अन्तर्राष्ट्रिय

भारतमा खेतमै पराल जलाउँदा नेपालमा वायु प्रदुषणको जोखिम

भारतमा खेतमै पराल जलाउँदा नेपालमा वायु प्रदुषणको जोखिम

अन्तर्राष्ट्रिय, कृषि समाचार, ताजा समाचार
केही दिनमा नेपालमा प्रदूषित हावा फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । भारतको पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पछिल्लो एक हप्तादेखि पराल डढाउने कार्य भइरहेकाले हावा प्रदूषित भइरहेको र त्यही  प्रदूषित हावा नेपाल भित्रन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञले सुझाव दिएका हुन् । प्रदूषित हावा केही दिनमा नेपाल भित्रन सक्ने र यस्तो प्रदूषित हावाले स्वास्थ्यमा असर पार्न सक्ने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो । नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल  डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ ।  यस्तो हावाले स्वास्थ्यमा निकै असर गर्ने डाक्टरहरु बताउँछन् । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ । ...
राजस्थानमा ऋण ‘चुक्ता’ गर्न बालिका बेच्ने काम घृणित : मानव अधिकार आयोग

राजस्थानमा ऋण ‘चुक्ता’ गर्न बालिका बेच्ने काम घृणित : मानव अधिकार आयोग

Breaking 3, अन्तर्राष्ट्रिय, ताजा समाचार
काठमाडौं । उत्तरी भारतीय राज्य राजस्थानका बालिकाहरू उनीहरूका आमाबाबुले धान्न नसक्ने ऋण ‘चुक्ता’को रूपमा बेचिन थालेको मानवअधिकार संरक्षण गर्ने राष्ट्रिय निकायले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले ‘घृणित’ कार्य भएको भन्दै एक महिनाभित्र प्रहरी अनुसन्धान र जवाफ माग गर्दै प्रदेश सरकारलाई नोटिस जारी गरेको छ ।  भारतका धेरै ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले परिवारको कुनै सदस्य गम्भीर बिरामी पर्दा र उपचारको आवश्यकता पर्दा प्रायः गाउँलेहरूबाट पैसा लिने गर्छन् ।  स्थानीय मिडिया रिपोर्टहरू अनुसार भिलवारा वरपरका आधा दर्जन जिल्लाहरूमा कुनै परिवारले ऋण तिर्न नसके साहुले ‘जाति पञ्चायतहरू’ वा परिषद्मा उजुरी गर्ने गरेका छन् ।  ‘सम्झौता’को माध्यमबाट यस्ता परिषद्हरूले ऋण लिएको परिवारलाई आफ्नी छोरी ऋणदातालाई हस्तान्तरण गर्न आदेश दिएका छन् । कहिलेकाहीँ ऋणको आकारमा निर्...
ऋषि सुनक बेलायतको औपचारिकरुपमा प्रधानमन्त्री नियुक्त

ऋषि सुनक बेलायतको औपचारिकरुपमा प्रधानमन्त्री नियुक्त

Breaking 3, अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति
ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री नियुक्त भएको बीबीसीले जनाएको छ । बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेका थिए । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुन् । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बनेका छन् । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उनले स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन् । प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक प्रधानमन्त्री बनेका हुन्। यही वर्षको पहिलो पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात हप्तापछि सुनक विजयी भएका हुन्। विपक्षीहरूले आम चुनावको माग गरे पनि सुनकले अस्वीकार गरेका छन् ।...
बेलायतसहित विभिन्न देशमा ह्वाट्सएप डाउन, ओइरो लाग्यो गुनासोहरु

बेलायतसहित विभिन्न देशमा ह्वाट्सएप डाउन, ओइरो लाग्यो गुनासोहरु

अन्तर्राष्ट्रिय
एजेन्सी । बेलायतभरि प्रयोगकर्ताका लागि ह्वाट्सएप डाउन भएको छ । तत्काल दशाैँ हजार मानिसले आफूहरूले यस एप मार्फत म्यासेज पठाउन र प्राप्त गर्न नसकेको गुनासो गरेका थिए । ओइटेजेज डाउनडिटेक्टरले मंगलबार बिहान ८ बजेर २८ मिनेट जाँदा सम्म समस्यासम्बन्धी ६९ हजार १ सय वटा भन्दा बढी रिपोर्ट प्राप्त गरेको जनाएको छ । ८ बज्नुअघि पहिलोचोटि यस्तो समस्या देखिएको थियो । तर, करिब ९ बजेर ३० मिनेट जाँदा समस्या रिपोर्ट गर्नेको सङ्ख्या घटेर २९ हजार ९ सय १७ मा झरेको थियो ।  वेबसाइटले तथ्यांक संकलन गर्ने तरिका हेर्दा समस्या भोग्ने प्रयोगकर्ताको वास्तविक सङ्ख्या अझै बढी हुुनुपर्ने अनुमान गरिएको छ ।   विश्वभरिका ह्वाट्सएप प्रयोगकर्ताहरूले एपले काम नगरेको गुनासो गर्न ट्विटर लगायतका सामाजिक सञ्जालहरू प्रयोग गरेका थिए । ७० हजार भन्दा बढी ट्विटसहित ट्विटरमा ह्यासट्याग ह्वाट्सएपडाउन ट्रेन्डिङ भइरहेको ...
चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन बेइजिङमा सुरु

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन बेइजिङमा सुरु

अन्तर्राष्ट्रिय, ताजा समाचार
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उदघाटन गरेका हुन् । आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा एकपटक आयोजना हुन्छ । विश्वको उयदीमान शक्ति राष्ट्र चीनमा सरकारभन्दा माथि हुने कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व सबभन्दा शक्तिशाली मानिन्छ । त्यसलाई निर्वाचित गर्नका लागि गरिने महाधिवेशन सीपीसीको सर्वोच्च अंगका रूपमा विधानमा व्यवस्था गरिएको छ । सीपीसीले यो महाधिवेशनबाट पार्टी महासचिव सी जिनपिङबाहेक अन्य नेतृत्वलाई परिवर्तन गर्ने विश्लेषण गरिएको छ । आइतबार बिहान १० बजेबाट सुरू महाधिवेशनलाई महासचिव सीले सम्बोधन गरेका छन् । उनले गएका पाँच वर्षमा प्राप्त उपलब...
दोस्रो दिनपनि युक्रेनको राजधानी किभमा रुसको मिसाइल आक्रमण

दोस्रो दिनपनि युक्रेनको राजधानी किभमा रुसको मिसाइल आक्रमण

अन्तर्राष्ट्रिय
एजेन्सी । युक्रेनको राजधानी किभमा आज मङ्गलवार दोस्रो दिन पनि रुसले मिसाइल आक्रमण जारी राखेको छ । हिजो साेमवार भएका थुप्रै मिसाइल आक्रमणका कारण १९ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । आज पनि युक्रेनको राजधानी किभको मध्य भागमा रुसले बिहानै मिसाइल हानेको बीबीसीले जनाएको छ । आजको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने थुप्रै संरचना ध्वस्त भएका छन् । राजधानीमा खतराका साइरन बजिरहेका छन् भने सरकारले नागरिकलाई बंकर र सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । साइरनलाई बेवास्ता नगर्न र आफूलाई सुरक्षित राख्न राष्ट्रपतिका सल्लाहकारले निर्देशन दिएको खबरमा उल्लेख छ । हिजो रुसले प्रहार गरेका ८३ वटामध्ये ४३ वटा मिसाइल खसालिदिएको दाबी गरेको युक्रेनले आज पनि थप चार वटा मिसाइल भुइँमा झर्न नपाउँदै खसालिदिएको दाबी गरेको छ ।...
पाकिस्तानमा एउटा घरको छत खस्दा एकै परिवारका ९ जनाको मृत्यु

पाकिस्तानमा एउटा घरको छत खस्दा एकै परिवारका ९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
असोज २४ गते, एजेन्सी । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको छ । उक्त सहरको बोनार्डास क्षेत्रमा आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । छत खसेलगत्तै स्थानीयबासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । पाकिस्तानी डन न्युजका अनुसार उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्‍याएका थिए । फराज खान नाम गरेका व्यक्तिको घरको छत खसेको र उनको परिवारको नौजनाको निधन भएको समाचारमा जनाइएको छ । फिराज भने घरबाहिर रहेकाले घटनामा बँचेका थिए । मृत्यु हुनेमा फराजकी श्रमिती खिना बिवी, छोराहरु–बक्रतुल्लाह, शराफउल्लाह, शदाकतुल्लाह, शिफयातुल्लाह रहेका छन् । फराजकी छोरीहरु लिलान, किरण, नुसरत र नुजाहतको पनि निधन भएको स...
दक्षिण कोरियामा दैनिक ३४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

दक्षिण कोरियामा दैनिक ३४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय
असोज १९ गते, एजेन्सी । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ । यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका सङ्क्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो । यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा सङ्क्रमण भएको बताइएकामा बुधबार यसमा बृद्धि भएको हो । पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ ।त्यसैगरी यहाँ यो महामारीको सुरुआतदेखि अहिलेसम्म नै दुई करोड भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ ।...
युक्रेनको ४ वटा भू–भाग रुसमा गाभिएको पुटिनको घोषणा

युक्रेनको ४ वटा भू–भाग रुसमा गाभिएको पुटिनको घोषणा

Breaking 3, अन्तर्राष्ट्रिय
असोज १४ गते, एजेन्सी । रुसले युक्रेनका चार वटा भू–भाग आफूमा गाभिएको घोषणा गरेको छ । मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेत्स्क, जापोरिजिया र खेहर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेको बीबीसीले जनाएको छ । पुटिनले चार वटा क्षेत्रमा बसोवास गर्ने मानिसहरूले रुसमा गाभिने चाहना व्यक्त गरेको भन्दै ती क्षेत्र रुसी महासङ्घको नयाँ क्षेत्र भएको दाबी गरे। रुसी सेनाले ती क्षेत्रमा केही दिनअघि जनमत सङ्ग्रह गरेको बताएको थियो । रुसीले गरेको भनेको जनमत सङ्ग्रहलाई पश्चिमा देशहरूले भने भर्त्सना गर्दै कहिल्यै स्वीकार नगर्ने बताएका छन् । पुटिनले इतिहासमा पुस्तौँदेखि रुसीहरूले यो भू–भागका लागि लडेको दाबी पनि गरे । कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका चार जना अधिकारीहरूले विलयसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले...
अमेरिकाले बाढी प्रभावित पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग गर्ने

अमेरिकाले बाढी प्रभावित पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग गर्ने

अन्तर्राष्ट्रिय
असोज ११ गते, हेटौंडा । अमेरिकाले बाढीबाट प्रभावित भएको पाकिस्तानमा खाद्य सुरक्षाका लागि थप १० मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि थप १० मिलियन डलर अर्थात् दुई अर्ब ३५ करोड पाकिस्तानी रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । अमेरिकाले यसअघि नै ४५ मिलियन डलर अर्थात् साढे १० अर्ब पाकिस्तानी रुपियाँ बाढी पीडितका लागि सहयोग गरिसकेको छ । पछिल्लो समय घोषणा गरिएको रकम खाद्य सुरक्षाका लागि मात्रै खर्च हुने खबरमा उल्लेख छ । अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले पाकिस्तान निकै समस्यामा रहेको भन्दै दुःखमा परेको बेला अमेरिकी सरकार पाकिस्तानको साथमा रहेको बताउनुभएको छ । पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध आर्थिक सहयोगमा मात्रै सीमित नरहेको पनि उहाँले बताउनुभएको छ । यसैबीच अमेरिका...