राप्ती खोलामा डुबेर हेटौंडाका एक किशोरको मृत्यु

मकवानपुर: हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित राप्ती खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-५ स्थित पिप्लेका १७ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार दिउँसो १:३५ बजेको समयमा राप्ती खोलाको कोरे ढुङगा नजिक अन्य २ जना १७र१७ बर्षका साथीहरुसँग नुहाउने क्रममा अचानक पानीमा डुबेए किशोर बेहोस भएका थिए । किशोर खोलामा डुबेर बेहोस भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर उद्दार गरि उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । हेटौंडा अस्पताल ल्याइएकोमा दिउँसो २:१० बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेको जनाएको छ । शव अस्पतालमै रहेको र थप अनुसन्धान तथा मुचुल्का कार्यको भइरहेको प्रहरीले जनाएको छ । मृतक किशोर नाम खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *