुदान चालू ३ करोड ८८ लाख ५४ हजार , सशर्त अनुदान पुजिगत ४५ लाख ,विशेष अनुदान ५० लाख समपुरक अनुदान १ करोड ,संघीय राजस्व बाँडफाँड ११ करोड ४६ लाख ४७ हजार , मालपोत कार्यलय (घर जग्गा रजिट्रेशन दस्तुर ) ५० लाख ,राजस्व बाड्फाड प्रदेश तर्फको २ करोड ८८ लाख ४५ हजार , बन रोयल्टी ५० लाख ,दहत्तर...
आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे दलहरुसँग अन्तरक्रिया

आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे दलहरुसँग अन्तरक्रिया

अर्थ / बाणिज्य, प्रदेश, स्थानीय
हेटौंडा/बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव संकलन गरेको छ । प्रदेशसभामा सोमबार भएको अन्तरक्रियामा दलका नेताहरुले नीति कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विषेश कार्यक्रम तथा परिणाममूखी नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धी समिक्षा र सबैको सुझावलाई समेटेर नीति कार्यक्रम ल्याइने बताए । ‘हामी परिणाम देखिने र आम नागरिकलाई छुनेगरी नीति कार्यक्रम ल्याउने तयारीम छौं’, उनले भने, ‘प्राप्त सुझावहरुको आधारमा हामी अघि बढ्नेछौं ।’ कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेल, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री, राप्रपा बागमती प्रदेश संसदीय ...
बागमतीमा चालू आर्थिक बर्षको ८ महिनामा २७.७६ प्रतिशत बजेट खर्च

बागमतीमा चालू आर्थिक बर्षको ८ महिनामा २७.७६ प्रतिशत बजेट खर्च

Breaking 3, अर्थ / बाणिज्य, ताजा समाचार, प्रदेश, स्थानीय
बागमती । मकवानपुरको बागमती गाउँपालिकाको चालू आर्थिक वर्षको ८ महिनासम्ममा २७.७६ प्रतिशत बजेट खर्च भएको छ । आ.व. ०७९/०८० को फागुन १९ सम्ममा २७.७६ प्रतिशत मात्र खर्च भएको हो । गाउँपालिकाको आज भएको ९ औं गाउँसभामा अध्यक्ष सर्केश घलानद्वारा प्रस्तुत प्रतिबेदन अनुसार चालू आर्थिक बर्षको फागुनसम्म कुल ६६ करोड २२ लाख २४ हजार विनियोजित बजेट मध्ये १८ करोड ३८ लाख ३४ हजार ७ सय ८२ रुपैयाँ ८३ पैसा मात्रै खर्च भएको हो । पालिकाको चालु खर्च ३८.६२प्रतिशत र पूंजीगत खर्च १३.९प्रतिशत भएको प्रतिबेदनमा उल्लेख छ । आर्थिक विकासमा १९.३४ प्रतिशत, सामाजिक विकासमा ३६.९२ प्रतिशत, पूर्वधार विकासमा १०.४३ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २४.५६ प्रतिशतर कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा ३५.८२ प्रतिशत खर्च भएको प्रतिबेदनमा उल्लेख छ । यसआर्थिक बर्षमा जम्मा २६४ वटा योजना तथा कार्यक्रमहरु मध्ये ह...
दृष्टिबन्धकीमा परेको जग्गा फिर्ताको माग राख्दै धर्नामा

दृष्टिबन्धकीमा परेको जग्गा फिर्ताको माग राख्दै धर्नामा

अर्थ / बाणिज्य, ताजा समाचार, प्रदेश, स्थानीय
हेटौंडा । मकवानपुरको हेटौंडामा दृष्टिबन्धकीबाट पीडित एकजनाले आफ्नो जग्गा फर्ताको माग गर्दै धर्ना दिएका छन् ।हेटौंडाका जगतबहादुर सुनारले व्यवसायी नियमराज शाक्यविरुद्ध शाक्यको बुद्धचोक स्थित घरमा जग्गा फिर्ताको माग गर्दै धर्ना दिएका हुन् । २५ वर्षअघि व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएर लिएको ११ कठ्ठा १६ धुर जग्गा फिर्ताको लागि आफु धर्ना बस्न बाध्य भएको पीडित सुनारले बताए । आइतबार बिहान देखि धर्ना बसेका सुनारलाई मंगलबार उनीसँगै उनको छिमेकी र सामाजिक अभियन्ताहरुले व्यवसायी शाक्यको घरमा धर्नदिन साथ दिएका छन् । पीडित सुनारले धर्ना दिँदा पनि शाक्यले जग्गा फिर्ता नगराए आमरण अनशन बसेर भएपनि न्याय माग्ने बताएका छन् । ...
मंसिर १ गतेदेखि लाइसेन्सको अनलाईन आवेदन प्रणाली बन्द हुने

मंसिर १ गतेदेखि लाइसेन्सको अनलाईन आवेदन प्रणाली बन्द हुने

अर्थ / बाणिज्य, ताजा समाचार
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलार्इन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ। विभागले शुक्रबार एक सुचना जारी गर्दै आगामी मङ्सिर १ देखि लाइसेन्सको अनलाईन आवेदन प्रणाली बन्द रहने जनाएको हो । विभागका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले अर्को सुचना नभएसम्मका लागि अनलाईन आवेदन बन्द रहने छ । ...
थाहा नगरमा पर्यटनको उच्च सम्भावना छ : मन्त्री श्रेष्ठ

थाहा नगरमा पर्यटनको उच्च सम्भावना छ : मन्त्री श्रेष्ठ

Breaking 3, अर्थ / बाणिज्य, ताजा समाचार, प्रदेश, स्थानीय
काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताउनुभएको छ । शुक्रबार थाहा नगरपालिकाले काठमाण्डौंको बसन्तपुरमा आयोजना गरेको थाहा नगर र ईन्द्रसरोवर आसपासका फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्धनमा सहयोग पुग्छ ।” उहाँले नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले यो फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटकहरुका लागि नयाँ गन्तब्य सूचित गरेको बताउनुभयो । थाहा नगरपालिका लगायत आसपासको क्षेत्रको पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रदर्शनी आयोजना गरिएको थाहा नगरपालिकाका प्रमुख बिष्...