अशक्त विश्वकर्मालाई ह्विल चियर वितरण

बागमती: मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बागमती गाउँपालिका-८ का दीपक विश्वकर्मालाई ह्विल चियर वितरण गरिएको छ। बिहीवार विश्वकर्माकै निवासमा पुगेर सहयोग समाग्री वितरण गरिएको हो।

दुर्घटनामा परि अशक्त भएका विश्वकर्मालाई युवा समाजसेवी एवम् नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका-८ पार्टी कमिटी वरिष्ठ उपाध्यक्ष करण स्याङ्तानको पहलमा ह्विल चियर १ थान, ड्राईपर १० थान हस्तान्तरण गरिएको छ। गत मंसिर १८ गते बागमती(५ स्थित लालभित्ते सेपटोलमा ट्राक्टर र मोटरसाइकल एकआपसमा ठोक्किएर विश्वकर्मा गम्भीर घाइते भएका थिए।

घाइते विकलाई बागमती गाउँपालिकाका कार्यपालिका सदस्य सुनिता थोकर लगायतले निवासमै पुगेर स्वास्थ अवस्थाको जानकारी लिनु साथै सहयोग सामाग्री हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *