

बकैया: मकवानपुरको बकैया गाउँपालिका-४, जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया-४ का ३३ वर्षीय रुपक दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार बिहान २ बजेको समयमा हात्तीसुंडेबाट ठुलोदमारतर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल जुरेलीस्थित घुम्तिमा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चालक दियालीलाई तत्काल उपचारको लागि बकैया अस्पताल लगि उपचार पश्चात थप उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा बिहान ४:३० बजे डाक्टरले मृत घोषणा गरेको हो । शव हेटौंडा अस्पतालमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
