बागमतीमा `आफ्नै पौरख, आफ्नै गौरव´ विषयक छलफल तथा अन्तरक्रिया सम्पन्न

बागमती: मकवानपुरको बागमती गाउँपालिकाका ९ वटै वडामा आफ्नै पौरख, आफ्नै गौरवझ सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोजगार सेवा केन्द्र बागमती गाउँपालिकाको आयोजनामा पालिका भरीका विभिन्न पेशा व्यवसाययी, जनप्रतिनिधी र स्थानीय सरोकारवालाहरुलाई लक्षित गरि ञआफ्नै पौरख, आफ्नै गौरवझ सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमको सम्मान, राष्ट्रको अभियान सम्वन्धी रणनीति,२०७८ अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको उदेश्य र कार्यनीतिका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र व्यवसाययीहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।


छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले कृषि तथा पशुपालन सम्बन्धी बिषयमा धेरै गुनासो तथा मागहरु राखेका थिए । बास्ताविक किसान तथा व्यवसाययीले कृषि तथा पशु अनुदान सहज तथा पारदर्शी तरिकाले विरतण गर्नुपर्ने, बीउ पुँजीको कार्यक्रममा सहयोग पुग्ने गरि पशुपालन र दाना उत्पादन सम्बन्धी तालिमको व्यवस्था तथा दुग्ध उत्पादनमा नभएर अन्य उत्पादनमा आधारित कार्यक्रम ल्याउनु पर्ने, स्थानीय सरकारले स्थानीयस्तरमा उत्पादित बस्तुको बजार व्यवस्थापनमा सहजिकरण गर्नुपर्ने, कृषि तथा पशुको क्षेत्रमा एक वडा एक चिकित्सक उपलब्ध गराउनु पर्ने लगाएतका गुनासाहरु छलफलमा आएका थिए ।

सहभागीहरुबाट आएका गुनासोहरुलाई रोजगार संयोजक नगेन्द्र महतोले सहजिकरण गरिएको थियो । स्थानीय सरकारको विषयमा उठेका बिषयहरुमाथी सम्वन्धीत वडाका जनप्रतिनिधिहरुले स्पष्ट पार्नुभएको थियो । छलफलमा २८२ जनाको सहभागी रहेका थिए।

बागमती गाउँपालिकामा रहेकाे राेजगार सेवा केन्द्रले हरेक वर्ष विभिन्न राेजगारमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । पालिका प्रशासकीय भवनमा रहेकाे राेजगार सेवा केन्द्रबाट न्युनतम श्रममुलक राेजगारी, पुन:श्रम स्वीकृति, वैदेशिक राेजगारीमा गएका व्यक्तिहरुकाे दुर्घटना विमा लगाएतका कार्यहरु गरिदैं आइरहेकाे छ । प्रधानमन्त्री राेजगार कार्यक्रम २०७५ फागुन १ गतेबाट देशभरका स्थानीय तहमा सञ्चालन हुँदै आएकाे छ । बागमती गाउँपालिकामा फाल्गुन १ गतेबाट महिनाभरीमा सबै वडामा कार्यक्रम आयोजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *