बागमती-३ निवासी विकलाई आरन सामग्री वितरण

बागमती: मकवानपुरको बागमती गाउँपालिका-३, सुख्खा निवासी हिमाल विकलाई आरन सामग्री वितरण गरिएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष सर्केस घलान, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, पालिकाका सामाजिक विकास संयोजक एवम् बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रिन लगायतका टोलीले विकको घरमै पुगेर आरन सामग्री वितरण गरिएको हो ।

विकलाई निवासमै पुगेर ५० हजार रुपैयाँ बराबरको आरन सामग्री वितरण गरिएको वडाध्यक्ष पाख्रिनले बताउनुभयो । वडाभित्रै एक मात्र आरण चलाउँदै आइरहेको विकलाई वडाले बजेट विनियोजन गरेर सामग्री वितरण गरिएको हो ।

आरण सामग्री वितरण गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले श्रम जीवनयापन गर्ने आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो ञश्रम गर्नुपर्दछ। श्रम गरेमा कोही सानो हुँदैन। श्रमले नै मानिसको आत्मनिर्भरतामा सहयोग पुग्छ।झ उक्त सामग्रीले विकलाई थप सहजता हुने उहाँको भनाई छ । उहाँले सबै जना श्रममा जोड्न आग्रह पनि गर्नुभयो ।

सामग्री वितरण कार्यक्रममा बागमती-३ का पुर्वअध्यक्ष बल बहादुर पाख्रिन, वडा सदस्य तुल बहादुर मोक्तान, पुर्व वडा सदस्य वीर बहादुर थिङ, गढन दुग्ध सहकारीका उपाध्यक्ष एक्क बहादुर दोङ र अविशेक मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.