Author: बागमती सन्देश

हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: महिलातर्फ वडा नम्बर ४ र पुरुषतर्फ ५ लाई उपाधि

हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: महिलातर्फ वडा नम्बर ४ र पुरुषतर्फ ५ लाई उपाधि

Breaking 1, खेलकुद, ताजा समाचार, स्थानीय
सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। बिहीवार हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिला र पुरुष दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा महिलातर्फको उपाधी वडा नम्बर ५ ले हात पारेको छ। वडा नम्बर ४ ले ६ लाई ५-० गोलले हराएको हो । ५ नम्बरलाई उपाधी दिलाउन कल्पना जिम्बाले व्यक्तिगत ४ गोल गरिन् । खेलको म्यान अफ द म्याच जिम्बा घोषित भइन् । उनले सेमिफाइनलमा पनि ह्याट्रिक गोल गरेकी थिइन् । प्रतियोगितामा उनले ७ गोल गरिन् । इश्वरी माया राईले एक गोल गरेकी थिइन् । जीतसँगै विजेता ४ नम्बरले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ६ नम्बरले २५ हजार १ सय रुपैयाँमा चित्त बुझाएका छन् । प्रतियोगितामा महिलातर्फ उत्कृष्ट मिडफिल्डर २ नम्बरकी प्रमिला गोले, ...
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा बागमतीको फड्को

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा बागमतीको फड्को

Breaking 1, अर्थ / वाणिज्य, ताजा समाचार, स्थानीय
बागमती: स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) र स्थानीय तह तह संस्थागत क्षमता स्वमुल्याङ्कन (एलआईएसए) मा मकवानपुर जिल्लाभरका स्थानीय तहमध्ये बागमती गाउँपालिकाले फड्को मारेको छ । तोकिएको सुचकहरुमा जिल्ला समन्वय समिति समितिले तयार प्रारम्भिक नतिजामा गाउँपालिकाबाट प्रदान गरिएको पृष्ठपोषण जिससबाट समेत पृष्ठपोषण भई अन्तिम नतिजामा बागमती गाउँपालिकाले उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीका अनुसार बागमतीले एफआरएमा ८५.५ अंक र एलआईएसएमा ७७.७५ अंक प्राप्त गरेको छ । यो अंक जिल्लाभरीका स्थानीय तहमध्ये दोस्रो हो । जिल्लाभरका स्थानीय तहमध्ये कैलाश गाउँपालिकाले उच्च अंक प्राप्त गरेको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्...
जनयुद्ध दिवस: बागमती गाउँपालिकामा आज सार्वजनिक विदा

जनयुद्ध दिवस: बागमती गाउँपालिकामा आज सार्वजनिक विदा

Breaking 1, ताजा समाचार, स्थानीय
बागमती: बागमती गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आज फाल्गुन १ गते सार्वजनिक विदा दिएको छ। बुधबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराउनुभएको हो । बिहिवार बसेको गाउँ कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको अध्यक्ष घलानले बताउनुभयो । बिहिवार गाउँ कार्यपालिकाको कार्यालय मातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बाहेकका सबै सरकारी कार्यालयहरु, शैक्षिक संस्था, विभिन्न संघ(संस्थाहरु बन्द हुनेछन् । सूचनामा भनिएको छ ञएकात्मक केन्द्रिकृत राज्य संरचनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा ल्याई धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मार्फत राज्यका सबै संयन्त्रहरुमा दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडिएका वर्ग, क्षेत्र, अल्पसंख्यक आ...
जनयुद्ध दिवसको अवसरमा बागमतीले दियो सार्वजनिक विदा

जनयुद्ध दिवसको अवसरमा बागमतीले दियो सार्वजनिक विदा

Breaking 1, ताजा समाचार, स्थानीय
बागमती: मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि बिहिवार फाल्गुन १ गते सार्वजनिक विदा दिएको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराउनुभएको हो । बिहिवार बसेको गाउँ कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको अध्यक्ष घलानले बताउनुभयो । बिहिवार गाउँ कार्यपालिकाको कार्यालय मातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बाहेकका सबै सरकारी कार्यालयहरु, शैक्षिक संस्था, विभिन्न संघ(संस्थाहरु बन्द हुनेछन् । सूचनामा भनिएको छ `एकात्मक केन्द्रिकृत राज्य संरचनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा ल्याई धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मार्फत राज्यका सबै संयन्त्रहरुमा दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडिएका वर्ग, क्षेत्...
व्यवहारिक गणित शिक्षामा सुधार सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न

व्यवहारिक गणित शिक्षामा सुधार सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न

Breaking 1, ताजा समाचार, शिक्षा, स्थानीय
बागमती: मकवानपुरको बागमती गाउँपालिकाका सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि व्यवहारिक गणित शिक्षामा सुधार सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ। नजिकिदै गरेको माध्यमिक शिक्षा परीक्षा ९एसईई० लाई मध्यनजर गर्दै मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुद्वारा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा माध्यमिक तह तथा आधारभूत तहमा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि व्यावहारिक गणित शिक्षामा सुधार सम्बन्धी कार्यशाला सञ्चालन गरेको हो । गत आइतबार बागमती गाउँपालिकाको सभाहलमा भएको सो कार्यशालामा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडाका डा। श्याम बहादुर छत्कुली र प्राध्यापक विनोद शर्माले सहजीकरण गर्नुभएको थियो। गणित शिक्षालाई व्यावहारिक बनाउन तथा कक्षा १० को गणितको साध्यमा देखिएका त्रुटिहरु सच्याउने विषयमा कार्यशालामा छलफल भएको प्राध्यापक छत्कुलीले बता...
हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: मंगलबार ३ खेल सम्पन्न

हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: मंगलबार ३ खेल सम्पन्न

Breaking 1, खेलकुद, ताजा समाचार, स्थानीय
सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत मंग्लवार ३ खेल सम्पन्न भएको छ। हरिहरपुरगढी=२ स्थित चैनपुर मैदानमा महिलातर्फ १ खेल र पुरुषतर्फ २ खेल सम्पन्न भएको हो । मंगलवार बिहान भएको पुरुषतर्फको खेलमा वडा नम्बर ८ ले ७ लाई ३-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।८ नम्बरको जीतमा दिपेश थिङ, सागर माझी र देव तामाङ एक(एक गोल गरे । खेलको म्यान अफ द म्याच थिङ घोषित भए । जीतसँगै ८ नम्बर सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा महिलातर्फ वडा नम्बर ६ ले ५ लाई टाइब्रेकरमा ३-२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ म्याच ६ नम्बरकी निरु माझी घोषित भइन् । यस्तै तेसो तथा पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा ५ नम्बरले २ लाई ३-१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।५ को जीतमा नवीन लामा, रजिन तामाङ र यमराज तामाङ...
गुरुङ दम्पतीले बागमती गोल्डकपको सर्बोउत्कृष्ट पुरस्कारका लागि रकम उपलब्ध गर्ने

गुरुङ दम्पतीले बागमती गोल्डकपको सर्बोउत्कृष्ट पुरस्कारका लागि रकम उपलब्ध गर्ने

Breaking 1, खेलकुद, ताजा समाचार
मकवानपुर: हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित चौगोडा हस्पिटल प्रालिका प्रोपाइटर राजु गुरुङ र सोनि गुरुङको दम्पतीले बागमती गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा हुने बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी पुरस्कारको लागि रकम उपलब्ध गराउने भएको छ । आगामी फागुन ३ गते देखि १२ गतेसम्म हुने प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी पुरस्कार राशी १ लाख १ हजार १ सय ११ रुपैयाँ ब्यवस्थापन गर्ने गुरुङ दाम्पतीले प्रतिबद्धता जनाएको हो। बागमती गाउँपालिकाको झुरझुरेमा रहेको नवनिर्मित सहिद स्मृति रंगशालामा हुने सातौं सस्करणको फुटबल प्रतियोगितामा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहने बागमती खेलकुद बिकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो । यसअघिका संस्करण जनता मावि फापरबारीमा हुँदै आएको थियो । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्...
हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: महिलातर्फ वडा नम्बर २ र पुरुषतर्फ ४ र ५ को विजय सुरुवात

हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: महिलातर्फ वडा नम्बर २ र पुरुषतर्फ ४ र ५ को विजय सुरुवात

Breaking 1, खेलकुद, ताजा समाचार, प्रदेश
सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ३ खेल सम्पन्न भएको छ। हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिलातर्फ १ खेल र पुरुषतर्फ २ खेल सम्पन्न भएको हो । सोमबार बिहान भएको पहिलो खेलमा पुरुषतर्फ वडा नम्बर ४ ले ६ लाई ६-१ गोलले हराएको छ । वडा नम्बर ४ को जीतमा सुनिल मोक्तानले खेलको २७ औं, २८ औं, दोस्रो हाफको छैटौं र ३४ औं मिनेटमा गोल गरे । यस्तै वेद बहादुर राना र सौगात राईले एक(एक गोल गरे । खेलको म्यान अफ द म्याच मोक्तान घोषित भए । वडा नम्बर ६ का डुब्साङ लामाले एक गोल फर्काएका थिए । यस्तै सोमबारको दोस्रो खेलमा महिलातर्फ वडा नम्बर २ ले ३ लाई टाइब्रेकरमा १-० गोलले हराएको छ । निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । यस्तै तेसो खेलमा पुरुषतर्फ वडा नम्बर ५ ले १ नम्बरलाई १-० गोलले हराएको छ । ...
लागुऔषध गाँजासहित हेटौंडाबाट १ जना पक्राउ

लागुऔषध गाँजासहित हेटौंडाबाट १ जना पक्राउ

Breaking 1, खेलकुद, ताजा समाचार, स्थानीय
मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी-४ स्थित मसिने हाडीखोलाका २० वर्षीय अमन प्रजा रहेको जिल्ला कार्यालय मकवानपुरले जनाएको छ । आइतबार साँझ ५:२१ बजेको समयमा विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१ चौकीटोलस्थित भित्रीसडकमा पैदल हिडिरहेको अवस्थामा प्रजालाई खानतलासी गर्दा लुकाई छिपाई गरी राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको जनाएको छ । प्रहरीले प्रजाको साथबाट ५ सय ७० मिलीग्राम खैरो हेरोईन फेला पारी नियन्त्रणमा लिएको हो । प्रजालाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमती लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।...
विद्यालयका शिक्षकलाई आँखा जाँच सम्बन्धी तालिम

विद्यालयका शिक्षकलाई आँखा जाँच सम्बन्धी तालिम

Breaking 1, ताजा समाचार, शिक्षा, स्थानीय, स्वास्थ्य
बागमती: मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका समामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आँखा जाँच सम्बन्धी एक दिवसीय तालिम सञ्चालन गरेकाे छ ।सामुदायिक आँखा केन्द्र बागमती गाउँपालिकाकाे आयाेजना तथा हेटौंडा सामुदायिक अस्पताल र बागमती गाउँपालिकाकाे सहकार्यमा विद्यालयका शिक्षकहरूलाई आज आइतबार आँखा जाँच सम्बन्धी एक दिवसीय तालिम सञ्चालन गरेकाे हाे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा देखा पर्ने आँखा सम्बन्धी समस्याकाे छिटाे पहिचान गरी समयमै उपचारका लागि आँखा अस्पतालमा लैजान सिफारिस गर्न विद्यालयका शिक्षकहरूलाई सक्षम बनाउने उद्देश्यले तालिम आयाेजना गरिएकाे सामुदायिक आँखा केन्द्र बागमतीका प्रमुख किशाेर चाैधरीले जानकारी दिनुभयाे । यस तालिमबाट शिक्षकहरूले आफ्ना विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा हुनसक्ने आँखा सम्बन्धी समस्याकाे पहिचान गरी उपचारका लागि आँखा अस्पताल वा सामुदायिक आँखा ...