

मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध अफिमसहित मनहरी गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मनहरी-८ का ३२ वर्षीय राज कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार राती ८:२० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले सोही वडास्थित भित्रि सडकखण्डमा देवकोटबाट मेनरोडतर्फ आउँदै गरेको ग ६ प ४५८४ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा तामाङको साथबाट आफिम फेला पारेको हो । उनको साथबाट २ किलो ५३० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
तामाङलाई जिल्ला अदालत मकवानपुरबाट ८ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
