एसईई परिक्षा शुरू

मकवानपुर: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू भएको छ । आज बिहीवार परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन भएको छ ।

परीक्षा तालिकानुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भएको छ ।


मकवानपुरको बागमती गाउँपालिका-८ स्थित जनता मावि परिक्षा केन्द्रमा ४ माविका साधारणतर्फ १५७ जना परिक्षार्थी पहिलो दिन सहभागी भएका छन् भने २ जना अनुपस्थित भएका छन् । यस्तै ९ जनाले ग्रेडवृद्धिका परिक्षा दिएका छन् । जनता मावि परिक्षा केन्द्रमा देवकी मावि, बागमती मावि, सुर्य मावि र बाघभैरव माविका विद्यार्थीहरु सहभागी छन् । यस्तै जनता माविको परिक्षा केन्द्र भनेको बकैया गाउँपालिका-३ स्थित बुद्ध मावि रहेको छ ।

बिहीवार बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी,लेखा अधिकृत झम्क नारायण घलान र शिक्षा शाखा प्रमुख चन्द्रा देवि शर्मा लगायतको टोलिले परीक्षा केन्द्रको अनुगमन गर्नुभएको छ।

एसईइ परीक्षाको लागि देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।
बिहीवारबाट कक्षा ८ को पनि वार्षिक परीक्षा सुरु भएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.