अन्तर्राष्ट्रिय

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो भोली नेपाल भ्रमणमा आउँदै

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो भोली नेपाल भ्रमणमा आउँदै

अन्तर्राष्ट्रिय, ताजा समाचार
असोज ११ गते, काठमाडौं / अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक नेपाल भ्रमणमा आउनुहुने भएको छ । ट्रुडो नेपालसँगै यूएई, उज्बेकिस्तान र किर्गिस्तानको १२ दिने भ्रमणका लागि भोली काठमाडौं आइपुग्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ । नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूणर् समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ । साथै, अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको छ । नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र कि...
युरोपमा ऊर्जा संकटः जर्मन चान्सलर साउदी अरबमा, कतारमा लगानी गर्दै फ्रान्सेली ऊर्जा कम्पनी

युरोपमा ऊर्जा संकटः जर्मन चान्सलर साउदी अरबमा, कतारमा लगानी गर्दै फ्रान्सेली ऊर्जा कम्पनी

Breaking 1, अन्तर्राष्ट्रिय, ताजा समाचार
९ असोज, रियाद । युक्रेनमा रुसी आक्रमणपछि रुसबाट आपूर्तिमा कमी आएसँगै युरोपमा तेल र ग्यासको अभाव देखिन थालेको छ । उक्त अभाव पूर्ति गर्न युरोपेली राष्ट्रका नेतृत्वले खाडी क्षेत्रतिर आँखा लगाउन थालेका छन् । यसैक्रममा जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणको सुरुआतमा शनिबार साउदी अरब आइपुगेका छन् । ‘रेड सी’को तटमा रहेको जेद्दाह विमानस्थलमा मक्का क्षेत्रका गभर्नर राजकुमार खालिद बिन फैसल अल साउदले स्कोल्जलाई स्वागत गरे । त्यसपछि उनले साउदी अरबका प्रभावशाली शासकसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरे । शनिबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) र त्यसपछि आइतबार कतार जानुअघि उनले साउदी महिलाको समूहसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । जर्मन चान्सलरले युक्रेनमाथिको आक्रमणपछि रूसबाट आपूर्तिमा कमी आएसँगै तेल र ग्यासको धनी खाडी मुलुकहरूसँग नयाँ ऊर्जा साझेदारीमा सहमति जनाउने ...