पुर्याएको भन्दै विरोध जनाएको छ । शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै सिनेमा हल व्यवसायीलाई समाप्त पार्ने नियतमा बोर्ड लागेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र संघको अस्तित्वलाई नस्वीकार्ने, सीमित व्यक्तिहरुको घेराबन्दीमा रही व्यक्तिवादी निर्णय गर्ने, सेन्सर सिफारिसमा आलटाल गर्ने विनाकारण रात्रि शो बन्द गराउने, कर्मचारीहरुद्वारा हाम्रा सदस्यहरुलाई धम्की दिने र अनेक बहानामा दुःख दिने जस्ता कार्यहरु तत्काल रोकी सहमति र सहकार्यमा अगाडि बढ्न आग्रह गर्दछौं ।’संघले आफूहरुको आग्रहलाई नस्वीकारे कडा संघर्षमा उत्रिने समेत चेतावनी दिएको छ । संघले भनेको छ, ‘यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जवाफदेही स्वयं चलचित्र विकास बोर्डको नेतृत्व वर्ग हुनेछ ।’